• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खुलेआम ठगी गर्दै एनआईसि एशिया बैंक, धितो लिलामीमै किर्ते गरेको पाईयो !


खुलेआम ठगी गर्दै एनआईसि एशिया बैंक, धितो लिलामीमै किर्ते गरेको पाईयो !

काठमाडौँ । एनआईसि एशिया बैंकले लिलामी सकारेको भनिएको धापासीको २६ रोपनी जग्गा फिर्ता लिन ओरियन्टल बिल्डर्सले अदालतको ढोका घचघचाएपछी अहिले यो चर्चाको बिषय बनेको छ । उक्त बिषयमा जीएनएन नेपाल अर्थ ब्युरोले खोजि गर्दा विभिन्न तथ्यहरु फेला परेका छन् :

मुख्य घटना के हो ?

बिं सं. २०६६ साल जेष्ठ २ गते टोखा नगरपालिका स्थित धापासीको दुई स्थानमा गरि (५१ कित्ता) २६ रोपनी भन्दा बढी जग्गाओरयिन्टल विल्डर्स एण्ड डेमलपर्स प्रालिले एनआइसी एसीया बैंकबाट २० करोड कर्जा ऋण लिएको थियो । ओरेन्टल सहकारीले उक्त जग्गामा करिब ३० करोड भन्दा बढी लगानी गरेर भवन निर्माण कार्य अघि बढाइरहेको थियो । २०६८ पौष १२ गतेसम्ममा साँवा र ब्याज तिरीसकेपछि पनि करिब १९ कारोड ९९ लाख ९८ हजार रुपैयाँ तिर्ने बाँकी थियो ।

कर्जा लिएपछी उक्त जग्गामा के-के संरचना बन्यो ?

मिति ०६९/१०/१५ गते प्रहरीले गरेको स्थलगत भ्रमण र स्थानित व्यक्तिहरु रोहवरमा राखी गरेको मुचुल्का (जुन नेपाल प्रहरी संग रुरक्षित रहेको छ) अनुसार उक्त ओरेन्टल सहकारीले धितोमा राखिएको जमिनमा करिब ३० करोड भन्दा बढी लगानी गरेर भवन निर्माण कार्य अघि बढाइरहेको थियो । तर सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ परेपछि उक्त भवन निर्माण कार्य रोकिएको थियो ।

धितोमा राखिएको सबै जग्गामा गेट सहितको कम्पाउन्ड वाल लगाईएको थियो । त्यसैगरी उक्त जग्गामा २७ फिटे पिच बाटो निर्माण गरिएको थियो (उकालो भागमा ढलान समेत )। ढल निकास, बत्तिको पोल, खानेपानीका पाईप र पौडी पोखरी निर्माण गरिएको थियो जुन अहिले बैंकले भत्काएको छ । साथै १२/१२ तलाको पाईलिङ सम्पन्न भैसकेको थियो भने अपार्टमेण्टको मुख्य भवनको पश्चिमतर्फ दक्षिण मोहोडा भएको २ तले भवन प्लास्टर भइ सेतो रङ पोतिएको थियो ।

अरु के-के कर्तुत गर्यो बैंकले ?

१. बैंकले लिलाम मुचुल्का गरेको मिति ०६९/९/१२ मा लिलाम मुचुल्कामा उक्त द्धिती जग्गामा बनेको करी ३० करोड लगानिमा बनेको भौतिक संरचनाको कुनै कुरा उल्लेख नगरी लुकाएको पाईएको छ ।

२. सहकारीले एनआइसी एसियालाई २०६८ पौष १२ गतेसम्ममा साँवा र ब्याज तिरी सकेपछि पनि करिब १९ कारोड ९९ लाख ९८ हजार रुपैयाँ तिर्ने बाँकी थियो । तर सहकारीका अध्यक्ष सुधीर बस्नेत जेलमा भएको मोका छोपी एनआइसी एसियाले उबेलाको बजार भाउ अनुसार डेढ अर्बभन्दा बढी मूल्य पर्ने जग्गालाई गरेको थियो ।

३. बस्तेतको कम्जोरीमा टेकेर एनआइसी एसिया बैङ्कका उच्च तहमै रहेका व्यवस्थापकको मिलेमतोमा उक्त जग्गा कब्जा भएको थियो । भौतिक संरचना निर्माण गर्नका लागि २० करोड ऋण दिएको एनआइसि एसियाले त्यति नै मूल्यमा उक्त जग्गाको बिए गरेपछि ओरेन्टल पीडितहरू बैङ्क विरुद्ध आन्दोलन गर्दै आएका छन् ।

