• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निर्वाचन पर्यवेक्षणको प्रतिवेदन छुट्टाछुट्टै आउने


निर्वाचन पर्यवेक्षणको प्रतिवेदन छुट्टाछुट्टै आउने

काठमाडौं। निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष श्रीकृष्ण आचार्यले यसपटकको निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने उल्लङ्घनका घटनाहरू विगतको तुलनामा बढेको बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले निर्वाचन पर्यवेक्षण समिति नेपाल २०७० सालमा स्थापना भएदेखि नै देशका विभिन्न निर्वाचनहरूमा प्रत्यक्ष रूपमा पर्यवेक्षण गर्दै आएको बताए । उनले विगतमा विभिन्न संघसंस्थाहरूले आ-आफ्नो ढङ्गले निर्वाचन पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै यसपटक भने राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति र निर्वाचन पर्यवेक्षण समिति नेपालले संयुक्त रूपमा पर्यवेक्षक परिचालन गरेको जानकारी दिए।

उनले भने, ‘निर्वाचन पर्यवेक्षण समिति नेपाल २०७० सालमा स्थापना भए पनि विगतका सम्पूर्ण निर्वाचनहरुमा प्रत्यक्ष रुपमा पर्यवेक्षण गर्दै आइरहेको छ । विगतमा विभिन्न संघसंस्थाहरु अलि फरक ढंगले पर्यवेक्षणमा रहेको भए पनि यस पटकको निर्वाचनमा हामीले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति र निर्वाचन पर्यवेक्षण समिति नेपाल संयुक्त रुपमा हामीले पर्यवेक्षकहरु खटाएका थियौं । पर्यवेक्षकहरु अलग अलग परिचालन भएको कारणले हामीले निकाल्ने प्रतिवेदन यद्धपि अन्तिम प्रतिवेदन हाम्रो छुट्छुट्टै हुनेछ । त्यो तयार हुन केही समय लाग्नेछ ।’

उनका अनुसार संयुक्त रूपमा पर्यवेक्षक खटाइए पनि उनीहरू अलग-अलग रूपमा परिचालन गरिएको थियो । त्यसैले दुवै संस्थाले तयार गर्ने अन्तिम प्रतिवेदन छुट्टाछुट्टै रूपमा सार्वजनिक हुने र प्रतिवेदन तयार हुन केही समय लाग्ने उनले बताए ।

आचार्यले विगतका निर्वाचनमा मुख्यतः निर्वाचन आयोग, नेपाल सरकारका कर्मचारीका गतिविधि तथा मतदान केन्द्रहरूमा पुगेर प्रत्यक्ष रूपमा पर्यवेक्षण गरिने गरेको स्मरण गराउँदै यसपटकको निर्वाचनको स्वरूप केही फरक देखिएको बताए ।

‘यस पटकको निर्वाचनमा सामाजिक सञ्जाल केन्द्रित गतिविधि र त्यहाँबाट हुने उल्लङ्घनका घटनाहरू विगतको भन्दा बढी देखिएका छन्,’ उनले भने, ‘यससम्बन्धी तथ्यांकहरू पनि हामीले प्रतिवेदनमार्फत सार्वजनिक गर्नेछौं ।’

उनले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, प्रचार तथा आचारसंहिता उल्लङ्घनका विषयहरूलाई यसपटकको निर्वाचन विश्लेषणमा विशेष रूपमा समेटिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण
  • २०८२ फाल्गुन २९, शुक्रबार १५:५६
  • In "BannerNews"
  • मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान
  • २०८२ फाल्गुन २९, शुक्रबार १५:५६
  • In "BannerNews"
  • निर्वाचनमा नगद कारोबार नगर्न आयोगको आग्रह
  • २०८२ फाल्गुन २९, शुक्रबार १५:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

इराकमा दुर्घटनामा पर्‍यो अमेरिकाको इन्धन भर्ने जहाज

युएइले अमेरिकालाई साथ नदिने

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version