काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई कांग्रेस नेता धनराज गुरुङ्गले पाठ सिकाएका छन् ।
सत्तारुढ नेकपाको विवाद मिलाउन यान्छीले खेलेको भूमिकाप्रति प्रश्न उठाउँदै नेता गुरुङ्गले कुटनीतिक मर्यादा नबिर्सिन चिनियाँ राजदूत यान्छीलाई आग्रह गरेका छन् ।
‘नेपाली राजनीतिमा बिदेशी हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य हुँदैन। कुनै पनि पार्टीको आन्तरिक बिबाद पार्टीको विधि, बिधानबाटै टुंगो लगाउने हो। बिदेशी राजदूतको अनावश्यक चुरिफुरीले देशको सार्बभौमसत्ता र स्वाधीनतामाथि हस्तक्षेप गर्दछ’, सामाजिक सञ्जाल ट्टिरमार्फत गुरुङ्गले भनेका छन्, ‘यान्छी जी ! कुटनैतिक मर्यादा नबिर्सनुहोस्।’
सत्तारुढ नेकपाभित्र विवाद चर्किँदै जाँदा चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी छन् । उनले विवाद मिलाउन यसअघि झैं भेटघाट र छलफल बढाएकी छन् । मंगलबार राति मात्रै यान्छीले नेकपा विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्दै विवाद मिलाउन दबाब दिएकी छन् ।