• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ नेता तथा सर्वसाधारण सडकमा


थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ नेता तथा सर्वसाधारण सडकमा

बैंकक। थाइल्याण्डको राजधानी बैंककमा शनिबार हजारौंको सङ्ख्यामा सरकार विरोधी प्रदर्शनकारीहरुले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामाको माग गर्दै पदर्शन गरेका छन्।

कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेकी थिइन्। टेलिफोनवार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अङ्कल’ भनेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको विषयले प्रधानमन्त्रीविरूद्ध आक्रोश छाएको छ।

लामो समय सत्तामा रहेको एउटा वंशको प्रतिनिधित्व गर्दै ३८ वर्षीय प्रधानमन्त्रीले कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्याण्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै पेटोङटार्नको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिन पहिले सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो।

शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएको थाइल्याण्डको झण्डा र प्लेकार्ड फहराउँदै सडक जाम गरेका थिए।

प्रदर्शनमा सहभागी एक नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्रीज्यू, तपाईंले देशद्रोह गर्नुभयो।’

प्रदर्शनमा प्रायः वृद्ध वृद्धहरू थिए र ‘पहेलो शर्ट’ आन्दोलनका अनुभवी कार्यकर्ताहरूले नेतृत्व गरेका थिए। उक्त समूहले सन् २००० को दशकमा पेटोङ्टार्नका पिता थाक्सिन सिनावात्रालाई हटाउन मद्दत गरेको थियो।

थाक्सिनका पूर्व सहयोगी तर अहिले उनका कठोर आलोचकहरूमध्ये एक नेता आन्दोलनको एक प्रमुख आयोजक रहेका थिए। ‘म यहाँ थाइल्याण्डको सार्वभौमिकताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य हुनुहुन्छ भन्नका लागि आएको हुँ,’ ७० वर्षीय प्रदर्शनकारी सेरी सावाङमुएले भनिन्।

उनले एएफपीसँगको कुराकानीमा भनिन्, ‘जब मैले गोप्यरूपमा बाहिरिएको कल सुनेँ तब मलाई थाहा भयो कि म उहाँलाई विश्वास गर्न सक्दिनँ।’

उनले सार्वजनिक भएको टेलिफोन कलको संवादलाई संकेत गर्दै थपिन्, ‘म धेरै राजनीतिक संकटहरूबाट गुज्रेको छु र मलाई थाहा छ कि यो देश कतातिर जाँदैछ। प्रधानमन्त्री हाम्रो सार्वभौमिकता त्याग्न तयार देखिनुहुन्छ।’

थाइल्याण्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने कटु विरोध गर्ने ‘पहेँलो शर्ट’ र थाक्सिन–समर्थित ‘रेड शर्ट’ बीच दशकौँदेखि संघर्ष रहँदै आएको छ।यसलाई उनीहरूका विरोधीहरूले परम्परागत सामाजिक व्यवस्थाको लागि खतरा मानेका छन्।

अर्का एक पदर्शनकारी ६४ वर्षीया जमनोङ कलानाले आफू कुनै समय ’रातो सर्ट’ समूहको भएको तर आफ्नो रङ परिवर्तन गरेको र फेउ थाइ पार्टीका नेता पेतोङ्टार्नको राजीनामा माग गरेको बताइन्।

उनले भनिन्, ‘देशलाई माया नगर्ने थाइ साथीलाई देख्दा मलाई पीडा हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार आज
  • २०८२ असार १४, शनिबार २३:१२
  • In "BannerNews"
  • प्रधानमन्त्री ओली पुगे थाइल्याण्ड, उपप्रधानमन्त्रीले गरे स्वागत
  • २०८२ असार १४, शनिबार २३:१२
  • In "BannerNews"
  • थाइल्याण्डको संवैधानिक अदालतले पाटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटायो
  • २०८२ असार १४, शनिबार २३:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version