• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अस्पतालमा बेथिति : २ करोडको इक्मो मेसिनमा खिया लाग्दै


अस्पतालमा बेथिति : २ करोडको इक्मो मेसिनमा खिया लाग्दै

काठमाडौं । उपचारका लागि विदेश जानु झन्झटिलो छ र उत्तिकै खर्चिलो पनि । तैपनि कतिपय बिरामी ‘उपचारका लागि’ भन्दै विदेशतर्फ लाग्ने गरेका छन् । किन ?

साझा जवाफ हो, ‘यहाँको उपचार चित्तबुझ्दो छैन, यहाँ जटिल रोगको उपचार गर्ने अत्याधुनिक उपकरण छैन ।’

यद्यपि नेपालका कतिपय अस्पतालमा अत्याधुनिक उपकरण भएर पनि त्यसको प्रयोग हुन सकेको छैन । जस्तो कि ‘इक्मो मेसिन’ । अति महंगो र उपयोगी मानिने इक्मो मेसिन धेरैजसो अस्पतालमा खिया लाग्न थालेको छ, प्रयोगविहीन भएर ।

यो मेसिन मूलतः नाजुक अवस्थामा रहेको बिरामीको शरीरमा अक्सिजन दिन प्रयोग गरिन्छ । भेन्टिलेटरमा राखेका बिरामी, जसको स्वास्थ्यमा कुनै सुधार भएको छैन उनीहरुलाई यही मेसिनबाट अक्सिजन दिइन्छ ।

कति महत्वपूर्ण छ यो उपकरण ?

‘इक्मो भनेको (एक्स्ट्राकोरपोरियल मेम्बरेन अक्सिजन) हो,’ कार्डियो भास्कुलर सर्जन डा. सञ्जीतकुमार शाह भन्छन्, ‘हाम्रो शरीरले तथा फोक्सोले अक्सिजनको उत्पादन राम्ररी गर्न सकेन र अक्सिजन रगतमा मिसिएन भने रगतमा मिसिएको अक्सिजन पनि शरीरको अन्य भागमा पुग्न सकेन भने इक्मो मेसिनको सहायताबाट अक्सिजनलाई रगतमा र शरीरको विभिन्न अंग तथा तन्तुहरूमा पुर्‍याउन सकिन्छ ।’

जो बिरामीले राम्ररी सास फेर्न सक्दैनन् वा अक्सिजनको मात्रा शरीरमा कम भएको छ । त्यस्ता बिरामीलाई भेन्टिलेटरमा राखिएको हुन्छ । भेन्टिलेटरले फोक्सोको क्षमतालाई राम्रो बनाएर शरीरमा अक्सिजनको मात्रा पुर्‍याउने हो । तर केही जटिल बिरामीको भने भेन्टिलेटरमा राख्दा पनि शरीरमा अक्सिजन पुग्न सक्दैन भने उसलाई इक्मो मेसिनमा राखेर अक्सिजनलाई फोक्सोमा भन्दा पनि सिधै रगतमा पुर्‍याइन्छ ।

यति उपयोगी उपकरण किन प्रयोग भएन त ?

‘यसलाई प्रयोग गर्ने दक्ष जनशक्ति भएनन्,’ डा. शाह भन्छन्, ‘त्यसैले एकदमै उपयोगी भएर पनि यो मेसिन थन्किएको छ ।’

यद्यपि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भने यो उपकरण र उपकरण चलाउन सक्ने कार्डिक सर्जन, एनेस्थेसियालोजिष्ट लगायतका दक्ष जनशक्ति पनि छन् । तर पनि मेसिन सञ्चालनमा आएको छैन । मेसिन प्रयोग गर्न आवश्यक पर्ने अन्य मेसिनरी पार्टपूर्जा ल्याउने भनेर कुरा भए पनि हालसम्म आएको छैन । पाँच वर्षदेखि प्रयोग नभएकाले मेसिन खिया लाग्न थालेको छ ।