४. बस्नेत जेलमा नै रहेका बेला बैङ्कका उच्च व्यवस्थापनका व्यक्ति मिलेर बैंकको संचालक समितिको निर्णय बेगर उक्त जग्गाको लिलामी गरि जग्गा सस्तो मूल्यमा बैंक आफैले हत्याएको थियो ।

एउटा मुद्दा लड्नको लागि १९ जना वकिल ! जनताको पैसामा रजाईं

साथसाथै गोप्य सूत्रका अनुसार बैङ्कले ओरयिन्टल विल्डर्स एण्ड डेमलपर्स प्रालिको सर्बच्वमा विचाराधीन रहेको उक्त मुद्दा लड्नको निमित्त १९ जना भन्दा बढी वकिल समेत राखेको छ । जनताको पैसाले बनेको बैंकले यसरि कुनै एउटा अमुक मुद्दाको निमित्त यसरि आफ्नो नीति बिपरित गएर किन पैसाको खोलो किन बगाईरहेको छ ? नेपालमा विज्ञापनमा गरिने व्यावसायिक खर्च मध्य सबैभन्दा बढी खर्च गर्ने मध्येको एक एनआईसी एसिया अर्बौंको सम्पति हडप्न लालायित परेको पक्कै पनि देखिन्छ ।

ओरेन्टलको पहल

यससँगै बैङ्कले ओरेन्टल पीडितको रकममा किनिएको जग्गा कब्जा गरेर आफ्नो मुख्य कार्यालय बनाउन खोजेपछि सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समेत २ पटक पत्राचार गरेको थियो । उक्त पत्राचारमा समितिको ०७५ असोज १२ को निर्णय अनुसार अपरेटिभका तत्कालीन अध्यक्ष सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल विल्डर्स डेभलपर्स प्रालीबाट सञ्चालित धुम्बाराही परियोजनामा निम्न जग्गाहरू एनआइसी एसिया बैङ्कमा धितो राखी कर्जा लिएकोमा उक्त बैङ्कले बैङ्किङ सम्पत्तिका रूपमा राखेको तपसिलमा रहेका जग्गा र सोमा रहेको सम्पूर्ण भौतिक संरचना पछि छानबिन गर्दा ठहरेबमोजिम हुने गरी हाललाई यस समितिको स्वीकृति बिना बेचबिखन, स्वामित्व हस्तान्तरण र दाखिल खारेज समेत हुन गर्न नपाउने गरी रोक्का राखी सोको जानकारी पठाइदिन आग्रह गरेको थियो । नेपाल राष्ट्र बैङ्कद्वारा जारी निर्देशिकाको निर्देशन नं. २ बमोजिम लिलाम गरेको जग्गा फिर्ता गर्नु अनिवार्य सर्त भए पनि एनआइसी एसिया बैङ्कले फिर्ता गरेको छैन ।

ओरियन्टल बिल्डर्सका सञ्चालक सुधीर बस्नेत

ओरियन्टलका अध्यक्ष र अपार्टमेन्टका बुकिङकर्ताहरूले एनआइसि एशियाका बिरुद्द चालेका कदमहरू

यसका साथै भने बस्नेत र सोही स्थानका अपार्टमेन्टका बुकिङकर्ताहरूको तर्फबाट पटक पटक फिर्ताको माग गरिरहेको छन् । अध्यक्ष बस्नेतले बारम्बार बैङ्कलाई ऋण तिर्छोै भन्दा पनि नमानेको, निवेदन दर्ता लिन नमानेको, बैङ्कले आफ्नो सम्पत्ति बनाएर राख्न लागेको भन्ने आरोप लगाएका छन् । बस्नेतका अनुसार, यही मिडिया मार्फत कति जना एनआइसी एसिया बैङ्कबाट पीडित छौँ भनेर आव्हान गर्ने हो भने हजारौँको केशहरू भेटिन्छन् । यदि एन. आइ. सिको विरुद्धमा सबै पीडितहरू मिलेर संयुक्त मुद्दा लडी, पहल गर्रौ भने हामीले न्याय पाउन सक्ने र आफ्नो सम्पत्ति पाउनु अधिकार पनि भएकोले आफूहरू मैदानमा उत्रिन आफुँ जस्तै पीडितलाई अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।

बस्नेतका भनाई अनुरूप धापासीको जग्गा, भवन आफ्नो निजी सम्पत्ति नभै ओरीयन्टलका बचतकर्ताहरुको सम्पत्ति हो । अहिले अपार्टमेन्टका बुकिङकर्ताहरूले भोकभोक्र हिँडिरहेका छन् । बैङ्कले लिलामी गरेर आफुँलाई ठगेको कारण कारण जनताको अगाडि आफू दोषी ठहरिएको बत्ताउँछन् ।

