• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उखु किसानको सरकारी अनुदानसहितको ७ करोड महालक्ष्मी सुगर मिलबाट पच !


उखु किसानको सरकारी अनुदानसहितको ७ करोड महालक्ष्मी सुगर मिलबाट पच !

काठमाडौं । मंसिर २८ गतेबाट काठमाडौंमा सर्लाहीका किसानले थालेको आन्दोलन पुस १३ गते टुंगियो । चिनी उद्योगीबाट झण्डै ९० करोड रुपैयाँ बक्यौता बाँकी रहेको भन्दै आन्दोलनमा होमिएका किसानहरुले ३० करोड भन्दा बढी भुक्तानी आन्दोलन सकिने दिनसम्म पाए र सर्लाहीका किसान घर फर्किए ।

तर, माइतीघरकै आन्दोलनमा रहेका कपिलवस्तुका किसानको ७ करोड बक्यौता भुक्तानीमा भने कुनै प्रगति भएन । सर्लाहीका किसानसँगै आन्दोलनमा होमिएका कपिलवस्तुका किसान बक्यौता उठाउन ३४ औँ पटक काठमाडौं आए र यो पटक पनि उनीहरु रित्तोहात घर फर्किए ।

आफूहरुको मुद्दा सरकारको नजरमा नपरेको आन्दोलनमा आएका किसानहरुको गुनासो थियो । उखु बिक्री गरेको मात्रै नभई सरकारले दिएको सहयोग तथा अनुदान रकमसमेत उद्योगीले खाईदिएको पीडित उखु किसान तथा शिवराज नगरपालिका वडा अध्यक्ष ७ वडा अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

‘हाम्रो उद्योगी नेता हो, उसलाई कारबाही गर्न कानून डराउँछ यो देशमा न्याया नपाइने रहेछ,’ चौधरीले भने । बक्यौता उठाइदिन आग्रह गर्दै सरकारसँग पटक पटक आग्रह गरे पनि आफूहरुले बेबकुफ बनाइएको चौधरीले बताए ।

‘३४ पटक काठमाडौं धायौँं, जिल्लामै दुई पटक सिडियो कार्यालयमा धर्ना दियौंँ । ५/७ पटक राजमार्ग अवरुद्ध पनि गर्‍यौं तर कसैले देखेन सुनेन्,’ उनले गुनासो गरे ।

८ हजार किसानको ७ करोड झ्वाम

चार वर्षअघि सर्लाहीमा सारिएको महालक्ष्मी सुगर मिलले कपिलवस्तुका उखु किसानको ७ करोड रुपैयाँ बक्यौता चार वर्षदेखि नतिरेको किसानहरुको दाबी छ ।

सरकारले दिएको करिब अढाई करोड अनुदान र उखु बिक्री गरेवापतको साढे ४ करोड भुक्तानी नपाएको पीडित कृषकहरुले बताएका छन् । उखु किसान प्रवर्द्धन कार्यक्रमअन्तरगत सरकारले २०७२/७२ मा ८ हजार किसानका लागि प्रतिक्विन्टल २५ रुपैयाँको दरले दिएको अनुदान र सोही वर्ष बिक्री गरेको उखुको पनि भुक्तानी कृषकले नपाएको वडा अध्यक्ष चौधरीले बताए ।

‘सरकारले प्रति मेट्रिकटन २५ रुपैयाँका दरले २ करोड ४८ लाख अनुदान दिने निर्णय गर्‍यो, त्यो रकम लिन तत्काल कपिलवस्तु र कञ्चनपुरका किसान हिँडे । तर पछि कपिलवस्तुको रकम भने मिलले नै लगेछ,’ वडा अध्यक्ष चौधरीले भने, ‘सरकासँग माग्दा मिलले पैसा लगेको भन्छ, मिललाई सोध्दा आफूले नलिएको बताउँछ, अनुदान त खायो-खायो उखुको पैसा पनि दिएन ।’

कपिलवस्तु शिवराजका किसान रामलाल जैसवालले मिल सञ्चालकबाट आफूले साढे दुई लाख रुपैयाँ पाउन बाँकी रहेको बताए । यसमध्ये एक लाख ३० हजार रुपैयाँ सरकारी अनुदान हो । अर्का कृषक जगदम्बा चौधरीले एक लाख ७२ हजार रुपैयाँ पाएका छैनन् । पटकपटक ताकेता गर्दा पनि सरकारले उद्योगी देखाउने र उद्योगले सरकार देखाउने गरेको पीडितहरुको गुनासो छ ।

उखु प्रवर्द्धन अन्तर्गतको किसानले पाउनुपर्ने रकम अर्थमन्त्रालयले मिलको नाममा पठाइसकेको जानकारी आफूहरुलाई दिएको वडा अध्यक्ष चौधरी बताउँछन् । तर, मिल सञ्चालक वीरेन्द्र कनौडियाले भने त्यो अस्वीकार गरेको उनको भनाइ छ । कपिलवस्तुको जथावाभारीमा रहेको उक्त मिल २०७४ सालमा सर्लाहीको बगदहमा सारिएको थियो ।

कसरी लग्यो मिलले किसानको पैसा

उखु किसान प्रर्वद्धनअन्र्तगत पहिलो चरणमा छुटेको कपिलवस्तु र कन्चनपुरका किसानको पैसा तत्काल उपलब्ध गराउन २०७२ असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । किसानलाई रकम दिने सम्बन्धमा अर्थमन्त्रालयले २०७४ बैशाख १९ मा कृषि विकास मन्त्रालयसंग विवरण पनि मागेको थियो । अर्थमन्त्रालयले किसान प्रतिनिधिलाई उपलब्ध गराएको पत्रअनुसार २०७५ फागुन १ गते कर समायोजन गरी उद्योगले उक्त रकम लगेको उल्लेख छ ।

अर्थ मन्त्रालयको पत्र

‘२०७१/७२ मा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुलाई चिनी बिक्री गरेबापत संकलन भएको मूल्यअभिवृद्धि करको ७० प्रतिशत पुरै रकम र सो भन्दा पछिका वर्षहरुमा त्यसरी संकलन भएको ९० प्रतिशत पुरै रकम कर विवरणमार्फत समायोजन गरी महालक्ष्मी मिलले लगेको छ,’ पत्रमा भनिएको छ ।

कर फिर्ताबापत पाउने सुविधामै गाभेर मिलले अनुदान रकम लगेकाले किसानले पाउनुपर्ने रकम मिलले नै तिर्नु पर्ने अर्थमन्त्रालयको भनाइ छ ।

मिल सञ्चालक भन्छन् : किसानसँग मैले लिनुपर्ने छ

कपिलवस्तु किसानलाई किन भुक्तानी नदिएको भन्ने प्रश्नमा महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया अनलाइनखबरसँंग खरो भाषामा प्रस्तुत भए । नेपाली कांग्रेसका तर्फबाट प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक रहेका उनले कपिलवस्तुका किसानहरु डाँका र चोर हुन् भन्दै उनले काठमाडौं गएर किसानहरुले आफ्नो बेइजत गरेको आरोप लगाए ।

‘ती चोर डाँका फटाहाहरु हुन्, मैले उनीहरुलाई दिन होइन, तिनिहरुले मलाई पैसा तिर्ना बाँकी छ,’ कनौडियाले भने । किसानलाई एक रुपैयाँ पनि दिन बाँकी राखेको भए कपिलवस्तुबाट सर्लाही मिल सानै नसकिने उनको दाबी छ । किसानले उल्टै ४ करोड रुपैयाँ उद्योगलाई तिर्न बाँकी रहेको कनौडियाले दाबी गरे ।

उद्योग र कृषि मन्त्रालय बेखबर

कपिलवस्तुका किसानको अनुदानसहितको रकम चिनी मिलले हिनामिना गरेको विषयमा उद्योग र कृषि मन्त्रालय भने बेखबर छ । उद्योग मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मी र कृषि मन्त्रालयका प्रवक्ता डा. श्रीराम रेग्मीले अज्ञानता प्रकट गरे ।

उद्याग मन्त्रालयमा उखु तथा अनुदानको रकम उद्योगीले हिनामिना गरेकोबारे किसानहरुबाट कुनै गुनासो प्राप्त नभएको रेग्मीको भनाइ छ ।

‘मन्त्रालयमा हालसम्म त्यस्तो कुनै गुनासो प्राप्त भएको छैन्,’ रेग्मीले भने । यता कृषि मन्त्रालयले भने उद्योगले पैसा नदिएको कुरा कृषिको क्षेत्राधिकारभित्र नपर्ने जनाएको छ ।

‘हामीले किसानलाई पठाउने अनुदान अर्थमार्फत जिल्लास्थित कोलोनीका भएर वितरण हुन्छ, त्यतिबेला कसरी वितरण भएको थियो र त्यसमा उद्योगले के बदमासी गर्‍यो, त्यो हाम्रो क्षेत्राधिकार होइन,’ मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

Next Post

खेलकूद मानव जीवनको अपरिहार्यः पूर्व खेलकूद मंत्री पौडेल

संसद विघटनविरुद्ध कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरीद्वारा धरपकड

५०३२ जनामा परीक्षण गर्दा ४०३ मा कोरोना संक्रमण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version