विदेशमा ५० वर्षदेखि प्रयोगमा, नेपालमा खिया लाग्दै

विश्वमा सन् १९६० बाट नै इक्मो मेसिनको प्रयोग सुरु भएको हो । अन्य देशमा त छुट्टै इक्मो सेन्टर नै हुन्छन् । भारतमै पनि इक्मो सेन्टरहरु सञ्चालनमा छन् ।

तर नेपालमा भने इक्मो मेसिनको प्रयोग भएको जस्तो मलाई लाग्दैन । ‘कोभिडको समयमा सिकिस्त बिरामीहरूको फोक्सो एकदमै धेरै बिग्रिएको थियो त्यो बेला भेन्टिलेटरमा राखेर पनि धेरै बिरामीलाई बचाउन सकिएको थिएन,’ शाह भन्छन्, ‘त्यो बेला इक्मो मेसिन पनि प्रयोग गर्ने भन्ने कुरा उठेको पनि हो । भेन्टिलेटर पछिको उपचार के भनेर थुप्रै प्रश्न पनि उठे । तर त्यो बेला इक्मो मेसिन पनि छ नेपालमा त्यसको प्रयोग गर्नुपर्छ भनेर स्वास्थ्य मन्त्रालयको पनि ध्यान गएन ।’

कोभिडको समयमा नै विवेकशील साझाका संस्थापक नेता उज्ज्वल थापालाई इक्मो मेसिनमा राखिंदैछ भनेर सुन्नमा आएको थियो । तर त्यो प्रयोगमा आयो कि आएन भन्ने जानकारी भने नपाइएको उनले बताए ।

अहिले संसारमा धेरै जटिल शल्यक्रिया हुन थालेको छ । कोभिड जस्तो महामारी फैलियो त्यो बेला बिरामीहरूलाई महिनौंसम्म भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ । तर भेन्टिलेटरमा लामो समय राख्दा पनि त्यो बिरामीलाई बचाउन गाह्रो पर्न गयो भने उसलाई इक्मोमा राख्नुपर्ने हुन सक्छ । त्यस्ता बिरामीका लागि केही अस्पतालमा इक्मो मेसिन सञ्चालनमा ल्याउनुपर्छ । जसको मद्दतले केही व्यक्ति बाँचे भने पनि त्यो राष्ट्रको लागि फाइदा नै हुने शाहको तर्क छ ।

‘जो बिरामी सिकिस्त अवस्थामा छन् । ती बिरामीहरूलाई बचाउन काम लाग्ने उपयोगी मेसिन त थन्किएर बस्नु भनेको गलत हो,’ उनले भने ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मात्र होइन नेपालका अन्य अस्पतालहरूमा पनि थुप्रै उपकरण थुप्रिएर बसेका छन् । थुप्रिएर बसेका ती उपकरणको प्रयोग उपचारको क्रममा प्रयोग हुने नै हुन् । त्यसैले यस्ता कुरामा सरकारले  ध्यान दिनुपर्ने शाहको भनाइ छ ।

तस्वीर/भिडियो : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहान आँखा अस्पताल : ख्यातिबाट विवादसम्म
  • २०७९ श्रावण २०, शुक्रबार ०९:१७
  • In "BannerNews"
  • बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन
  • २०७९ श्रावण २०, शुक्रबार ०९:१७
  • In "BannerNews"
  • प्रदेश २ सरकारले पुराना अस्पताललाई राजनीति मैदान बनाएको अब अरु मैदान बनाउन दर्जनौ नयाँ अस्पतालको शिलान्यास
  • २०७९ श्रावण २०, शुक्रबार ०९:१७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

यी हुन् तन्नेरीमाझ प्रिय ब्रान्डेड जिन्स पाइन्ट, कति पर्छ मूल्य ?

जनताको घर भत्काउने जनकपुरधामका पूर्व मेयर-उपमेयरबाट ७ लाख क्षतिपूर्ति तिराउने अदालतको आदेश

किर्ते गरी नागरिकता लिने सप्तरीकी यी उपप्रमुखविरुद्ध उजुरी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version