अब जनताको पैसा फिर्ता गर्ने जेजस्तो सङ्घर्ष रोडमा उत्रिनु परेपनी वा धर्ना नै बस्नुपरे पनि आफू तयार हुने सङ्कल्प समेत गरेका छन् । बस्नेतले पैसावाला व्यक्ति ठाउँमा बसेको छ भन्दैमा १९ जना वकिल राखेर मुद्दा कसैले हेर्ने नमिल्ने गरी सोझासाझा जनताले न्याय नै नपाउने, न्याय पैसामा बिकेर मरिसकेको हो र भनेर प्रश्न खडा गरेका छन् । ओरेन्टलले बैङ्कको ऋण तिर्ने राजी भएको तर बैङ्कले पनि सबै पीडित जनताको जग्गा फिर्ता गर्नु पर्ने बताए ।

बैंकले गर्यो मिडियाबाजी, राष्ट्र बैंक मौन

एनआईसि एसियाले फैसला नै नभएको मुद्दालाई जितिसकेको भन्दै मिडियाबाजी गरेको पाईएको छ । राष्ट्र बैङ्कले बढी प्रचारप्रसारमा रोक नलगाएकोले ठुलाठालु मिडियालाई हातमा लिएर आफुँ विरुद्ध समाचार प्रकाशन गर्न रोक्ने रणनीति अपनाएको आरोप समेत प्रशस्त रहेका छन् । यसकै सिलसिलामा मंसिर ८ मा कतिपय मिडियामा प्रकाशित ‘बैंकले ८ वर्षअघि सकारेको जग्गा फिर्ता पाऊँ भन्दै सुधिर बस्नेत अदालतमा‘ भन्ने समाचार पनि भ्रमपूर्ण रहेको बुझिएको छ । देशका मेन्स्ट्रिमका पत्रिकाले बिना तथ्य र प्रमाण यसरि समाचार प्रकाशन गर्दा जनतामा भ्रम सृजना हुने विज्ञ बताउँछन् ।

यस अघि राष्ट्र बैङ्कले एनआइसी एसिया बैङ्कको ३०० भन्दा बढी फाइल जाँच गरीरहेपनि अहिलेसम्म कुनै खास कदम चालेको थिएन । राष्ट्र बैङ्ककै कर्मचारीहरू लाई मिलाएर एनआइसी एसिया बैङ्क अगाडी बढेको थियो । तर, बैङ्क व्यवस्थापन भित्र गम्भीर त्रुटि भेटिएपछि राष्ट्र बैङ्क आक्रामक बनेको थियो । राष्ट्र बैङ्कले पहिलो चरणमा बोर्डसँग बैठक गरेर बैङ्कमा देखिएको समस्याका बारेमा जानकारी दिएको हो। तर कारणवश राष्ट्र बैङ्क अहिले सम्म चुप नै छ ।

एनआइसी एसिया बैङ्कको अन्य मनोमानी

१. एनआइसी एसियाले नेपाल राष्ट्र बैंकको कर्जा सम्बन्धि निर्देशिकालाई उल्लङ्घन गर्दै दोहोरो ब्यालेन्स सिट बनाएर कर्जा प्रवाह गरेको पाइन्छ । सोही कारण राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागले सो बैङ्कमाथि निगरानी बढाई तीन सय भन्दा बढी फाइलहरूमाथि सुुक्ष्म अध्ययन थालनी समेत गरेको छ । एनआइसी बैङ्कले ओरेन्टलको धापासि हाइटको जग्गा मात्र नभई धेरै व्यक्ति तथा संस्थाको जग्गा पक्रिया पुरा नगरी हडपेको छ । एनआइसी एसिया बैङ्कमा व्यवस्थापकीय कमजोर भएको तथ्य सार्वजनिक भइसकेका छन् ।

२. स्विफ्ट ह्याक प्रकरणले निकै नै कमजोर बनेको एनआइसी एसिया पछिल्लो चरण अत्यधिक विज्ञापन र खराब कर्जाका कारण एकाएक पुनः चर्चामा आएको हो । बैङ्क भित्र कर्मचारीको शोषण देखि मिलेमतोमा धेरै सर्वसाधारणको सम्पत्ति कब्जा गरेको तथ्य समेत प्रकाशित भइसकेको छ ।

३. बैङ्कले ठगी गरी लिलामी गरेको प्रकरण मध्येमा ओरेन्टल सहकारीको धापासीको जग्गा पनि एक हो । यस बैङ्कले अनियन्त्रित डङ्गबाट पत्रपत्रिकादेखि अनलाइन मिडियासम्म विज्ञापन गराउने गरेको छ । यदि कुनै मिडियाले बैङ्कको नराम्रा कर्तुतहरू प्रकाशन वा प्रचारण गरेमा उक्त मिडियालाई मिलेमतोमा विज्ञापन समेत दिने गरेको छ ।

४. एनआइसि एसियाको डिल्ली बजार शाखाले निर्दोष ग्राहकलाई फसाएर जेल चलानसमेत गरेको पाइन्छ । बैङ्कले बन्द रहेको खातालाई खुल्ला गराई नियोजित रूपमा एक सम्पत्तिलाई २४ दिनसम्म कस्टडिमा बास गराएको छ ।

५. त्यस्तै पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजले निजी क्षेत्रको बैक एनआईसी एसियाको भक्तपुर चाँगुनारायणमा रहेको शाखामा धर्ना दिएको ठगिको विषयमा धर्ना बसेका थिए । उनीहरूले उक्त बैंक खातामा रहेको ४ करोड २६ लाख रकम विना कारण रोक्का गरिएको थियो। बैकले बिना कारण यसरी संस्थाको रकम रोक्का गरिदिएपछि कलेजको दैनिक कार्यसंचालनमा समेत अवरोध भएकाले उक्त कलेजका सञ्चालक समितिका सदस्य, शिक्षक र कर्मचारीहरूले एनआइसी एसिया विरुद्ध नारा बाजी समेत गरेका थिए ।

६. वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स एसोसिएसनले ब्याजदर नबढाउन गरेको प्रतिबद्धता तोडेको भन्दै सङ्घको बैठकले एनआईसी एसिया बैंकसँग तत्कालका लागि कुनै पनि कारोबार नगर्ने निर्णय गरेको थियो । एनआईसी एसिया बैङ्कका पछिल्ला गतिविधिले बैङ्किङ क्षेत्रमा सिस्टमेटिक रिस्क ल्याउने देखेकाले तत्कालका लागि इन्टर बैङ्क ट्रान्ज्याक्सन बन्द गर्ने निर्णय सङ्घले गरेको थियो ।

७. एनआईसी एसिया बैङ्कले मोहम्मद नियाज अहमद अलि साई ‘बरकत’को करोडौँ सम्पत्ति खालि कागजमा औँठा छाप लगाएर कब्जा गरेको थियो ।

एनआईसीले सर्बसाधारणलाई दिएको दु:ख

निकै समयदेखि एन आई सी एसिया बैङ्कले ग्राहकलाई ठगी गर्ने गरेको र दुःख दिने गरेको पाइएको छ । अझ बैङ्कबाट ऋण लिएका मानिसहरू सबैभन्दा बढी मारमा परेको पाइन्छ । एनआईसी एसियाले ऋण चुक्ता गरेर धितो फुकुवा नगरिदिने, ऋण चुक्ता गर्छु भन्दा नपाउने, ब्याजमा भनी लिइएको कर्जा पछि बढाएर धेरै बनाइदिने, ब्याजको लोभमा वित्तीय अपराध बढाउने जस्ता कार्यहरू अप्रत्यक्ष रूपमा भइरहेको छन् ।

जस्तो १५ वर्षका लागि दिएको ऋणको १ महिनाको किस्ता तिर्ने नसकेको कारणले ऋण दिएको ४ महिनामै लिलामी पक्रिया सुरु गरेर सस्तो मूल्यमा बेचिएको कुरा बारम्बार मिडियाहरूमा प्रकाशित प्रचारण भइसकेको छ भने पाँच महिनामा २ पटक धितोको फरक फरक मूल्याङ्कन गरी धितो लिलाम गर्नुलाई राष्ट्र बैङ्कले पनि बैङ्किङ कसुरका रूपमा लिएको भए पनि अहिलेसम्म एन.आइ.सी विरुद्ध ठोस कदम चालिएको छैन । gnnnepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘चिरभोग गर्दै आएको जग्गा नगरपालिकाले हडप्न खोज्यो’
  • २०७७ मंसिर ११, बिहीबार १२:५०
  • In "देश"
  • बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा ट्रान्सफर भयो ३० अर्ब बढी रुपैयाँ ! हेर्नुहोस
  • २०७७ मंसिर ११, बिहीबार १२:५०
  • In "अन्तराष्ट्रिय"
  • कहाँ हरायो १ करोड खर्च गरिएको लुम्बिनी प्रदेशको थ्रिडी टुर गाइड?
  • २०७७ मंसिर ११, बिहीबार १२:५०
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

 शान्ति प्रक्रियाको नेतृत्व, स्वामित्व र नियन्त्रण अफगानिस्ताले नै गर्नुपर्छ : भारत 

पाकिस्तानी इन्टरनेशनल एयरलाइन्सका ७ हजार कर्मचारीलाई बिदा गरिने

सिरहामा एक मुस्लिम महिलाको शंकास्पद मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version