लहान, सिराहा — नेपाल नेत्र ज्योति संघ अन्तर्गत सामुदायिक स्तरबाट संचालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानको कान विभागमा कार्यरत सीमा मेहता स्वास्थ्यकर्मीलाई कार्यस्थलमा नै लामो समयदेखि मानसिक यातना दिइएको आरोपमा प्रहरीले मुद्दा दर्ता गरि अनुसन्धान थालेको छ। घटनाको शिकार भएकी महिला स्वास्थ्यकर्मी मिति २०८१/११/२२ गते कार्यस्थलमै बेहोस भएपछि यो प्रकरण सार्वजनिक भएको हो।
घटनाको विवरण
प्रारम्भिक अनुसन्धान अनुसार, अस्पतालको ऑडियोमेट्री सहायक पदमा कार्यरत रहेकी मेहताले कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसात्मक दुर्व्यवहार, अपमानजनक व्यवहार र धम्की दिई आएको आरोप छ। उनी बेहोस भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, लहानको आकस्मिक कक्षमा उपचार गरि चिकित्सकको सुझाव अनुसार थप उपचारको लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगंज काठमाडौँ लगिएको र मनोचिकित्सकको परामर्शमा औषधि उपचार चलिरहेको छ।
प्रहरीको अनुसन्धान र मुद्दा दर्ता
इलाका प्रहरी कार्यालय, लहानले यस प्रकरणमा मिति २०८१/१२/१३ गते “अभद्र व्यवहार” को मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ। आरोपी डा. विजय चौधरी र अभिषेक रोशनलाई छिटै कानुनी दायरामा ल्याई अनुसन्धान गर्न गम्भीर रहेको जानकारी गराएका छन् तर, आरोपी व्यक्तिहरु घटनापछि नै फरार भएका छन्। पीडितका अनुसार, आरोपीहरु उच्च पहुच र राजनीतिक संरक्षण का कारण प्रहरी प्रशासनले पक्राउ गर्न न चाहेको हो तर न्याय पाउनेमा आशावादी रहेको जानकारी गराएका छन् |
महिला अधिकार संस्थाहरुको प्रतिक्रिया
यस घटनाले स्थानीय महिला अधिकार संगठनहरुको ध्यान आकर्षण गरेको छ। विभिन्न महिला तथा मानवाधिकार संस्थाहरुले घटनाको सत्यताको छानबिन गरी दोषीहरु विरुद्ध कडा कारबाहीको माग गरेका छन्। यसैबीच, राष्ट्रिय महिला आयोगले पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, सिरहालाई पत्र-लेखि सिफारिस गरेको छ।
पीडितको अवस्था र अस्पतालको प्रतिक्रिया
पीडित महिला स्वास्थ्यकर्मी हाल मनोचिकित्सकको निगरानीमा उपचार तथा परामर्शमा रहेकी छिन्। पीडितका अनुसार, उनी आफ्नो कार्यस्थलमा महिला र सानो कर्मचारी भएकोले उनको समस्यालाई गम्भीरतापूर्वक लिइएन। उनले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, सिराहा सम्पर्क गरे पनि उचित सुनुवाई तथा गम्भीरता नलिईइको बताएकी छिन्।
यस सम्बन्धमा सगरमाथा चौधरी आँखा अस्पताल, लहानको सिफारिसमा घट्ना छानविन गर्न नेपाल नेत्र ज्योति संघ, सिरहाको सभापति सन्तोष चौधरीको संयोजकत्वमा ७ सदसीय छानविन समिति गठन गरे पनी रिपोर्ट सार्वजनिक गरेको छैन अस्पताल प्रशासनले घट्ना सम्बन्धमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ।