• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेस प्रदेश सांसद किरण साह पारिवारिक विवादमा तानिएकी


मधेस प्रदेश सांसद किरण साह पारिवारिक विवादमा तानिएकी

सप्तरी । सप्तरीको राजविराजस्थित सिराहा रोडमा बस्ने प्रदेश सभा सदस्य किरण कुमारी साह पारिवारिक विवादमा तानिएकी छन्। उनलाई आफ्ना सासू–ससुरालाई घरबाट निकालेर घरजग्गा कब्जा गरेको आरोप लागेको छ।
उनका ८० वर्षीय ससुरा देवनारायण प्रसाद साह र सासू शान्तिदेवीले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै बुहारी किरण साह र उनका छोरा इन्जिनियर विनोद साहमाथि शारीरिक र मानसिक दुर्व्यवहारको आरोप लगाएका छन्। देवनारायण साहका अनुसार असोज २० गते मन्दिर जानुका बेला घरको दराज फोडेर नागरिकता, जग्गा र घरसम्बन्धी कागजात चोरी गरिएको थियो र सोधपुछका क्रममा आफू र श्रीमतीलाई कुटपिट गरी घरबाट निकालिएको दाबी गरिएको छ।

उनले जिल्ला प्रशासन कार्यालय सप्तरीमा औपचारिक उजुरी पनि दर्ता गराइसकेका छन्। कात्तिक २ गते फेरि कुटपिट भएको आरोप पनि उनले लगाएका छन्। देवनारायणले बुहारीलाई पदको दुरुपयोग गरेर प्रहरी र प्रशासनमा प्रभाव जमाउने प्रयास गरेको आरोप पनि लगाएका छन्।

तर किरण कुमारी साहले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको दाबी गर्दै यसलाई राजनीतिक रङ दिइएको पारिवारिक झगडा भएको बताएकी छन्। उनले भनिन्, “चाडपर्वको तयारीका क्रममा ससुरा र श्रीमानबिच सामान्य विवाद भएको थियो, तर त्यसलाई अनावश्यक रूपमा ठुलो बनाइएको छ।”

सांसद साहले आफ्नो सासू–ससुरालाई घरबाट ननिकालेको र बरु उनीहरू आफैँ छोरीको घरमा गएको पनि दाबी गरेकी छन्। कुटपिटसम्बन्धी आरोप खण्डन गर्दै उनले भनिन्, “मेरो श्रीमानले हातपात गरेको होइन, बरु ससुराले हातपात गर्न खोज्दा मैले बचाउ गरेकी हुँँ।”

प्रहरी प्रशासनले दुवै पक्षलाई वार्ताका लागि बोलाउने तयारी गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार देवनारायण साहको उजुरी दर्ता भइसकेको छ।

राजनीतिक पृष्ठभूमिस् यस विवादमा जसपा र जनमत पार्टी बीचको पुरानो प्रतिद्वन्द्विता पनि देखिएको बताइन्छ। कतिपयले विवाद पारिवारिक मात्र नभएर राजनीतिक प्रभावयुक्त भएको तर्क गरेका छन्।

हाल स्थानीय प्रशासनले दुवै पक्षबीच वार्ता मार्फत विवाद सुल्झाउने प्रयास गरिरहेको छ, तर सार्वजनिक आरोप–प्रत्यारोपका कारण यो विवाद चाँडै शान्त हुने सम्भावना कम देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहा कारागारमा झडपपछि तनाव: इन्द्रजित यादव चौकीदारमा उपयुक्त हुने कैदीबन्दीको माग
  • २०८२ कार्तिक १३, बिहीबार २१:२९
  • In "BannerNews"
  • प्रेमी फरार, आमा बच्चा बिचल्लीमा
  • २०८२ कार्तिक १३, बिहीबार २१:२९
  • In "BannerNews"
  • एकै परिवारका तीन जना जसपा नेपालका केन्द्रीय सदस्य, अरु को–को परे ?
  • २०८२ कार्तिक १३, बिहीबार २१:२९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

Next Post

कुशवाहा समाजभित्रको विवाद : नेतृत्व, विधान र स्वाभिमानको लडाइँ

देशभरका अस्पतालका नर्सहरु विरोध प्रदर्शनमा

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version