राजविराज । सप्तरीको राजविराजमा राजावादीहरुले मंगलवार “राजा आउ देश बचाउ” नाराको नारा लगाउदै शक्ती प्रर्दशन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाईमा राजसंस्था पुनः स्थापना, हिन्दु राष्ट्र घोषणा, प्रदेश संरचना खारेजी लगायतका माग तथा नाराबाजी समेत गर्दै प्रर्दशन गरिएको हो ।
प्रर्दशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता/कार्यकर्ताका साथै स्थानीयको उल्लेख्य सहभागीता थियो । स्थानीय मलेठ चौकबाट निकालिएको जुलृुश नगर परिक्रमा गर्र्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो । सभालाई राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साह, केन्द्रीय सदस्य जया महतो, राप्रपाका स्थानीय नेता सुरेन्द्र साह सुरेश, नविन मण्डल, कुपानन्द झा, एलिना आचार्य लगायतले सम्बोधन गर्दै संघियता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गरी २०४७ को संविधान लागु गर्नु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले देशमा राजसंस्था र हिन्दु धर्मको पक्षमा माहौल बनिसकेको भन्दै अब यसलाई कुनै पनि शक्तीले रोक्न न सक्ने दाबी समेत गरे ।
करिब ५ वर्ष यता पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डा मुनि यस्तो जुलुश निकालिएको हो ।
राजावादीको प्रर्दशनमा विभिन्न राजनितिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखी सर्वसाधारण समेतको सहभागिता भएपछि आयोजक निकै उत्साहित देखिन्थे ।