• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पहिलो दिन बसमा यात्रु भएनन्, स्थानीय तहको रोक कायमै


पहिलो दिन बसमा यात्रु भएनन्, स्थानीय तहको रोक कायमै

काठमाडौं : बिहीबार कोटेश्वर पूर्वको सबैभन्दा ठूलो अरनिको यातायात सेवा प्रालिका चार ओटा बसमात्रै सेवा दिन राजधानीबाट बाहिरिए । काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म एउटा बस पनि भित्रिएन ।
अघिल्लो वर्षको यही समयमा अरनिको यातायात सेवा प्रालिका पाँच सयभन्दा धेरै बसहरुले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखाका अधिकांश भागमा सेवा पु¥याउँथे ।
सरकारले अशोज १ देखि सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यकामा रहेका अरनिको यातायात सेवा समितिका सात वटा काउन्टर खुल्ला भएका थिए । तर यात्रु नै नभएपछि टिकट काट्ने र गाडी छोड्ने भएन ।
अरनिको यातायात सेवा प्रालिका अध्यक्ष चित्रबहादुर कुँवर गाडीमा चढ्ने मान्छे नै नभएको बताउनुहुन्छ । ‘हामीले सरकारले निर्णय गरेसँगै सबै गाडीहरुलाई बसपार्कमा ल्याएर तयारी अवस्थामा राखेका छौँ, यात्रु नभएपछि टिकट काट्ने काम नै भएन’ कुँवरले बताउनुभयो ।
एकातिर काठमाडौंबाट बाहिर जाने यात्रु नभएपछिको समस्या छ भने अर्काेतर्फ काठमाडौं आउन र जान स्थानीय प्रशासनले रोक लगाएका कारण सार्वजनिक यातायात सहज रुपमा संचालन हुन सकेका छैनन् । अरनिको यातायात सेवा प्रालिका काठमाडौं आउन लागेको बसहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले रोकेको र दिउँसो बैठक बसेर मात्रै खोल्न सकिने जानकारी प्रशासनले दिएको अध्यक्ष कुँवरले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी महासंघका उपमहासचिव रवि रिमाल सरकारले यातायात संचालन गर्ने निर्णय गरे पनि जिल्ला जिल्लामा स्थानीय प्रशासनले रोक लगाउन थालेको बताउनुभयो । उहाँले रसुवा र नुवाकोटमा त्यहाँको प्रशासनले रोक लगाएको र धेरै ठाउँमा सवारी साधन जान रोक लगाएको बताउनुभयो ।
त्यहाँमात्रै नभएर पश्चिमका जिल्लाहरुमा समेत जाने सवारी साधनहरुलाई स्थानीय प्रशासनले चल्न रोक लगाएको रिमाल बताउनुहुन्छ । पाल्पामा समेत स्थानीय प्रशासनले गाडी चलाउन दिएको छैन उहाँ भन्नुहुन्छ ।
अशोज ५ र अशोज १ गतेदेखिको फरक फरक निर्णय आएको कारणले यात्रुहरु दोधारमा परेको हुन सक्ने रिमालको अनुमान छ । आज पहिलो दिन भएको र विश्वकर्मा पूजासमेत भएकाले कम गाडी संचालनमा आएका हुन रिमाल भन्नुहुन्छ ‘ स्थानीय प्रशासनले अवरोध नगर्ने हो भने केही दिनमै नियमित रुपमा गाडी चल्छ ।’
बिहीबार धादिङ चल्ने र काभ्रेपलाञ्चोकको बनेपासम्म नियमित रुपमा गाडीहरु संचालन भएका छन् भने काठमाडौंमा पनि छोटा रुटमा गाडी संचालन भैरहेका छन् ।

अग्रिम टिकट बारे छलफल भएको छैन
उपमहासचिव रिमाल टिकटको बारेमा यातायात व्यवस्था विभागसँग छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अब नियमित रुपमा गाडी चल्न थालेपछि दसैँको अग्रिम टिकटको बारेमा छलफल चलाउनेछौं’ उहाँले भन्नुभयो ।
‘सरकारले काठमाडौंमा बसेर गरेको निर्णय जिल्लाले मानेको छैन यसैले हामी नियमित गाडीहरु संचालन गर्न सक्ने अवस्थामा छैनाैं, पहिला सहज होस् अनि त्यसपछि दसैँको अग्रिम टिकटबारे छलफल अघि बढ्छ’, रिमालले भन्नुभयो । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

वामदेव गौतम अब माननीय

मन्त्री ज्ञवाली : आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुन्छ

सङ्क्रमित संख्या बढ्याे, थप दुई हजार २० सहित कुल ६१ हजार ५९३

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version