• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भान्सामा खानेकुरा भण्डारण : यसरी बोत्तलमा राख्नु कति उचित ?


भान्सामा खानेकुरा भण्डारण : यसरी बोत्तलमा राख्नु कति उचित ?

घरमा दैनिक उपभोग्य वस्तुहरुको भण्डारका अनेक तरिका हुन्छन् । यसको लागि या त सिसाको बोतल÷डिब्बा प्रयोग हुन्छन् या त प्लास्टिकका । दैनिक उपभोग्य तेल, घिउ जस्ता पेय पदार्थ होस् या अन्य ठोस वस्तु नै । सबैको भण्डारको लागि प्रयोग हुने यस्ता सिसा र प्लास्टिकका भाँडाहरु मानव स्वास्थ्यको लागि कति लाभदायक र हानिकारक हुन्छ ?

गाई÷भैंसीको घिउ लाग्यो भण्डारणको लागि सिसाकै डिब्बा खोजिन्छ, अचार बनायो लामो समय टिकाउनु प¥यो भने सिसाकै डिब्बा प्रयोग गरिन्छ । पारदर्शी एवं हावाको प्रवाहलाई पूर्ण रुपमा रोक्ने सिसाको डिब्बाको विविध गुणका कारण यो अहिले लोकप्रिय छ ।

सिसाका डिब्बाहरुको स्वास्थ्यसँग कति सम्बन्ध छ भन्नेबारे गरिएका विभिन्न अध्ययनहरुले भिटामिन, स्वाद, ताजापन र सुगन्ध कायम राख्न होस् या हानिकारक ब्याक्टेरियाबाट बच्न समेत सिसाका भाँडाकुँडा उपयोगी हुने मानेको छ । विशेषगरी सामानको भण्डारणको लागि यसलाई उपयोगी मानिन्छ ।

कुनै पनि अभिभावकलाई आफ्नो परिवारको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो । वर्तमानमा युरोपका सचेत उपभोक्ताहरु आफ्ना बच्चाहरूको स्वास्थ्य र खाद्य सुरक्षाको बारेमा चिन्ता लिने गर्छन् । त्यसको लागि भण्डारणको आवश्यकता पर्छ । यसको लागि सिसाको डब्बा वा बोतललाई युरोपियनहरुले लामो समयसम्म प्याकेजिङ गर्नको लागि सिसाको गिलास उपयुक्त मान्छन् ।

विभिन्न वैज्ञानिक शोधले पनि अन्य प्याकेजिङका उपायहरूको तुलनामा उपभोक्ताको स्वास्थ्यको हिसाबले सिसाको भाँडा नै धेरै सुरक्षित र उपयोगी हुने गरेको उल्लेख गरेको छ । सिसाको भाँडोमा प्याकेजिङ गर्दा खानामा कुनै पनि पदार्थको मिसावट हुँदैन, जसले रासायनिक प्रतिक्रियाबाट खानाको गुणस्तर एवं पोषण कम गर्न सक्दैन । यस्तो सिसाको भाँडाको प्रयोग कहिलेकहाँदेखि प्रयोग गर्न थालियो त ? यसको छुट्टै रोचक इतिहास छ ।

सिसाको बोतलको प्रयोग र उत्पादनको इतिहास

सामान भण्डारणको चलन छ सभ्यताको सुरुवातसँगै हुन थाल्यो । माटोको भाँडा नभई अन्य धातुको भाँडामा भण्डारण गर्ने चलन पनि धेरै पहिलेदेखि हुन थाल्यो । तर यसको लागि स्वाद र रंगको आधारमा भाँडाहरू छान्नुपर्ने भयो । यसले गर्दा यसको उपयुक्त विकल्पको खोजी भएको थिएन ।

तर पश्चिमी युरोपमा सिसाका भाँडाको विकल्प अघि आयो । यसले पछिल्लो करिब दुई शताब्दीसम्म पनि लोकप्रियता पाइरहेको छ ।

सन् १८४० को दशक अघिसम्म पश्चिमी मुलुकहरुमा खानाको भण्डारणसम्बन्धी धेरै चेतनाको विकास भइसकेको थिएन । मान्छेको सभ्यता सुरु हुँदादेखिकै माटोका भाँडाकुँडाहरुमा सामान भण्डारण गर्ने गरिन्थे । माटोबाट नै विभिन्न स्वरुपका भाँडाकुँडा तयार पारिन्थे । यसमा स्वास्थ्य र स्वादलाई धेरै महत्व दिइँदैन’थ्यो ।

सन् १७९२ मा जन्मिएका इंगल्याण्डका जोन किल्नरले त्यतिबेला भण्डारणको लागि छुट्टै प्रविधिको विकास गरे । उनले सिसाको भाँडामा भण्डारण गरेको खानेकुरा लामो समयसम्म स्वस्थ र ताजा हुन्छ भन्ने तथ्य बाहिर ल्याए ।

त्यतिबेलासम्म पनि युरोपेली अभिभावकहरुमा खाद्य सुरक्षाकै चिन्ता बढी थियो । उनीहरुमा खाना सञ्चयको विश्वासिलो साधनको आवश्यकता थियो । त्यतिबेला ०.७५ लिटरदेखि १.५ लिटरसम्मका सिसाका भाँडाकुँडाहरु बनाएर बजारमा पठाउन थाले । त्यतिमात्रै नभएर उनले नै यस्ता भाँडामा व्यवस्थित तरिकाले बेसिजनमा समेत भण्डारण गरेको तरकारी खान सकिने तरिकाबारे समेत सिकाए । यी भाँडाहरु सिजन अनुसारको फल एवं अन्य खानेकुरालाई सुरक्षित राख्न सकिने देखेपछि यसको लोकप्रियता बिस्तारै बढ्दै गयो ।

सिसाको भाँडा बनाउने चलन त्यतिबेला पनि नयाँ भने थिएन । १६ औं शताब्दीमा नै पारदर्शी सिसाका बोटलहरु उपयोगी सामानको रुपमा प्रयोग गर्ने गरिन्थे । तर त्यतिबेला काँचका बोतलहरु महँगा र सानो आकारको बनाइएको हुन्थ्यो । ताकि धनीले मात्र त्यसको खर्च उठाउन सक्थे । तर औद्योगिक क्रान्तिले सिसाका बोतलहरूको उत्पादनमा समेत ठूलो क्रान्ति ल्यायो । एकैपटक यस्ता गिलासहरुले परम्परागत माटोका भाँडाहरू र ढुंगाबाट बनेका भाँडाहरूसँग प्रतिस्पर्धा गर्न सक्यो ।

माटोका भाँडाहरू सामान्य थिए तर ढुंगाका सामानहरू यसको अपवाद नै थिए । त्यतिबेला ढुंगाका भाँडाहरू धनी वर्गका मान्छेका लागि थिए भन्ने अनुमान लगाउन सकिन्छ ।

त्यतिबेला सिसाको भाँडा दाग र गन्धको लागि विशेष थियो । साथै यो ढुंगा र माटोको भाँडाभन्दा माझ्न पनि सजिलो थियो । मार्केटिङ गर्ने बेलामा सामान लामो समयसम्म भण्डारण गर्छ  चलन सुरु गरे ।

सुरुमा किल्नरले सिसाको काम गर्नको लागि थ्रोनहिल र डिउसबेरी नामक ठाउँमा सिसाका विभिन्न किसिमका डिब्बाहरु बनाउने काम सुरु गरे । जुन समय सन् १८५७ तिरको कुरा थियो । जोन किलनरको निधन भइसकेको थियो । उनका छोराहरू विलियम, जोन र क्यालेबले सिसाका भाँडाकुँडा बनाएर किलनर जारको नामबाट यसैको व्यापार सुरु गर्न थाले ।

व्यापार फस्टाउँदै गयो । सन् १८६२ सम्म पुग्दा सिसाको डिब्बाहरुले युरोपेली बजारमा राम्रो चर्चा पायो । १८६२ मा नै  वृहद् अन्तर्राष्ट्रिय प्रदर्शनी लण्डनमा भयो । त्यतिबेला सोही कम्पनीले बनाएको सिसाका भाँडाकुँडाले नै अवार्ड पायो ।

त्यसको झण्डै एक दशकपछि बिस्तारै बेलायतमा सिसाको साना भाँडाकुँडा बनाउने चलन फस्टाउँदै गयो । यसले किलनर जारको व्यापारमा गिरावट आउँदै गयो । बरु सो कम्पनीसँग प्रतिस्पर्धा गर्नेगरी संयुक्त अधिराज्य बेलायतमै ५०० जना कर्मचारीसहित नयाँ सिसाको भाँडा उत्पादन उद्योग खुल्यो । यसले किलनरको पारिवारिक सिसा कम्पनीलाई कमजोर बनाउँदै लग्यो ।

सन् १८७० देखि ८० को दशकमा पेरिस, सिड्नी, मेलबोर्न र फिलाडेल्फियामा समेत यस्ता सिसा उत्पादनसम्बन्धी उद्योगहरू खुल्न थाले ।

सन् १९०० मा किल्नरले नयाँ बट्टा वा जार उत्पादकलाई पछिआएको ब्राण्डको रूपमा उल्लेख गर्दै आफूहरूको जस्तो सक्कली ब्राण्ड तिनीहरू नभएको दाबी ग¥यो । विभिन्न नेतृत्व पार गर्दै किलनर जार कम्पनी अहिलेसम्म पनि सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पृथ्वीमा सबैभन्दा शुद्ध खानेकुरा के हो ? यस्तो छ घिउको कथा
  • २०७७ मंसिर ३०, मंगलवार २०:२८
  • In "जीवनशैली"
  • कमलको फूल : जीवन–दर्शनदेखि आयुर्वेदसम्म
  • २०७७ मंसिर ३०, मंगलवार २०:२८
  • In "जीवनशैली"
  • अस्पतालमा बेथिति : २ करोडको इक्मो मेसिनमा खिया लाग्दै
  • २०७७ मंसिर ३०, मंगलवार २०:२८
  • In "जीवनशैली"
Tags: #शिक्षा#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

बालुवाटारबाट धपाइएका सभामुखको दुःख !

शक्तिशाली ७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ नेपालमा, यस्ता छन् फिचर्स

अहिले जनताको शासन होईन, ओलीको कुशासन होः जसपा बरिष्ठ नेता राई

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version