• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा


बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

बाजुरा। भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ। आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन्।

हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन्। घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव नै यहाँका आमाहरुको प्रमुख बाधक समस्या हो।

बाजुरामा ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन्।

यसै क्रममा बिहिवार बाजुराको बुढीगंगा नगरपालिका ७ सिमलकोटकी सिर्जना केसीले पनि बाटोमै सन्तान जन्माएकी छन्। सिर्जनाले घरबाट स्वास्थ्य संस्था ल्याउँदै गर्दा बाटोमै बच्चाको जन्म दिएकी हुन्।

उनलाई सहज रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्था लैजादै गरे पनि स्वास्थ्य संस्था टाढा हुँदा उनले बाटोमै बच्चाको जन्म दिएकी हुन्। सिर्जनालाई बाटोमै ब्यथा लागेको खबर स्वास्थ्य संस्थालाई गरे पश्चात् लगत्तै सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत विनिता विष्टले उद्दारका लागि गएकी हुन्। बिष्ट पुग्दासम्म सिर्जनाले बच्चा जन्माइसकेकी थिइन्।

उनले सिर्जनाले बाटोमै बच्चा जन्माएपनि सालनालको व्यवस्थापन र चेकजाँचको लागि स्वास्थ्य चौकी लगेको बताईन्। अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको विष्टले जानकारी दिएकी छन्।

बुढीगंगामा मात्रै यो वर्ष सिर्जनासहित अन्य दुई जना आमाले बाटोमै बच्चा जन्माएकी छन्। यो एक उदाहरण मात्रै हो। बाजुरामा थुप्रै यस्ता घटनाहरु छन्। यहाँका ९ वटै स्थानीय तहका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेका छन्।

बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा दुईदेखि तिनजना महिला बाटोमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने र मर्ने क्रम नरोकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

बाजुरामा भौगोलिक विकटता, गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, नियमित गर्भ जाँचको कमि, कडा परिश्रम, कम उमेरमै बच्चाको जन्म, पौष्टिक आहारको कमिलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । साथै सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी रहेको उनीहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा पहिलो पटक २८ वर्षीया महिलाले पाँच शिशुलाई जन्म दिइन्
  • २०८२ कार्तिक १५, शनिबार १५:२१
  • In "देश"
  • गुजरातमा ७० वर्षीया महिलाले जन्माइन् पहिलो सन्तान
  • २०८२ कार्तिक १५, शनिबार १५:२१
  • In "अन्तराष्ट्रिय"
  • सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ
  • २०८२ कार्तिक १५, शनिबार १५:२१
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version