No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कलैया अस्पतालका कर्मचारी आन्दोलित

कलैया अस्पतालका कर्मचारी आन्दोलित

वीरगञ्ज । बाराको कलैया अस्पतालमा आकस्मिक बाहेकका सेवा मंगलबारदेखि ठप्प भएको छ । कोरोना महामारीमा खटेको जोखिम भत्ता नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका कारण अस्पतालको आकस्मिक बाहेकका सेवाहरु बन्द भएका हुन् ।

कोरोना उपचारमा खटिने कर्मचारीलाई हालसम्म एक रुपैयाँ पनि जोखिम भत्ता अस्पतालले उपलब्ध नगराएको कर्मचारीहरुले बताएका छन् । अस्पतालको सेवा ठप्प पारेर उनीहरु धर्नामा बसेका छन् । धर्नामा बसेका चिकित्सक, स्वास्थ्यकर्मीहरुले काम गर्ने बेलामा फ्रन्टलाइनर ? भत्ता दिनेमा ब्याक लाइनर ? १० महिना भइसक्यो अझै कति ? कोरोना भत्ता उपलब्ध गराउ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

नेपाल सरकारले कोरोना उपचारमा खटिने कर्मचारीलाई जोखिम भत्ता उपल्बध गराउने निर्णय गरेको थियो । तर कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई पटक–पटक मौखिक एवंं लिखितरुपमा आग्रह गर्दा समेत भत्ता नदिएको उनीहरुको भनाइ छ । कलैया अस्पतालले गंगापुरमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको थियो । अस्पतालका १ सय १० जना कर्मचारी कोरोना महामारीमा खटेका थिए ।

कोरोना महामारीको बेला ज्यानको जोखिम मोलेर कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएको १० महिना बितिसक्दा समेत अस्पतालले जोखिम भत्ता उपलब्ध नगराएकोले आफूहरु आन्दोलनमा जान बाध्य भएको कर्मचारीहरुले बताएका छन् ।

आन्दोलनका लागि अस्पतालमा कार्यरत डाक्टर हरिओम केशरीको संयोजकत्वमा ६० जना कर्मचारीहरुले कोरोना जोखिम भत्ता संघर्ष समिति नै बनाएका छन् ।

कोरोना जोखिम भत्ता संघर्ष समितिका प्रवक्ता डाक्टर रवि रोशन गुप्ताले कोरोना सुरु भएदेखि कोरोना संक्रमितका लागि क्वारेन्टिन आइसोलेसनमा खटिएको जोखिम भत्ता नपाएको बताए ।

‘जोखिम मोलेर काम गर्‍यौं तर एक रुपैयाँ पनि पाएका छैनौं । गत आर्थिक वर्ष त्यसै गयो, यो आर्थिक वर्षको ६ महिना बितिसक्यो । पाउनुपर्ने जोखिम भत्ता पाएका छैनौं,’ उनले भने, ‘अस्पताल प्रशासन, सामाजिक विकास मन्त्रालय प्रदेश २, स्वास्थ्य मन्त्रालय सबैतिर हार गुहार गर्‍यौं । कतैबाट पनि सुनुवाइ भएन । बाध्य भएर आन्दोलनमा उत्रनु परेको छ ।’

पुसकै २६ गते नै अस्पतालको प्रशासन लगायत सरोकारवालालाई जानकारी गराएको भएपनि सुनुवाइ नभएको उनको भनाइ छ । उपचार सेवा ठप्प गरेर अस्पतालका कर्मचारी आन्दोलनमा जाँदा सर्वसाधरण सेवाग्राही भने मर्कामा परेका छन् । विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुगेका बिरामीहरु उपचार पाउनबाट वञ्चित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #एसईई#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

Next Post
भारतले महाकाली मिचेको समाचारपछि भारतीय पक्षले भन्‍यो – हामीले खोला तरेका छैनौं

भारतले महाकाली मिचेको समाचारपछि भारतीय पक्षले भन्‍यो - हामीले खोला तरेका छैनौं

हुम्लामा फेरि सिमा विवाद

हुम्लामा फेरि सिमा विवाद

निर्वाचनको लागि सुरक्षा निकायले माग्यो सवारी साधनदेखि बन्दोबस्तीका सामग्री

निर्वाचनको लागि सुरक्षा निकायले माग्यो सवारी साधनदेखि बन्दोबस्तीका सामग्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .