• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन


सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

महेश सिंह,सिरहा-सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थित गुप्ता टावरमा अत्याधुनिक सुविधासहितको ‘बी एण्ड बी डेन्टल प्लस मल्टिस्पेसियालिटी डेन्टल क्लिनिक प्रालि’ संचालनमा आएको छ। शुक्रबार एक विशेष समारोहबीच मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले क्लिनिकको उद्घाटन गर्नुभएको हो।
क्लिनिक सञ्चालक समितिका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री सिंहले बोल्दै सरकारी स्तरकै शुल्कमा निजी क्षेत्रबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “प्रदेश सरकारले सेवा प्रवाहका हरेक निकायसँग सहकार्य गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनताको पहुँचमा पु¥याउन चाहन्छ।”
कार्यक्रममा पूर्वमन्त्री पद्मनारायण चौधरी, प्रदेशसभा सदस्य राजेन्द्र चौधरी, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो, पूर्व नगरप्रमुख मुनि साह, जसपा नेता विजय यादव, कांग्रेस नेता फुलेश्वर महतो, मुकेश महतो, रेडक्रस लहानका मनिष यादव प्रदीप, समाजसेवी राकेश झा, डा. रितेश गिरी, पञ्चाङ्ग आयुर्वेद केन्द्रका डा. मिथिलेश सिंह लगायतको उपस्थिति थियो।
उक्त अवसरमा मन्त्री सिंहले लहानस्थित रामप्रसाद–उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका लागि दुई वटा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार करिब १९ करोड रुपैयाँको लागतमा उपकरण खरिद प्रक्रिया अगाडि बढिसकेको छ। “अब सिटी स्क्यान गर्न विराटनगर वा जनकपुर जानुपर्ने बाध्यता हट्नेछ,” मन्त्री सिंहले बताए।
साथै, आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको समेत मन्त्री सिंहले जानकारी गराउनुभयो।
‘सस्तोमा स्तरीय सेवा’ भन्ने नारासहित सुरु गरिएको बी एण्ड बी डेन्टल प्लस क्लिनिकमा दक्ष दन्त चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्दै आएका छन्।
क्लिनिकमा निम्न विशेषज्ञ चिकित्सकहरूको सेवा उपलब्ध छ,डा. अनील कुमार साह (NMC नं. 13965) – ओर्थोडोन्टिस्ट तथा ओराफेसियल ओर्थोपेडिक्स,डा. अवदेश यादव (NMC नं. 13163, BMDC नं. 4768) – ओरल एन्ड म्याक्सिलोफेसियल सर्जन
डा. बिनिता गुप्ता (NMC नं. 25439) – सिनियर डेन्टल सर्जन,उपलब्ध सेवाहरूमा सामान्य तथा जटिल दन्त उपचार, हिल्ने दाँतको तारद्वारा उपचार, कृत्रिम दाँत राख्ने सेवा, रुट क्यानाल, बालबालिकाका लागि विशेष सेवा, र मुख तथा दाँतसम्बन्धी सर्जरी सेवा छन्।
क्लिनिकका संरक्षक कन्हैया प्रसाद गुप्ताले क्लिनिकले सरकारी अस्पतालसरहको शुल्कमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै, “स्थानीय स्तरमै गुणस्तरीय सेवा दिने हाम्रो उद्देश्य हो,” भन्नुभयो। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ लहान फुलवारीका पूर्वअध्यक्ष शंकर प्रसाद गुप्ताले गर्नुभएको थियो। स्थानीयस्तरमै अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिसहित सेवा प्रदान गर्न थालेपछि बी एण्ड बी डेन्टल प्लस क्लिनिक लहान,सिरहा, सप्तरी र धनुषाका सेवाग्राहीका लागि दन्त उपचारको भरोसायोग्य गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा
  • २०८२ असार २२, आईतवार ०७:०८
  • In "BannerNews"
  • विश्वसनीय सेवा प्रति सरकार गम्भिर रहने : मन्त्री सिंह
  • २०८२ असार २२, आईतवार ०७:०८
  • In "बागमती प्रदेश"
  • सामाजिक उत्तरदायित्वअन्तर्गत जेसिजद्वारा बृहत स्वास्थ्य शिविर
  • २०८२ असार २२, आईतवार ०७:०८
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण

सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version