• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फिरौतिको नाटक गरी योजनाबद्ध हत्या


फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

सिरहा । यहाँको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन्। यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो।

अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको शङ्का १७ वर्षीय पंकज सिंहतर्फ मोडियो। पंकज अभिषेकका काका पर्ने नातेदार हुन्।

प्रहरीका अनुसार अभिषेकले ट्याक्टर चलाउन नदिएको रिसमा पंकजले योजनाबद्ध रूपमा हत्या गरेका हुन्। ७ गते नै पक्राउ परेका पंकजले प्रहरीलाई दिएको बयानमा अभिषेकलाई ‘खेल्न जाउँ’ भनेर घरबाट लगेका थिए। पहिले खेतमा खाल्डो खनी ड्रम राखिसकेका उनले गम्छाले बाँधेर अभिषेकको घाँटी थिचेर हत्या गरेका थिए। प्रारम्भमा शव ड्रममा राखी खाल्डोमा पुरेर माथिबाट माटोले ढाकिएको थियो।

हत्या पश्चात पनि पंकजले आफन्तसँग खोजी अभियानमा संलग्न बनेको अभिनय गरेका थिए। असोज ६ गते बिहान उनले अभिषेककी आमा रेखादेवी सिंहको मोबाइलमा इमोमार्फत पाँच करोड फिरौति माग गर्दै हिन्दी भाषामा धम्कीपूर्ण सन्देश पठाएका थिए।

सन्देशमा उल्लेख थियो, ‘पैसा नदिए मारिदिन्छौँ, प्रहरीले थाहा पाए पनि लास फाल्नेछौँ।‘ यसबाट घटनालाई सीमापार (बिहारतर्फ) बाट आएको जस्तो देखाउने प्रयास गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

घटनाको राति भारी वर्षा भएपछि ड्रम देखिन थाल्यो र पंकज फेरि घटनास्थल गए। त्यसपछि शव निकालेर आँप बगैँचामा फ्यालेको र ड्रमलाई नजिकैको पोखरीमा डुबाएको बयान उनले प्रहरीसमक्ष दिएका छन्।

घटनामा प्रयोग भएको गम्छा विद्यालय प्राङ्गणबाट, मृतकको मोबाइल र सिम पोखरी किनारबाट र ड्रम पोखरीभित्रबाट प्रहरीले बरामद गरेको छ। साथै, फिरौति सन्देश पठाउन प्रयोग गरिएको मोबाइल पंकजकै रहेको पुष्टि भएको छ। उक्त मोबाइल दाउरा राख्ने घरभित्र फेला परेको छ।

अभिषेक परिवारका एक्ला छोरा थिए। उनका पिता सञ्जय सिंहको करिब १० वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो। अभिषेककै नाममा चार बिघा पुख्र्यौली जमिन रहेको हुँदा सम्पत्ति हत्याउने नियतले अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने, ‘पंकजले घटना आफू एक्लैले गरेको भनेका छन् तर ड्रममा शव लुकाउनेदेखि निकालेर फाल्नेसम्मको प्रक्रिया हेर्दा अरुको पनि संलग्नता हुनसक्छ।‘

घटनाको गम्भीरताका कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत अनुसन्धानमा खटिएको छ। नाबालक पंकजलाई मोहरा बनाइ अरू कसैले योजनाबद्ध ढङ्गले हत्या गराएको हुनसक्ने कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक शर्माले भने, ‘दोषी पत्ता लागिसकेको छ। धेरै प्रमाण जुटिसकेका छन्। केही निष्कर्ष आउन बाँकी छ, निष्कर्षमा पुगेपछि सार्वजनिक गर्छौँ।‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अभिषेक हत्या प्रकरणः दियादी सम्पति कब्जा गर्न काकाले नै गरे हत्या, एक्सनमा प्रहरी
  • २०८२ आश्विन ९, बिहीबार २३:२१
  • In "BannerNews"
  • सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला
  • २०८२ आश्विन ९, बिहीबार २३:२१
  • In "BannerNews"
  • बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या
  • २०८२ आश्विन ९, बिहीबार २३:२१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

जनकपुरधाममा दशैंको रौनक

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version