• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कुटनीतिको राम नाम सत्य, चिनियाँ दूतावासबाट काङ्ग्रेसलाई ठाडो पत्र


कुटनीतिको राम नाम सत्य, चिनियाँ दूतावासबाट काङ्ग्रेसलाई ठाडो पत्र

काठमाडौं । पछिल्लो सयम चीनको मुख पत्र ग्लोबल टाइम्स पत्रिका र नेपाल स्थित रहेको चिनियाँ दूतावासले नेपाली काँग्रेसलाई बदनाम गर्ने कोशिस गरिहेको छ। जसको नेपाली काँग्रेसले खण्डन गर्दै घोर आपत्ति जनाएको छ। सोही क्रममा नेपाली कांग्रेसले चीनसँगको सीमा विवाद समाधानका लागि कार्यदल बनाउन माग समेत गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले चिनियाँ सरकारको ‘प्रतिनिधित्व गर्ने’ ग्लोबल टाइम्सले कांग्रसमाथि लगाएको आरोपप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सीमा समस्या समाधानका लागि दुई देश बीच कार्यदल गठन गर्न माग गरेको हो ।

कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ नेपाली कांग्रेस दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाइ, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्यांक र जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गर्दछ ।’
कांग्रेसले चिनियाँ सरकारको ‘मुखपत्र’ ग्लोबल टाइम्सले लेखेको लेखप्रति गम्भिर ध्यनाकर्षण भएको जनाएको हो।

उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमण गरेकोबारे कांग्रेसले अफवाह फैलाएको आरोप समेत लगाइएको थियो ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ ।’

 

नेपालस्थित चिनिया दूतावासले नोभेम्वर १३ मा नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा केन्द्रीय सदस्य शाहीले सार्वजनिक गरेको प्रतिवेदनलाई आधारहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैत्रीपूर्ण उल्लेख गरेको भन्दै त्यसप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन नसक्ने भन्दै कांग्रेसले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको कडा प्रतिकार गर्ने स्पष्ट पारेको छ ।

कांग्रेसले केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीले स्थलगत अवलोकन गरी हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ग्लोबल टाइम्सले लेखेकाे समाचार खण्डन गर्दै कांग्रेसले दियाे चीनलाई खुला चुनाैती
  • २०७७ कार्तिक २८, शुक्रबार २१:३५
  • In "देश"
  • चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी
  • २०७७ कार्तिक २८, शुक्रबार २१:३५
  • In "BannerNews"
  • चीनले नेपाली भुभाग अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेकोलाई खाली गराई नेपाली भु भाग फिर्ता गराउन एकता अभियानद्धारा राष्ट्रसंघको कार्यालयलाई ज्ञापनपत्र दिए
  • २०७७ कार्तिक २८, शुक्रबार २१:३५
  • In "मुख्य समाचार"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चिनियाँ लगानीमा झापाको पार्कमा बनाउदा यसरी फस्छ नेपाल

दाद राेग पहिचानको तरिका, यसबाट बच्न के गर्ने ?

पार्टनरको मात्रै होइन अन्य व्यक्तिको वीर्यमा पनि आकर्षित हुन्छन् महिलाका अण्डा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version