• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारको प्रतिक्षाः किन संरक्षण हुँदैनन् कलात्मक र ऐतिहाँसीक संरचना ?


सरकारको प्रतिक्षाः किन संरक्षण हुँदैनन् कलात्मक र ऐतिहाँसीक संरचना ?

राणा प्रधानमन्त्री चन्द्र समशेरको पालामा निर्मित चन्द्रनहरको संरक्षणका लागि कर्मचारी वस्न वनाईएका सप्तरीका कलात्मक र ऐतिहाँसीक भवनहरु संरक्षणको अभावमा अहिले खण्डहरमा परिणत हुदैछन् ।

कोशी पम्प चन्द्र नहर सिंचाई ब्यवस्था डिभिजन कार्यालय–२ को स्वामित्वमा रहेका ऐतिहाँसिक पृष्ठभुमि वोकेका सप्तकोशी नगरपालिका–१, फत्तेपुर स्थित आधा दर्जन जति भवन अहिले पनि संरक्षणको पर्खाईमा छन् । जसमध्ये एउटा भवन ससस्त्र प्रहरी वल वेस क्याम्पले प्रयोगमा ल्याएको छ भने केहि समय अघिसम्म प्रहरी चौकिको रुपमा प्रयोग भएको भवन भत्काईएको छ । नहदा चतरा (कोशी पुल) फत्तेपुर– कञ्चनपुर–रुपनगर सडक निर्माणका क्रममा सडक क्षेत्र भित्रै परेपछि उक्त घर भत्काईएको हो ।

यसैगरी फत्तेपुरदेखि कञ्चनरुप नगरपालिकाको वरमझियासम्म नहरकै संरक्षणका लागि वनेका तीन–चार वटा भवन समेत जिर्ण अवस्थामा पुगेको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । समयमा सरोकारवाला निकायले चासो नदिएका कारण कतिपय भवन जिर्णोद्वारनै गर्न नसक्ने गरी खण्डहरमा परिणत भएकोले अव पनि यसवारे नसोच्ने हो भने भएका ईटा समेत विस्तारै सकिने अवस्था रहेको सप्तकोशी नगरपालिकाका वडा १ निवासी हरेराम विष्ट वताउँछन्।

भवनमा लगाईएका झ्याल, ढोका र सिढिका काठ रेखदेखको अभावमा कतिपय मक्किएर जिर्ण भएका छन् भने कतिपय काठ स्थानियले आगो जोर्ने काममा प्रयोग गरिसकेको उनको भनाई छ । उनी भन्छन्–‘अव पनि हेरेर मात्र वस्ने हो भने यो सवै संरचना कथा मात्र सिमित हुनेछ ।’

‘हुन त यसको संरक्षणमा फत्तेपुरवासिले प्रयास गरेका पनि हुन । तर कहिले सम्वन्धित निकायले ‘हाम्रो अधिकार क्षेत्र भित्र पर्दैन, नचलाउ’ भन्ने तथा कहिले सार्वजनिक सम्पत्ती संरक्षणको विषयलाई लिएर स्थानियवासी आपसमै भनाभन र कुटाकुट हुने गरेका कारण भवन संरक्षण प्रयास अघि वढन नसकेको विष्टको भनाई छ । भवन जिर्णोद्धार र पुनर्निमाण गरी समुदायको हितमा प्रयोग गर्छौ भन्दा समेत प्रकृयामा पहल नभएकाले पनि चासो दिने मानिसको अभावमा भवन दिनप्रतिदिन खन्डहरमा परिणत भईरहेको उनले वताए ।

सम्वन्धित निकायले आफुले पनि भवन संरक्षणमा चासो नलिने र स्थानीयलाई पनि त्यसको जिम्मेवारी नदिने प्रवृत्तिले भएको ऐतिहाँसिक धरोहर समेत दिनदिनै सिद्धिदै गएको स्थानियवासी विकास घिमिरेको गुनासो छ । चन्द्रनहरको रित्तो भवनलाई केहि वर्ष अघि गेष्ट हाउसका रुपमा प्रयोग गर्न स्थानियवासीन्दाहरु प्रयत्नरत रहे पनि चन्द्र नहर सिंचाई ब्यवस्थापन कार्यालयले यस सम्वन्धि प्रक्रिया अगाडि नवढाई दिदा काम हुन नसकेको गाउलेहरु वताउँछन् ।

स्थानीय तह निर्वाचन मार्फत निर्वाचित नगरपालिकाको सिङ्गो टिमले राजविराज स्थित चन्द्रनहर सिंचाई डिभिजन कार्यालयमा पुगी भवनको संरक्षण गर्न वा नगरपालिकाको जिम्मामा दिन आग्रह गरेको थियो । तर कार्यालयले भवन जिम्मा लगाउने विषय आफनो क्षेत्राधिकार भित्र नरहेको र पुनर्निमाणका लागि वजेट नभएको जानकारी दिएपछि आफुहरु निरास भएर फर्कनु परेको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार गौतमले जानकारी दिए ।

फोटो क्याप्सनः वि.सं. १९८२ मा सप्तरीको चन्द्रनहर निर्माण हुदा राणा प्रधानमन्त्री चन्द्र समशेरको कर्मचारी वसोवासका लागि निर्माण गराएको सप्तरीको फत्तेपुर स्थित चन्द्र गेष्ट हाउस । चन्द्र समशेर यसै गेष्ट हाउसमा वसेर शिकार खेल्न जाने गरेको स्थानिय वुढापाकाहरु वताउछन् । nepalaaja

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीन सङ सिमानाका असुरक्षित , प्रहरी नै सिमानाका छोडेर झरे
  • २०७७ पुष २९, बुधबार १२:२८
  • In "देश"
  • चीनले सिमा मिच्दा सरकार चुप लागेर बसेको काङ्ग्रेसको आरोप
  • २०७७ पुष २९, बुधबार १२:२८
  • In "कर्णाली प्रदेश"
  • राज्यको उदासिनताले सप्तरीको ७ सय वर्ष पुरानो ऐतिहासिक कनकपट्टी दरबारको अवशेष संकटमा
  • २०७७ पुष २९, बुधबार १२:२८
  • In "देश"
Tags: #शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

प्रचण्डलाई हजार वर्ष कैद गरे पनि कम हुन्छ – राजेन्द्र महतो

वन राज्यमन्त्री मण्डलले वनकै जग्गामा पक्की घरको गरे शिलान्यास, बालविवाह काण्ड ताजै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version