No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अभिषेक हत्या प्रकरणः दियादी सम्पति कब्जा गर्न काकाले नै गरे हत्या, एक्सनमा प्रहरी

अभिषेक हत्या प्रकरणः दियादी सम्पति कब्जा गर्न काकाले नै गरे हत्या, एक्सनमा प्रहरी

सिरहा । सिरहा गोलबजार–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको हत्या आफ्नै दियाद पर्ने काकाले सम्पतिको लागि गरेको आशंका गरिएको छ ।

प्रहरीले यो हत्यालाई योजनाबद्ध अपराध हुनसक्ने संकेत प्रहरीले पाएको छ । परिवारको एक्लो छोरा र करिब चार बिघा पुर्ख्यौली जमिनका उत्तराधिकारी भएकाले सम्पत्ति कब्जा गर्ने उद्देश्यले आफन्त नै संलग्न भएको हुनसक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० समेत खटाइएको छ ।

गत ५ असोजदेखि बेपत्ता रहेका अभिषेक यही ७ असोज बिहान घरनजिकैको आँपबगैँचामा मृत अवस्थामा भेटिएपछि गाउँ शोक र सनसनीमा डुब्यो । उनका पिता करिब १० वर्षअघि दुर्घटनामा ज्यान गुमाइसकेका थिए, आमा रेखादेवीसँगै उनी खेतीपाती गर्थे ।

नाताले काका पर्ने १७ वर्षीय पंकज सिंहलाई प्रहरीले मुख्य आरोपीका रूपमा नियन्त्रणमा लिएको छ । प्रारम्भिक बयानअनुसार उनले अभिषेकलाई खेल्न जाऔँ भन्दै खेततर्फ लगेर गम्छाले हात बाँधेर घाँटी थिचेर हत्या गरेपछि शव तयार राखिएको प्लास्टिकको ड्रममा हालेर माटोले ढाकेको स्वीकार गरेका छन् ।

हत्या गरिसकेपछि पंकज आफन्तसँगै खोजतलासमा सहभागी भएको अभिनय गर्दै हिंड्न थाले । ६ असोज बिहान अभिषेककी आमालाई इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग्दै हिन्दीमा धम्कीपूर्ण सन्देश पठाएर घटनालाई सीमापार अपराधजस्तो देखाउने प्रयास भएको प्रहरीले दाबी गरेको छ । सो सन्देश पठाउन प्रयोग भएको मोबाइल पंकजकै घरभित्रबाट बरामद भएको छ ।

प्रहरीले घटनास्थल वरिपरिबाट गम्छा, ड्रम, मृतक र पंकज दुवैको मोबाइल बरामद गरेको छ । तालिमप्राप्त कुकुर ९डग टोली० समेत प्रयोग गरिएको छ । कुकुर सुँघ्दै मृतककै हजुरबुबाको आँगनसम्म पुग्दा अनुसन्धान अझ गहिरिएको प्रहरी स्रोत बताउँछ ।

हत्या भएको रात भारी वर्षाले माटो बगाएपछि ड्रम देखिन थालेको र त्यसपछि पंकजले शव निकालेर आँपबगैँचामा फ्यालेर ड्रम पोखरीमा डुबाएको बयान दिएका छन् ।

पंकज उमेरले नाबालक, तर योजनाबद्ध अपराध । शव लुकाउने, फेरि निकालेर फ्याल्ने काम उनले एक्लैले गरे कि रु मृतक परिवारले प्रश्न उठाइरहेका छन् । करिब चार बिघा जमिनका उत्तराधिकारी अभिषेकको हत्या केवल “ट्याक्टर चलाउन सिकाउन नमानेको” कारणले सम्भव छ कि सम्पत्तिको लोभमा अन्य आफन्तले पनि योजना बुनेका हुन् रु भन्ने प्रश्नमा प्रहरीले अनुसन्धान तीव्र पारेका छन् ।

अनुसन्धान अधिकारीहरू भन्छन्, “प्रमाण बलिया छन्, पंकजको संलग्नता स्पष्ट छ, तर घटनामा अन्य संलग्नता छैन भन्न अहिल्यै निष्कर्षमा पुग्न सकिँदैन ।”

यसै कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति, पारिवारिक मनमुटाव र पंकजले मात्र दोष लिने रणनीतिजस्ता कोणबाट गहिरो छानबिन अघि बढाएको छ ।

अहिले अभिषेककी आमा शोकमा अचेतजस्तै छिन्, गाउँमै भय र अविश्वासको माहोल छ । कानुनी प्रक्रियाबाट सत्यतथ्य सार्वजनिक हुने प्रतीक्षामा स्थानीयबासी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

Next Post
बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी : लव जिहाद

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी : लव जिहाद

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री अर्याल

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री अर्याल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

सुधन गुरुङ : न रोक्न सजिलो, न बोक्न हलुंगो

सुधन गुरुङ : न रोक्न सजिलो, न बोक्न हलुंगो

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .