No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानको पञ्जाबमा भिषण बाढी, साढे १४ लाख मानिस प्रभावित

पाकिस्तानको पञ्जाबमा भिषण बाढी, साढे १४ लाख मानिस प्रभावित

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तले दशकमै सबैभन्दा भीषण बाढीको सामना गरिरहेको छ। जसले गर्दा १४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। पाकिस्तानी पत्रिका डनलाइ उदृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईले भारी मनसुनी वर्षाले पाकिस्तानमा निरन्तर क्षति पु¥याइरहेको जनाएको छ।

पाकिस्तानको कसुर जिल्लाको गण्डासिंह हेडवक्र्समा शुक्रबार पानीको बहाव ३ लाख ८५ हजार क्युसेक नाघेर ‘अत्यन्तै उच्च’ स्तरमा पुगेको छ।

जुन पछिल्लो ३० वर्ष यताकै सबैभन्दा ठुलो बाढी हो। चुनियाँ तहसील भनिने स्थानका नौ वटा गाउँलाई बाढीले मुख्य सडकसँग सम्पर्कविहीन बनाएका छन् भने सेना र प्रहरीले स्थानीयवासीलाई सुरक्षित स्थलमा सार्ने कार्य थालेका छन्।

पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का महानिर्देशक इरफान अली काठियाले कसुर शहरलाई जोगाउन रहिमयार तटबन्ध जानाजानी फोडिएको पुष्टि गरेका छन्। यसैबीच, रावी नदीमा पनि पानीको बहाव स्तरमा पुग्दै दर्जनौं गाउँ बस्तीहरु जोखिममा परेका छन्।

बाहावलपुर र मुल्तानका उपनगर र ग्रामीण बस्तीहरू पनि गम्भीर खतरा अन्तर्गत रहेका छन्। सतलज र चेनाब नदीको पानी सतह बढ्दै गएपछि बाहावलपुर नजिकै सतलजको किनारदेखि दुईदेखि तीन किलोमिटरभित्रका बस्ती डुबानमा पर्ने आशंका गरिएको छ।

सरकारले दशकमै सबैभन्दा ठूलो उद्धार तथा विस्थापन अभियान सुरु गरेको छ। हेड त्रिम्मु नजिक चेनाब नदीको सतह अझै बढ्ने अनुमान गरिएको छ। यसबीच, १ हजार ४ सय भन्दा बढी गाउँहरू तटबन्ध फोडिएका कारण डुबानमा परिसकेका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले आगामी सेप्टेम्बरको सुरुवातसम्म पनि वर्षा जारी रहने सम्भावना भएकाले थप बाढी, पहिरो र बाली नष्ट हुने जोखिम बढ्ने चेतावनी दिएको छ।

पाकिस्तान मनसुनी बाढीको दीर्घकालीन जोखिममा रहने देश हो। सन् २०२२ मा आएको विनाशकारी बाढीले १ हजार ७ सय भन्दा बढी मानिसको ज्यान लिएको थियो भने लाखौँलाई विस्थापित गरेको थियो। उक्त बाढीले पाकिस्तानमा करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पु¥याएको थियो।(एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post
चीनमा साहसिक र रोमान्चक खेल पर्यटनमा आकर्षण

चीनमा साहसिक र रोमान्चक खेल पर्यटनमा आकर्षण

जनकपुरको शांति र सदभावमाथि सरकारको नियोजित हमला :निर्दोष हिन्दू नेताको ग्रिफ्तारीको घोर निंदा

जनकपुरको शांति र सदभावमाथि सरकारको नियोजित हमला :निर्दोष हिन्दू नेताको ग्रिफ्तारीको घोर निंदा

चल्न छाड्यो फेसबुक

चल्न छाड्यो फेसबुक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .