No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक विद्यालय : बुवा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

एक विद्यालय : बुवा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !
रौतहट– सामुदायिक सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुवा, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन सुन्दा अपत्यारिलो लाग्नसक्छ तर यो यथार्थ हो रौतहटको उत्तरिभेग गुजरा नगरपालिका- ५ ईशलाम्पुर गाउँ छेउ रहेको श्री रहमान प्राथमिक विद्यालयको । यस दुर्लभ विद्यालयका प्रधानाध्यापक र गुजराको नगर शिक्षा संयोजकको मिलोमतोमा वर्षेनी लाखौं रुपैयाँ भ्रष्टाचार हुँदै आएको प्रकाशमा आएको छ ।
उक्त विद्यालयलाई गाउँलेहरूले पछिल्लो समय रहमान प्राथमिक विद्यालयको स्थानमा रहमान पारिवारिक विद्यालय भन्ने गरेका छन् । पछिल्लो एक दशकभन्दा बढी समयदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् गुजरा- ५ ईश्लामापुरका अवकास प्राप्त शिक्षक मजिबु रहमान भने प्रधानाध्यापक उनको छोरा महमद अफरोज आलम रहेका छन् । सोही विद्यालयमा महिला शिक्षिका प्रधानाध्यापक अफरोजको छोरी गुलशन नेसा कार्यरत रहेकी छिन् भने उनको श्रीमती सबरिन खातुन पियन अर्दलिको रुपमा कार्यरत रहेकी छिन् ।
प्रधानाध्यापक महमद अफरोज विद्यालयलाई आफ्नो निजी सम्पती सरह बनाएर नगर शिक्षा संयोजक शिवमंगल साहसँग मिलेर विद्यार्थीको नाउँमा लाखौं रुपैयाँ भ्रष्टाचार गरिरहेका छन् । अध्यक्ष मजिबु रहमान लक्ष्मीपुर प्राविका प्रधानाध्यापक हुँदा २०६५ सालमा झोले विद्यालयको अवधारणा अनुरूप बाटो नभएको २ कठा खेत रजिष्ट्रेशन गरेर खोलेको उक्त विद्यालयको नालीबेली बताउन गाउँलेहरूले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।मजिबु रहमानले विद्यालय खोलेर छोरा अफरोज प्रधानाध्यापक बनाएर सञ्चालन गरेका थिए । केही वर्षअघि गुजरा नगरपालिका अन्तर्गतका धेरै झोले विद्यालयहरू सामुदायिक विद्यालयहरूमा मर्ज भएको थियो ।
तर रहमानले कतैबाट राहत दरबन्दी किनेर सोही दरबन्दीमा छोरा अफरोजलाई प्रधानाध्यापक बनाएर राखेपछि विद्यालय भने अहिलेसम्म अस्तित्वमा रहेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सह सचिव फिरोज आलमले बताएका छन् ।
मजिबु रहमान लक्ष्मीपुर प्राविमा कार्यरत हुँदा रहमान प्राविको व्यवस्थापन समितिको अध्यक्षमा उनकै परिवारका अन्य सदस्य रहेका थिए तर उनी अवकासपछि एक दशक बढी समयदेखि अध्यक्षको रूपमा विराजमान रहेको आलमले बताएका छन् ।
२०७४ सालको स्थानिय निकायको निर्वाचनपछि गुजराका नगर शिक्षा संयोजक शिवमंगल साहकै मिलोमतोमा रहमान प्राविका प्रधानाध्यापक अफरोजले लाखौं भ्रष्टाचार गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यतिमात्र नभई एक जना वडा अध्यक्षको सिंगो कार्यकाल सकेर गुजरा ५ का अर्का वडा अध्यक्ष शेख जमालुदिनको कार्यकाल आधा बितिसक्दा पनि उक्त विद्यालयको व्यवस्थापन समिति गठन हुन नसक्नुमा शिक्षा संयोजककै चलखेल रहेको सहसचिव आलमले दाबी गरेका छन् ।
रहमान प्राविमा हाल कक्षा १ देखि ५ सम्म झण्डै १५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । तर शिक्षा संयोजकसँग मिलेर प्रधानाध्यापक अफरोजले विधार्थी संख्या ३६० देखाएर नगरपालिकाबाट सम्पूर्ण सुविधा लिँदै आएको आलमले बताएका छन् ।
विद्यालयको समिति र विधार्थी संख्यालगायत अन्य जानकारीको लागि पटक पटक गुजरा नगर शिक्षा संयोजक शिवमंगल साहलाई गएर भन्दा कहिले वास्ता नगरेको उनको आरोप रहेको छ । त्यतिमात्र नभई आफ्नो घर कटहरियाबाट दैनिक कार्यालय त्यही बाटो भएर जाने तर विद्यालयको अवस्था कहिले नहेरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
विद्यालयको लागि पैसा निकासा हुने दिन शिक्षा संयोजक साह प्रधानाध्यापक अफरोज आलमसँगै बैंकसम्म पुगेर रकमबाट भागबण्डा गर्ने गरेको आलमले आरोप लगाएका छन् । कक्षा १ देखि ५ सम्मका प्रति विद्यार्थी खाजा बापत दैनिक १५ रुपैयाँ, पाठ्यपुस्तक सरदर ५०० रुपैयाँ र छात्रवृत्ति छात्रा सम्पूर्ण र दलित छात्रालाई सरकारले ४०० रुपैया दिँदै आएको छ । ३६० विद्यार्थीको हिसाब गर्ने हो भने एक दशकमा लाखौं भ्रष्टाचार भएको आलमले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा सहभागी वडा ५ का अध्यक्ष शेख जमाजुदिनले प्रधानाध्याक अफरोज ले विद्यालयको सम्पूर्ण रजिस्टर लुकाएर राखेको बताएका छन् । विद्यालयमा पटक पटक अनुगमन गर्दा कहिलै कुनै रजिस्टर नभेटेको र समिती गठनको लागि २ वर्षदेखि प्रयास गर्दा गर्दै केहीदिन अघि ४ जना सदस्य छनौट भएपनि प्रधानाध्यापकको बदमसीले पूर्णता नपाएको गुनासो गरेका छन्।
समितिलाई पूर्णता दिन आईतवार विद्यालयमा अभिभावक भेला हुँदा प्रधानाध्यापकका परिवारका मानिसहरूले मजीबु रहमान जग्गादाता भएकाले पुनः अध्यक्ष हुनुपर्ने अडान लिएर कुटपिटमा उत्रँदा पुनः स्थगित गरिएको वडा अध्यक्ष जमालुदिनले बताएका छन् ।उता नगर शिक्षा संयोजक शिवमंगल साहसंग कुरा गर्दा जिम्मेवार व्यक्तिमाथि यस्तो आरोप लाग्नु नौलो कुरा नभएको, आफूले कुनै गलत काम नगरेको भन्दै सबै आरोपको खण्डन गरेका छन् ।तर गुजरा नगरपालिकामा मेयर सन्तलाल चौधरीले रहमान प्राबिसंगै अन्य कैयौं विद्यालयको गतिबिधि खराब गर्नुमा शिक्षा संयोजक शिवमंगल साह मुख्य दोषि रहेको बताएका छन् ।
रहमान प्राविको समिती गठन लगायत अन्य गतिविधिको बारेमा पटक पटक निर्देशन दिदाँ शिक्षा संयोजक साह बिभिन्न बहाना बनाएर फुत्कीने गरेको मेयर चौधरीले गुनासो गरेका छन्। आफ्नो पहिलो कार्यकाल देखिनै गुजाराको नगर शिक्षा संयोजक रहेको उनी चिप्लो कुरा गर्ने, अनेक नियम कानुन देखाएर मनपरी गर्दै आएको उनले बताए।
रहमान प्राविका बर्तमान अध्यक्ष मजीबु रहमान लक्ष्मीपुर प्राबिको रकम हिनामिना गर्दा उनीमाथी अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा मुद्धा चलिरहेको थियो । तर शिक्षा संयोजक शिवमंगल साहले आफूलाई बिना जानकारी रहमानको सिफारिस गरी पठाएकाले पनी आर्थिक चलखेल भएको हुनसक्ने मेयर चौधरीले आशंका व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

Next Post
नरहा गाउँपालिकाका वडाध्यक्ष र सचिवको मिलोमतोमा भारतीय मियाँलाई बनाइदिए नागरिकता

नरहा गाउँपालिकाका वडाध्यक्ष र सचिवको मिलोमतोमा भारतीय मियाँलाई बनाइदिए नागरिकता

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते

प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .