• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक


ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक

महेश सिंह लहान सिरहा-लहान नगरपालिका-१५ स्थित ग्यालेक्सी एजुकेश्नल एकेडमीले मंगलवार विशेष कार्यक्रमको आयोजना गर्दै अभिभावक दिवस मनाएको छ। विद्यार्थी, अभिभावक, शिक्षक, तथा स्थानीय प्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा शिक्षाको गुणस्तर वृद्धिका उपाय, अभिभावकहरूको भूमिका, र प्रविधिको प्रभावबारे महत्वपूर्ण छलफल गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि लहान नपा-१५ का वडा अध्यक्ष तेज नारायण चौधरीले शिक्षाले व्यक्ति मात्र होइन, समाजलाई नै समृद्ध बनाउने विचार व्यक्त गरे। उनले भने, “छोरो शिक्षित भयो भने परिवार शिक्षित हुन्छ, छोरी शिक्षित भयो भने पूरै गाउँ शिक्षित हुन्छ।” त्यसैले विशेष गरी छोरीहरूको शिक्षामा ध्यान दिनुपर्ने उनले आग्रह गरे।
प्रविधिको वर्तमान प्रभावबारे चर्चा गर्दै उनले बालबालिकालाई समयपूर्व मोबाइलको पहुँच दिँदा शिक्षा र सामाजिक सम्बन्धमा नकारात्मक असर पर्ने बताए। उनले अभिभावकहरूलाई कम्तीमा प्लस-टू पास भएपछि मात्र मोबाइल दिन सुझाए।


समाजसेवी रमानन्द चौधरीले हालको शिक्षालाई गुणस्तरहीन भन्दै सुधारका लागि सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताए। उनले भने, “हाम्रो शिक्षामा सुधार ल्याउन विद्यालय, शिक्षक, अभिभावक, र सरकार सबैको समन्वय आवश्यक छ। यस्तो कार्यक्रम सचेतना जगाउने एउटा माध्यम बन्न सक्छ।”
कार्यक्रमका विशेष आकर्षणहरूमध्ये एउटा वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नु थियो। प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त गर्ने छात्रछात्राहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। यसले विद्यार्थीहरूलाई अझ राम्रो गर्ने प्रेरणा दिने विद्यालयका संस्थापक नवीन कुमार चौधरीले बताए।


त्यस्तै, वडा अध्यक्ष तेज नारायण चौधरी र समाजसेवी रमानन्द चौधरीलाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको थियो। कार्यक्रममा वडा प्रतिनिधिहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।
२०७४/७५ सालमा स्थापना भएको ग्यालेक्सी एजुकेश्नल एकेडमीमा हाल २७५ विद्यार्थी अध्ययनरत छन् भने ९ जना शिक्षक-शिक्षिकाहरू कार्यरत रहेको संस्थापक चौधरीले जानकारी दिए।

विद्यालयका प्रिन्सिपल नवीन कुमार चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा विद्यालयको आगामी लक्ष्य, शिक्षाको गुणस्तर सुधार, र डिजिटल माध्यमको प्रभावलाई व्यवस्थापन गर्ने उपायहरूबारे समेत छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जे.एस कलेजको प्रमुखमा सुमन साह
  • २०८१ फाल्गुन २१, बुधबार ०८:३३
  • In "BannerNews"
  • लहान एभरेस्ट कलेजको २५औँ वार्षिकोत्सव उत्साहजनक रूपमा सम्पन्न
  • २०८१ फाल्गुन २१, बुधबार ०८:३३
  • In "BannerNews"
  • विविधता र संस्कृति झल्काउने ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न
  • २०८१ फाल्गुन २१, बुधबार ०८:३३
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post

सामूहिक करार खेतीबाट आत्मनिर्भर बन्दै भगवानपुरका किसान

प्रधानमन्त्रीलाई वास्तै नगरेको बेला, खानेपानी मन्त्रीले देखाए चमत्कार, लिए ठूलो भारतीय सहयोग!

ट्रम्पको संसद सम्बोधन: जर्ज वासिङ्टनसँग तुलना, मस्कको बचाउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version