No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बालेन शाह बने नेपालका ४३औं प्रधानमन्त्री


बालेन शाह बने नेपालका ४३औं प्रधानमन्त्री

नवनियुक्त प्रधानमन्त्री शाहद्वारा सपथ ग्रहण काठमाडौँ, १३ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पद तथा गोपनीयताको सपथ लिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौं। र्‍यापर, इञ्जिनियर र समाजसेवी बालेन शाह(बालेन्द्र) नेपालको ४३औं प्रधानमन्त्री बनेका छन्। उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथापनि हो।

नेपाली राजनीतिक नेतृत्वमा बालेन शाहको नाम युवाप्रेमी र नवप्रवर्तनकारी सोचका प्रतिनिधिका रुपमा लिइने गरिन्छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका कारण उनी आलोचित बनेका थिए। त्यसक्रममा उनलाई केही नेताहरुले ‘लुसिफर’को संज्ञासमेत दिएका थिए।

र्‍यापर, इञ्जिनियर, सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता र युवाहरुको रोजाइमा परेका बालेनले काठमाडौं महानगरपालिका मेयर पद पूरा नगरी राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका थिए।

काठमाडौंको भीडभाड, अव्यवस्था सडक र परम्परागत राजनीतिक प्रणालीका कारण निराश भएका नागरिकलाई सुधारका लोकप्रिय कामहरु गरेर चर्चा कमाएका उनी मेयर पदमा स्वतन्त्र उम्मेदवारका रुपमा सार्वजनिक हुँदामात्र उनका बारेमा धेरैले चासो राखेका थिए।

०७९ सालको स्थानीय तह निर्वाचनमा शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेर काठमाडौं महानगरपालिकामा मेयरको रूपमा विजयी हुँदा प्रमुख एजेन्डाहरूमा भ्रष्टाचार विरोध, पारदर्शिता, पूर्वाधार सुधार, स्मार्ट सिटी योजना, सडक व्यवस्थापन र सार्वजनिक स्थानको सुन्दरता थिए। उनका अभियानहरूले युवाहरूमाझ ठूलो समर्थन पायो र उनलाई मेयर पदमा विजय हुन सहयोग पुर्‍याएको थियो।

युवा वर्गमा लोकप्रिय बालेन शाहले आफ्नो अभियानमा पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तनलाई जोड दिने गरेका छन्। संगीतकार र इञ्जिनियर पनि हुन्, जसले आफ्नो बहुआयामिक व्यक्तित्वका कारण सामाजिक र राजनीतिक क्षेत्रमा द्रुत प्रभाव छाडेका छन्।

शाहको जन्म काठमाडौंमा मधेशी साहु तेलीको परिवारमा भएको थियो। उनी २०४७ बैशाख १४ मा जन्मिएका हुन्। बालेनको पुख्र्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ।

काठमाडौंको नरदेवीमा बुवा डा.रामनारायण शाह र आमा ध्रुव्रादेवी शाहको कोखबाट जन्मिएका बालेनका एक दाजु र एक बहिनी छन्। नर्स तथा मोडेल सविना काफ्लेसँग विवाह गरेका बालेनकी एक छोरी छन्।

उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा पनि आफूलाई स्थापित गरेका थिए।

उनी सिभिल इञ्जिनियरिङमा शिक्षित छन्। युवादेखि नै उनी सिर्जनात्मक काममा संलग्न थिए। संगीतमा रुची राख्ने शाह र्याप कलाकारका रूपमा पनि परिचित छन्।

उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ ०६९ मा गाएका थिए र यो गीत उनले कक्षा ९ मा हुदाँ लेखेका थिए। उनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत पछिल्लो निर्वाचनमा सबैभन्दा धेरै चर्चामा आएको थियो। ‘गरिबीको चमेली, बोल्दिने कोही छैन’ भन्ने गीतसमेत चर्चित छन्। बिहीबार प्रतिनिधि सभाको शपथ लगत्तै उनको ‘जय महाकाली’ बोलको गीत सार्वजनिक भएको थियो।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो विचार र सृजनाहरु साझा गर्दै नयाँ पुस्तासँग निरन्तर संवाद गर्दै आएका छन्।

उनको मेयर पदको कार्यकालका दौरान काठमाडौं महानगरपालिकाले सडक सुधार, सार्वजनिक पार्क र खुला स्थानको सुन्दरता, डिजिटल सेवा विस्तार र नागरिक सहभागितामा सुधार जस्ता परियोजनाहरू अघि बढाइएको छ।

शाहले सिधा संवाद र जवाफदेहीतालाई प्राथमिकता दिए, जसले नागरिकहरूमा उनीप्रतिको भरोसा बढाएको छ। उनको नेतृत्व शैलीले देखाएको छ कि नयाँ सोच, पारदर्शिता र जनसहभागिताले राजनीतिमा पनि प्रभावकारी परिवर्तन ल्याउनसक्छ।

उनी नेपाली युवाप्रतिको विश्वास र आशाको प्रतीक बन्न पुगेका छन् र उनका कदमहरूले देशको राजनीति र सामाजिक विकासमा नयाँ दिशा देखाउने सम्भावना रहेको अनुमान गरिन्छ। जोखिम मोलेर अघि बढ्न सक्ने क्षमताका कारण पनि उनको लोकप्रियता चुलिएको थियो।

युवा वर्गमा लोकप्रिय शाहले आफ्नो अभियानमा पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तनलाई जोड दिएका छन्। उनी संगीतकार र इञ्जिनियर पनि हुन्, जसले आफ्नो बहुआयामिक व्यक्तित्वका कारण सामाजिक र राजनीतिक क्षेत्रमा द्रुत प्रभाव छाडेका छन्।

बालेनको राजनीतिमा प्रवेश मात्र अचानक थिएन, उनी जेनजी आन्दोलनका सक्रिय अभियन्ता थिए, जसले नवयुवाहरूको अधिकार, पारदर्शिता र भ्रष्टाचारविरुद्ध आवाज उठायो।

आन्दोलनले उनलाई देशभर परिचित बनायो र युवाप्रतिको विश्वास बढाएको थियो। अन्तर्मुखी र कूटनीतिक स्वभाव, व्यवस्थापनमा अब्बल, नयाँ नयाँ रणनीतिमा रमाउने स्वभावका उनका सार्वजनिक भाषणहरु थोरै समयका मात्र हुने गरेका छन्।

जनताको सेवा र नवप्रवर्तनलाई राजनीति भन्दामाथि राख्ने आफ्नो दृष्टिकोणका कारण उनले मेयर पदबाट राजीनामा दिएको चर्चा गरिएको थियो। कम बोल्ने कडा प्रशासकको परिचय बनाएका बालेन आगामी कार्यकाल कस्तो रहन्छ हेर्न बाँकी छ।

त्यसपछि उनले राष्ट्रिय राजनीतिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसदको उम्मेदवारी दिएर देश दौडाहमा निस्किएका थिए। उनको लोकप्रियता र स्पष्ट दृष्टिकोणका कारण उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै सांसद पदमा विजयी भएका हुन्।

फागुन २१ गते मतदाताले रास्वपालाई १८२ सिटसहित देशको ठुलो राजनीतिक दल बनाएपछि बालेन एकल बहुमतसहितको शक्तिशाली प्रधानमन्त्रीको कुर्सी सम्हाल्न पुगेका छन्। शुक्रबार राम नवमीको अवसर पारेर शुभ साइतमा शाहले नेपालको प्रधानमन्त्रीको कुर्सी सम्हालेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

Next Post
बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

भारत–नेपाल सम्बन्ध सुदृढ गर्न सहकार्यको अपेक्षा

भारत–नेपाल सम्बन्ध सुदृढ गर्न सहकार्यको अपेक्षा

स्वर्णिम वाग्ले : अन्तर्राष्ट्रिय अनुभवसहित अर्थमन्त्री बनेका प्रखर अर्थशास्त्री

स्वर्णिम वाग्ले : अन्तर्राष्ट्रिय अनुभवसहित अर्थमन्त्री बनेका प्रखर अर्थशास्त्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .