• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता


खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा सम्पन्न उक्त भेटवार्तामा संयुक्त राष्ट्र सङ्घकी नेपालका आवासीय संयोजक हन्ना सिङ्गर, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (यूनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी रहेका थिए।

भेटका क्रममा मन्त्री खरेलले नेपाल सरकारप्रति संयुक्त राष्ट्र सङ्घले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी फागुन २१ गते निर्धारित निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले उक्त निर्वाचन सफल बनाउन संयुक्त राष्ट्र सङ्घलगायत विकास साझेदारहरूको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

भेटवार्तामा विपद् व्यवस्थापन, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवर्द्धन, र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र यूएनडीपीबीच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रतिनिधिहरूले पनि नेपाल सरकारको पहलको प्रशंसा गर्दै सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। हन्ना सिङ्गरले नेपालले विपद् व्यवस्थापनमा देखाएको नेतृत्वको प्रशंसा गर्दै निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाइन्। यूएनडीपीकी क्योको योकोसुकाले डिजिटल रूपान्तरण र मिडिया साक्षरता क्षेत्रमा साझेदारी अझ सशक्त बनाउने इच्छा व्यक्त गरिन् भने यूनेस्कोका जाको डु ट्युइटले सञ्चार र शिक्षा क्षेत्रमा सहकार्य निरन्तर जारी रहने बताए। मन्त्रालयका अनुसार भेटवार्ता आपसी समझदारी, साझेदारी र सहयोगको सकारात्मक वातावरणमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा नेपाल अघि बढिरहेको छ’
  • २०८२ आश्विन २३, बिहीबार १९:५२
  • In "BannerNews"
  • राजदूतहरुको प्रतिनिधिमण्डल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
  • २०८२ आश्विन २३, बिहीबार १९:५२
  • In "BannerNews"
  • एमसीसी कार्यान्वयनमा सामन्थाको चासो
  • २०८२ आश्विन २३, बिहीबार १९:५२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version