• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू


भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

काठमाडौैं। सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो।

यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो।

विभागका अनुसार २०८० माघ १० देखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो।

विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न अनुरोध गरेको छ।

विज्ञप्ति

विभिन्न उद्देश्यका लागि विदेश जान चाहने नेपाली नागरिकहरुको प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५ विद्यमान रहेका छन्।

यी कानूनी व्यवस्थाका अतिरिक्त भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकहरुको प्रस्थानलाई सहजीकरण गर्ने प्रयोजनका लागि विभिन्न समयमा कार्यविधि परिमार्जन तथा मापदण्ड र परिपत्रहरू जारी गरी व्यवस्थित गर्ने प्रयास भएको देखिन्छ।

पछिल्लो पटक मिति २०८०। १०। १० देखि लागू हुने गरी मा. उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको निर्णय अनुसार अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को देहाय (२) को खण्ड (ख) मा परिमार्जन गरी भिजिट भिसामा विदेश प्रस्थान गर्दा पूरा गर्नुपर्ने छ बुँदे मापदण्ड जारी भएको विदितै छ।

तथापि भिजिट भिसामा हुने नेपाली नागरिकको विदेश प्रस्थान अपेक्षित रुपमा विवादमुक्त हुन नसकेको र नागरिकको सुरक्षाका लागि भनी गरिएका व्यवस्था र बनाईएका मापदण्ड नै कतिपय अवस्थामा नागरिकलाइ हैरानी र अनियमितताका कारक बनेका गुनासाहरु कायमै रहेको यथार्थतालाई आत्मासात् गरी अध्यागमन प्रशासनले सोही बिन्दुबाट नै सुधारका कामहरु निरन्तर अगाडि वढाइरहेको छ।

अध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न सक्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्ण रुपमा सुशासन कायम गर्ने कार्यलाइ विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको छ।

वैश्विक आवागमनका प्रवृत्ति र तिनले सिर्जना गर्ने अवसर र चुनौतिको मिहिन विश्लेषण गर्दै आवश्यक रणनीति बनाउनुपर्ने अध्यागमन प्रशासन भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकको व्यवस्थापनकै वरिपरि मात्र अल्मलिइरहेको तितो यथार्थ हाम्रो सामु रहेको छ जसको कारण नेपाल प्रवेश गर्ने विदेशीको बारेमा गहिरो जाँचपड्ताल गर्ने र तिनका गतिबिधीहरुको सुक्ष्म निगरानी गर्ने महत्वपूर्ण कार्य ओझेलमा परेको छ।

भिजिट भिसामा हुने अनियमितताको कारण नै अनुमान. शंका र हैसियत जाँचेर लिइने तजबिजी निर्णय र आम रूपमा जानकारी हुँदाहुँदै परीक्षण (खभचषथ ) गर्न नसकिने कागजात माग गर्ने विषय पनि हो।

कानुनको कार्यान्वयनलाई वस्तुगत बनाउने र विदेश जाने नागरिकको संरक्षणका लागि नियन्त्रणात्मक भन्दा संरक्षणात्मक वैकल्पिक उपायहरुको खोजी र त्यसको कार्यान्वयनका लागि गृह प्रशासनले अन्य सरोकारवाला निकायहरुसँग समेत निरन्तर छलफल गरिरहेको छ।

यसै सन्दर्भमा, अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानविन समिति, २०६२ से समेत नेपालको संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभुति गर्न र स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्दै भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलापहरु नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवद्र्धन गर्नका लागि हाल कार्यान्वयनमा रहेको छ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको छ।

सोही अनुसार मिति २०८०।१०।१० देखि लागू भएको छ बुँदे मापदण्ड लगायत यस अघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरु खारेज गरी नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२।७।१३ गतेको मा. मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा देहायको कागजात पेश गरेमा प्रस्थान अनुमति दिने गरी निर्णय भएको व्यहोरा आम जानकारीका लागि सूचित गरिन्छ।

यो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरुलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तब्य र यात्राको वारेमा पूर्ण रुपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ। साथै, सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुबाट समेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण र सुचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ’।

देहाय

१. कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी,

२. सम्बन्धित देशको प्रवेशाज्ञा (VISA) वा On Arrival visa  प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, ३. प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट,

४. आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वः घोषणा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महिलालाई भिजिट भिसामा खाडी मुलुक जान वडाको सिफारिस चाहिने !
  • २०८२ कार्तिक १४, शुक्रबार १९:०५
  • In "देश"
  • भिजिट भिसाको सकस : मानव अधिकार हेर्ने कि मानव तस्करी रोक्ने ?
  • २०८२ कार्तिक १४, शुक्रबार १९:०५
  • In "थप"
  • इजरायली राहदानी बोकेर माल्दिभ्समा प्रवेश निषेध
  • २०८२ कार्तिक १४, शुक्रबार १९:०५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

महाधिवेशन कार्यतालिकाबारे कांग्रेस बैठकमा जुटेन सहमति

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version