• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल


आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘इन्जिन’ का रूपमा स्वीकार गरिनु सकारात्मक भएको उल्लेख गरेका हुन्।

अध्यक्ष ढकालले महासंघकै माग र पहलमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको जानकारी दिए। उनका अनुसार पूराना र बाधक कानुनहरू परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउन यो आयोगले महत्वपूर्ण भूमिका खेल्नेछ।

‘निजी क्षेत्र पूर्ण रूपमा निराश हुनुपर्ने अवस्था छैन,’ ढकालले भने, ‘हामीले दिएका सुझावहरूमध्ये करिब ३० वटा कानुन, नियमावली र कार्यविधिहरू परिवर्तन भइसकेका छन् भने कतिपय परिवर्तनको प्रक्रियामा छन्।’

विगतमा राजनीतिक अस्थिरताका कारण कतिपय काम हुन नसके पनि अब स्थिर सरकारसँगै ती समस्या समाधान हुनेमा उनले विश्वास व्यक्त गरे।

सोही कार्यक्रममा बोल्दै महासंघकी पूर्वअध्यक्ष भवानी राणाले वर्तमान अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताइन्। विशेषगरी अन्तर्राष्ट्रिय संकटले नेपाली अर्थतन्त्रमा पारेको असरबारे उनले चिन्ता व्यक्त गरिन्।

पूर्वअध्यक्ष राणाले भनिन्, ‘अन्तर्राष्ट्रिय संकटका कारण रेमिटेन्स (विप्रेषण) प्रवाहमा कमी आउन सक्छ। यदि विदेशमा रहेका नेपाली कामदारहरू ठूलो संख्यामा फर्किए भने उनीहरूलाई रोजगारी दिनु राज्यका लागि ठूलो चुनौती हुनेछ।’ उनले बढ्दो महँगी र विश्वव्यापी आर्थिक मन्दीको प्रभावबाट जोगिन पूर्वतयारी आवश्यक रहेकोमा जोड दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अध्यादेशबाट खुसी निजी क्षेत्र, आर्थिक सुधार हुने के छ त्यस्तो व्यवस्था ?
  • २०८२ चैत्र ३, मंगलवार २२:०७
  • In "BannerNews"
  • नेपाल-चीन बिजनेस समिट: विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता
  • २०८२ चैत्र ३, मंगलवार २२:०७
  • In "BannerNews"
  • ब्याङ्क तथा वित्तीय संस्था र भ्रष्टाचार निवारणसम्बन्धी विधेयकका प्रावधानमा निजी क्षेत्रको आपत्ति
  • २०८२ चैत्र ३, मंगलवार २२:०७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने

Next Post

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

रास्वपाको झन्डै दुई तिहाइ बहुमत, नयाँ सरकार गठन प्रक्रिया सुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version