महेश सिंह लहान, सिरहा – लहान प्यारागन स्कुलमा कक्षा १० का विद्यार्थीहरूको बिदाइ कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्तै उत्साहजनक र रमाइलो वातावरणमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्याब्सन सिरहाका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु न्यौपाने कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपल उमेश चौधरीले संयुक्त रूपमा गमलामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।
विद्यालय प्रशासनको तर्फबाट प्रमुख अतिथिलाई विशेष सम्मान प्रदान गरियो। साथै, विद्यालयका विद्यार्थीहरूलाई टोकन अफ लभ तथा खादा द्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, मन्तव्यहरू तथा मनोरञ्जनात्मक क्रियाकलापहरू समावेश गरिएको थियो। विद्यार्थीहरूले नृत्य, गायन, कवितावाचन जस्ता आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई झनै मनोरञ्जनात्मक बनाएको थियो।
विद्यालय प्रशासन, शिक्षकहरू, अभिभावकहरू तथा विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। विशेष गरी, यो कार्यक्रम कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेका थिए, जसका कारण विद्यार्थीहरूको नेतृत्वदक्षता र व्यवस्थापन क्षमताको पनि राम्रो प्रदर्शन भएको देखियो।
विद्यालयका प्रधानाध्यापकले बिदाइ मन्तव्य राख्दै कक्षा १० का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। प्रमुख अतिथिज्यूले पनि विद्यार्थीहरूलाई शुभकामना दिंदै मेहनत, अनुशासन र निरन्तर प्रयासको महत्त्वबारे प्रेरणादायी सन्देश दिनुभयो।
कार्यक्रमको अन्त्यमा विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई सल्लाह तथा सुझाव दिँदै विदाई गर्नुभयो। सम्पूर्ण कार्यक्रम निकै उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।