• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारलाई डा. महतोको सुझाव : बजेट ल्याउँदा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस्


सरकारलाई डा. महतोको सुझाव : बजेट ल्याउँदा ‘जसको हात, उसैको जगन्नाथ’ नहोस्

काठमाडौं। जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले लोकतन्त्र प्राप्त भएको झण्डै दुई दशक व्यतित हुँदापनि जनताले आधारभूत सुविधा पाउन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मुलुकमा लोकतन्त्र प्राप्त भएको १९ वर्ष बितिसक्यो, तर जनताले आधारभूत सुविधा पाउन नसक्दा लोकतन्त्रको प्रत्याभूति हुन सकेको छैन् । राज्यको सेवा प्रवाहमा सहजता नहुँदा जनताले सास्ती भोग्नु परेको छ । दलहरु सत्ता र शक्तिको संघर्षमा लाग्दा नागरिक संवैधानिक अधिकारबाट समेत बञ्चित हुनुपरेको छ । राजनीतिक अस्थिरता, सरकारी निकायबीचको समन्वय अभाव हुँदा जनता आफ्नो अधिकार उपयोग गर्नबाट बञ्चित छन् ।’

डा. महतोले आजबाट सुरु भएको संघीय संसद्को बर्खे अधिवेशन कामयावी बन्नुपर्ने र सदनमा प्रतिनिधित्व गर्ने सबै दलहरु बजेट निर्माणमा रचनात्मक रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘हामीले यो अधिवेशनमा अतिआवश्यक कानुनहरू बनाउनुपर्नेछ । शिक्षकहरु आज २४ दिनदेखि आन्दोलनरत छन् । लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलमा पारिएको छ । नयाँ शैक्षिक शत्र सुरु भैसकेको छ, तर शिक्षकहरु सडकमा उत्रिनुपरेको विडम्बनापूर्ण अवस्थामा हामी छौं । यो अधिवेशनमा ऐन निर्माणलाई पनि उच्च प्राथमिकतामा राखिनुपर्ने कुरा शिक्षकहरुको आन्दोलनले पनि प्रतिविम्बित गरिसकेको छ । निजामती कर्मचारीहरु आन्दोलनमा आउन वार्म–अप गरिरहेको खबर छन् । यसप्रति सरकार संवेदनशील बनोस । निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू मागप्रति पनि सरकार गम्भीर बन्नुपर्छ । संघीय शिक्षा र निजामती सेवासम्बन्धी विद्येयक छिटो पारित गराउनुपर्छ । यससँगै संघीय सदनमा सरकारी र गैरसरकारी गरी विचाराधिन ३२ वटा विधेयक छिटो टुँगो लगाउन सकियोस भन्ने अपेक्षा राखेको छु ।’

महतोले सरकार बजेट विकासमुखी बनाउन सरकारलाई सुझाव दिएका छन् । उनले भने,‘लोकप्रियभन्दापनि व्यवहारिक बजेट आउनु आजको आवश्यकत्ता हो । नेपालमा बजेट कहिल्यैपनि नराम्रो आएकै छैन्, तर कार्यान्वयन पक्ष निराशजनक छ । पुँजीगत खर्चको दायित्व बढाउनुपर्छ । आजसम्मको व्यवहारले के पुष्टि गरेको छ भने अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ । पुँजीगत खर्च सबै मन्त्रालयको दायित्व बन्नुपर्छ । बजेट उत्पानमुखी हुनुपर्छ ।’

बजेट कार्यान्वयनको सवालमा सरकारले नियामक निकायलाई प्रतिस्पर्धी बनाउनपर्ने महतोको सुझाव छ । उनले बजेटमार्फत करको दर नभई दायरा बढाउनेतर्फ ध्यान दिनपनि भनेका छन् । उनले भने,‘अहिलेसम्म बजेट वितरणमुखी बन्दै आएको छ, यसपटक त्यो गल्ती नदोहोरियोस । बैंक तथा वित्तिय संस्थाको व्यवसायलाई पनि सहायता हुनेगरि विकास खर्च गर्नेखालको बजेट आउनुपर्छ । नेपालको अर्थतन्त्र यसैपनि अहिले संकुचित छ, यसलाई चलायमान बनाउन सक्नुपर्छ । सरकारले पुँजीगत खर्च बढाउने योजना तर्जुमा गरोस । स्रोत सुनिश्चितता नगरी बजेट ल्याउँदा समस्या उत्पन्न भैराखेको छ । आर्थिक संकुचनको अवस्थालाई ध्यानमा राखी बजेट आउँदा नै प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने विश्वास व्यक्त गर्न चाहन्छु । मुलुकमा बेरोजगारी बढ्दो छ, युवा पलायन रोकिएको छैन् ।’

महतोले यसवर्ष बजेटले रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताए । कृषिमा आधारित ठूलो जनशक्तिलाई लाभ हुनेगरि बजेट ल्याउन र शक्तिको आधारमा बजेटको दुरूपयोग नहोस भन्ने पनि महतोको आग्रह छ । उनले भने,‘‘जसको हात, उसैको जगन्नाथ’ नहोस । राजश्व संकलनको लक्ष्य भेटाउन सकिएको छैन् । त्यसतर्फ सरकारले ध्यान दिओस ।’

उनले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि पनि सरकारले नीतिगत हस्तक्षेप बढाउनुपर्ने सुझाव दिएका छन् । साथै, पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनलाई महत्व दिनपनि उनको आग्रह छ । उनले भने,‘वर्तमान विश्व अर्थतन्त्रमा देखिएको अनिश्चिततामाझ विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । सन् २०२४ को अन्त्यतिर देशभर आएको भीषण बाढीपहिरोलगायतका प्रकोपले पूर्वाधारमा क्षति पु¥याएकोले वृद्धिमा दबाब परेको वल्र्ड बैंकको प्रक्षेपणमा उल्लेख छ । सन् २०२६ मा भने वृद्धिदर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि नीतिगत हस्तक्षेप बढाउनैपर्छ । हालै अर्थविद् रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । त्यसप्रति पनि सरकारको ध्यान जाओस ।’

सो क्रममा उनले भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको पनि निन्दा गरेका छन् । ‘भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी हमलामा परी ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’–उनले भने,‘म त्यस आतंकवादी हमलामा परी ज्यान गुमाएका ती सबै निर्दोष नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घट्नाप्रति गहिरो दुःख व्यक्त गर्दछु । निरपराध मानिसहरूलाई लक्षित गर्दै गरिने यस्ता आतंकवादी क्रियाकलाप अत्यन्तै निन्दनीय छन् । नेपाल र नेपाली जनता आतंकवादविरुद्ध भारत सरकार र भारतीय जनताको साथमा रहेको जानकारी गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस, प्रदेश सरकारको अकर्मण्यताविरुद्ध तीव्र विरोध
  • २०८२ बैशाख १२, शुक्रबार २२:३१
  • In "BannerNews"
  • नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसके : राजकिशोर यादव
  • २०८२ बैशाख १२, शुक्रबार २२:३१
  • In "मधेश प्रदेश"
  • राउतले दिए मुख्यमन्त्री घेर्ने र प्रदेश सरकार हटाउने चेतावनी
  • २०८२ बैशाख १२, शुक्रबार २२:३१
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

मतदानपछि भारत फर्किन थाले मतदाता

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

Next Post

सिरहामा सर्रे खोलामा पुल निर्माणको आशा : डिपीआर हस्तान्तरण सुरुवाती प्रक्रिया

युवा समाजसेवीको पुल निर्माणमा पहल र केन्द्र सरकारसम्म पुग्दो आवाज

कृषिमा लगानी उच्च, आम्दानी न्यून: किसानको गुनासो र समाधानको खोजी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

मतदानपछि भारत फर्किन थाले मतदाता

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

अमेरिकी प्रतिवेदन: यस समयमा इरानी सरकार ढल्ने सम्भावना छैन

आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

साउदीमा खसालियो १८ वटा ड्रोन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version