• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अहिले सञ्चालन खर्च उठाउन धौधौ


अहिले सञ्चालन खर्च उठाउन धौधौ

काठमाडौँ : दसैँको समयमा काठमाडौंबाट दैनिक ९० वटा गाडी नुवाकोटका लागि छुट्ने गर्दथे । अहिले मुस्किलले छ वटा गाडी नुवाकोटका लागि छुट्ने गरेका छन् । बिहीबारमात्रै नुवाकोट जानको लागि छ जना यात्रु बोकेर गाडी छुटेको थियो ।
काठमाडौंमा धेरै यात्रु बोक्ने र निक्कै चल्तीको सेवा प्रालिको रुपमा रहेको महानगर यातायातका ३९ ओटा गाडीमध्ये जोर बिजाेर अनुसार दैनिक १६ वटाभन्दा धेरै गाडी सञ्चालन हुनेमा शुक्रबार बिहान दुईवटा मात्रै गाडी गुडेका छन् । महानगरका गाडी नियमित रुपमा संचालन हुनको लागि एउटा गाडीबाट दैनिक कम्तीमा तीन हजार रुपियाँ संकलन हुनुपर्नेमा दसैँको मुख्य सिजनमा समेत एक हजार ६०० भन्दा धेरै संकलन हुनै सकेको छैन ।
तीजदेखि तिहारसम्मको तीन महिना यातायात व्यवसायीका लागि स्वर्णिम समय मानिन्थ्यो । यो तीन महिनाको कमाइले वर्षभरि यातायात सञ्चालन हुन्थ्यो । अरु समयमा ‘रनिङ कस्ट’ उठाएर यो समयको फाइदाले मासिक किस्ता तिर्ने र परिवारको गुजारा चलाउने गर्दथे यातायात व्यवसायीहरुले । यो वर्ष त्यस्तो भएन । चैत्रदेखिको लकडाउनले सबैभन्दा धेरै प्रभावितनै यातायात क्षेत्र बन्यो ।
नेपालमा ट्याम्पोदेखि मिनीबस हुँदै ठूला यात्रुबाहक सवारी साधनहरुको संख्या तीन लाख ५० हजार छ । प्रत्यक्ष सात लाखले रोजगारी पाएको यो क्षेत्रसँग प्रत्यक्ष प्रभावित हुनेको संख्या ४५ लाखभन्दा धेरै रहेको अनौपचारिक तंथ्याङ्ग छ ।
तर यो वर्ष यातायात क्षेत्र निक्कै प्रभावित बन्यो । राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव रवि रिमाल यही अवस्था केही समय भैरहने हो भने यो क्षेत्रसँग जोडिएका अरु क्षेत्रसमेत पलायन हुने बताउनुहुन्छ । ‘सरकारले यातायात व्यवसायीको कुरा सुनेको छैन, तर अब नियमित किस्ता तिर्न नसक्दा यसको सिधै असर बैंक तथा वित्तीय संस्थाहरुलाई पर्न थाल्छ’ रिमाल भन्नुहुन्छ ।
विगतका वर्षमा भन्दा यो वर्ष यात्रुहरुको संख्या ७० प्रतिशतले घटेको उहाँको अनुमान छ । विगतमा चाडपर्वको समयमा डिटेनमा बस्ने गाडीहरु नभए पनि यो वर्ष डिटेनमा बस्ने गाडीहरुको संख्या ५० प्रतिशतले बढेको उहाँको भनाइ छ । छोटा रुट र काठमाडौमा चल्ने गाडीमा केही भिडभाड जस्तो देखिए पनि अधिकाशं गाडीहरु खाली हुन थालेको उहाँले बताउनुभयो । आफै खट्ने स्वरोजगार व्यवसायीहरुले समेत किस्ता तिर्न धौ धौको अवस्था देखिएको उहाँको भनाइ छ ।
विगतका वर्षहरुमा नियमित ४० वटा बस चल्ने रसुवा रुटमा दसैंको समयमा ५० वटा गाडी थपेर ९० वटासम्म चल्ने भए पनि अहिले १० वटा गाडी पनि सञ्चालन ह्ुन नसकेको उपमहासचिव रिमाल बताउनुहुन्छ ।
अहिले छोटो तथा लामो दूरीमा चल्ने गाडीहरु जिल्ला जिल्लामा जाँदा खालीनै जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘दसैजस्तो समयमा त भनेको जति यात्रु पाउन सकिएन अब कसरी सञ्चालन होला र ’ रिमाल भन्नुहुन्छ ।
विगतका दसैंमा भन्दा यो वर्ष चलेको गाडीको संख्या ७० प्रतिशतले कमी भएको उहाँले बताउनुभयो । महासंघले समेत बसपार्कबाट छुटेको तंथ्याङ्ग हेर्दा ७० प्रतिशतले कमी आएको उहाँले स्पष्ट पार्नुभयो । ‘यो वर्ष गाडी चलाउँदा लाग्ने तेल र चालक सहचालकको खर्च उठाउन पनि मुस्किल पर्याे’उहाँले भन्नुभयो ।
सरकारले राष्ट्र बैंक मार्फत यातायात व्यवसायीहरुको ऋणको म्याद थप तथा व्याजमा केही सहुलियतको कुरा गरेपनि त्यो कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । व्यवसायीहरुलाई बंैकको फोन आउन थालेको छ । अब व्यवसायीले बैकमा चावी र गाडी बुझाउनुको विकल्प नभएको उहाँले भन्नुभयो ।
अहिले व्यवसायीहरुले लकडाउन पूर्व ४० लाख दिएको गाडीको ३० लाखमा बेच्नेभन्दा पनि बेच्न नसक्ने अवस्था आएकाले यो क्षेत्र धरासयी बनेको उहाँले बताउनुभयो । झट्ट हेर्दा गाडी मात्रै भएपनि यसले अरु क्षेत्रसँग र लाखौँ मानिसको संलग्नता रहेकाले यस बारेमा सोच्ने बेला आएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पहिलो दिन बसमा यात्रु भएनन्, स्थानीय तहको रोक कायमै
  • २०७७ कार्तिक १५, शनिबार १६:०३
  • In "समाचार"
  • सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्
  • २०७७ कार्तिक १५, शनिबार १६:०३
  • In "देश"
  • नाकामा गाडी धुने कि पहिले सडकबाट माटोका थुप्रा हटाउने ?
  • २०७७ कार्तिक १५, शनिबार १६:०३
  • In "थप"

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

एक विद्युत कर्मचारीको मृत्यु

राजतन्त्र फर्काउ महाअभियानको शुरु

आफु पनि भ्रष्टाचार नगर्ने, अरुलाई पनि गर्न नदिई समृद्ध बिष्णुपुर बनाउनेः गापा अध्यक्ष जागेश्वर यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version