No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग अन्तिम चरणमा पुगेको संकेत दिएका छन् । मंगलवार भारतका लागि नवनियुक्त राजदूत सर्जियो गोरको शपथ ग्रहण समारोहमा बोल्दै उनले छिट्टै भारतमाथिको ट्यारिफ पनि घटाइने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा भने, ‘हामी अहिले भारतसँग नयाँ सम्झौता गर्दैछौँ । अहिले उनीहरू मलाई खासै मन पराउँदैनन् तर फेरि हामीलाई मन पराउनेछन् । हामी न्यायोचित व्यापार सम्झौताकै नजिक छौँ । उनीहरू निकै कुशल वार्ताकार छन, त्यसैले सर्जियो, तपाईंले ध्यान दिनु पर्नेछ । सबैको हित हुने सम्झौता लगभग तय हुँदैछ ।’

शपथ ग्रहण समारोहपछि ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भारतसँगको व्यापार सम्झौता कति नजिक छ भन्ने प्रश्नमा प्रतिक्रिया दिएका थिए । भारतमाथिको ट्यारिफ घटाउने विषयमा उनले भने, ‘रुसको तेलका कारण भारतमाथि उच्च ट्यारिफ राखिएको थियो, तर अहिले रूससँगको तेल कारोबार निकै घटेको छ । त्यसैले उचित समयमा हामी ट्यारिफ तल ल्याउनेछौँ।’

यसअघि, नोभेम्बर ५ मा भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत–अमेरिका व्यापार सम्झौताका छलफल सकारात्मक रूपमा अघि बढिरहेको बताएका थिए । तर, धेरै संवेदनशील र गम्भीर विषयहरू रहेकाले समय लाग्ने उनको भनाइ थियो ।

दुबै देशबीच २०२५ को अन्त्यसम्म पहिलो चरणको द्विपक्षीय व्यापार सम्झौता सम्पन्न गर्ने उद्देश्य राखिएको छ । हालसम्म पाँच चरणको वार्ता सम्पन्न भइसकेको छ भने अक्टोबर २३ मा दुबै देशका वार्ताकारबीच भर्चुअल छलफल भएको थियो ।

यो व्यापार सम्झौताले दुई देशबीचको व्यापार कारोबार १९१ अर्ब अमेरिकी डलरबाट २०३० सम्म ५०० अर्ब डलर पु¥याउने लक्ष्य लिएको छ ।

मन्त्री गोयल यसअघि सेप्टेम्बरमा अमेरिकामा उच्चस्तरीय वार्तामा सहभागी भएका थिए । त्यस्तै, अमेरिकी सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिञ्चको नेतृत्वमा अमेरिका टोलीले पनि सेप्टेम्बरमै नयाँदिल्लीमा भारतीय वाणिज्य विभागसँग ‘सकारात्मक र दूरदर्शी’ छलफल गरेको र शीघ्र परिणाम निकाल्न प्रयास तीव्र बनाउने निर्णय गरेको थियो । दुवै देशबीच विश्व व्यापार विस्तार तथा आर्थिक साझेदारी सुदृढीकरणका लागि यो सम्झौता महत्वपूर्ण मानिएको छ । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

Next Post
बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .