No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भुटानले अमेरिकालाई झुक्यायो, डिपोर्ट गरेर भुटान पठाइएका व्यक्ति नेपालबाट पक्राउ

भुटानले अमेरिकालाई झुक्यायो, डिपोर्ट गरेर भुटान पठाइएका व्यक्ति नेपालबाट पक्राउ

काठमाडौं । अमेरिकाको ट्रम्प प्रशासनले आपराधिक कार्यमा संलग्न भएको भन्दै डिपोर्ट गरेर भुटान पठाएका तीन जना भुटानी नागरिक नेपालबाट पक्राउ परेका छन् । यी तीनै जनालाई अमेरिकाले भुटानको थिम्पुस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो ।

दुई हप्ता पहिले अमेरिकाको ट्रम्प प्रशासनले केही देशहरुमाथि भिसामा प्रतिबन्ध लगाउने तयारी गरिरहेको जानकारी सार्वजनिक भएको थियो । यसमा अमेरिकाले केही देशलाई भिसामा पूर्ण प्रतिशन्ध लगाउने, केहीलाई आंशिक प्रतिशन्ध लगाउने र केही देशले तोकिएको समयमा मापदण्ड पूरा नगरे आंशिक प्रतिशन्ध लगाउने गरी तीन छुट्टाछुट्टै सूची बनाइएको थियो ।

भुटान तेस्रो सूची अर्थात अमेरिकाले तोकेको मापदण्ड तोकिएको समयभित्र पूरा नगरे प्रतिबन्धको सामना गर्नुपर्ने देशहरुको सूचीमा थियो । अमेरिकाले आफूलाई प्रतिबन्ध लाग्नसक्ने जोखिमपूर्ण सूचीमा राख्न खोजेपछि भुटान सरकारले अमेरिकालाई आफ्नो देशको नाम यो सूचीबाट हटाइदिन आग्रह गरेको थियो । यसका लागि अमेरिकाको शर्त मान्न भुटान तयार भयो । सोही अनुसार अमेरिकाले त्यहाँ आपराधिक कार्यमा संलग्न भुटानी नागरिकलाई डिपोर्ट गर्ने भयो ।

आफ्नो देशमा आपराधिक गतिविधिमा संलग्न भुटानी नागरिकलाई डिपोर्ट गर्ने अमेरिकाको शर्त मान्न भुटान तयार भयो । र, अमेरिकाले तीन जना भुटानी नागरिकहरु रोशन तामाङ, आशिष सुवेदी र सन्तोष दर्जीलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने गरी डिपोर्ट गरेर पठायो । ती तीनैजना नेपालीभाषी भुटानीहरु थिए । तर, यी व्यक्तिहरु भुटानमा अवतरण गरेपछि भने भुटान सरकारले चलाखी गर्दै उनीहरुलाई आफ्नो देशबाट पनि निकाल्यो ।

भुटानले उनीहरुलाई नेपालीभाषी भएको र नेपालको झापामा रहेको शरणार्थी शिविरका बासिन्दा रहेको भन्दै आफ्नो देशबाट निकालेर नेपाल पठाएको हो । भुटानले पहिले नेपालीभाषीलाई जसरी देशबाट निकालेको थियो अहिले डिपोर्ट गरिएका तीन जनालाई पनि त्यसैगरी निकालेको हो । भुटानले कैयौं वर्षअघि यसरी निकालेका नेपालीभाषीहरु ठूलो संख्यामा पूर्वी नेपालको शरणार्थी शिविरमा छन् । तीमध्ये केही अमेरिका सरकारको पुनर्वासको नीतिअनुसार अमेरिका गएर बसेका छन् ।

भुटानले अहिले देशनिकाला गरेका तीन जना पनि अवैध रुपमा नेपाल प्रवेश गरेपछि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । अमेरिकासँगको शर्तअनुसार उनीहरुलाई भुटानले आफ्नै देशमा स्वीकार गर्नुपर्ने थियो तर भुटानले अमेरिकालाई झुक्याउँदै उनीहरुलाई देशनिकाला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

Next Post
भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

एकतावद्ध भएर संघर्षमा जानुको विकल्प रहेन : उपेन्द्र यादव

लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै हो: अध्यक्ष यादव

पत्रकारिता : सत्यको बलिदान होइन, परिवर्तनको अभियान

पत्रकारिता : सत्यको बलिदान होइन, परिवर्तनको अभियान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .