• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने


राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने

बरहथवा (सर्लाही) । सर्लाहीको हरिवन नगरपालिका–१ निवासी बलराम न्यौपाने आजभोलि गाई गोठ र बाख्राको खोर स्याहार्नमा व्यस्त छन्।

बिहान सबेरै उठेदेखि राति अबेरसम्म गोठमा रहेका बाख्रा, गाईभैँसी स्याहार्नु, आहारको जोहो गर्नु र दूध बेच्नु उनको दैनिकी नै हो। समाज परिवर्तनको लागि सुरु गरेको ३० वर्षे राजनीतिक यात्रालाई बिट मारेर विसं २०८० पुसबाट उनले व्यावसायिक पशुपालन सुरु गरेका छन्।

‘विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेको हुँ। आठ वर्ष विद्यार्थी राजनीति गरे, वाइसिएल केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला नेता र पछिल्लो समय वैद्य माओवादीको जिल्ला सेक्रेटरी भए। अहिले राजनीतिक रूपमा निस्क्रिय छु। तीस वर्ष राजनीति गरियो तर समाज र आफ्नो अवस्थाजस्ताको तस्तै। हाल व्यावसायिक पशुपालनबाट समाजका केही व्यक्तिहरूलाई रोजगारी दिएको छु। राज्यलाई कर तिरेर योगदानको छु’, उनले भने।

न्यौपानेले पूर्वपश्चिम राजमार्गबाट सात किलोमिटर उत्तर चुरे पाखामा पशुपालन ‘फार्म हाउस’ सञ्चालन गर्नुभएको छ। सुरुमा पाँच वटा बाख्रा, एउटा गाई र एउटा भैँसीबाट सुरु गरेको फार्ममा हाल ७० वटा बाख्रा, आठ गाई र दुई वटा भैँसी छन्।

न्यौपानेले देशमा राजनीतिक क्रान्तिले ल्याएका परिवर्तनलाई स्थायित्व दिन पनि अब आर्थिक क्रान्ति आवश्यक रहेको निष्कर्षसहित आफू व्यवसायमा लागेको सुनाउनुभयो।
पशुपालनबाट आत्मसन्तुष्टिका साथै आम्दानी पनि सन्तोषजन भइरहेको उनको भनाइ छ।

गत गढीमाई मेलाको समयमा १२ लाखभन्दा बढीका बोका बिक्री गरेको न्यौपानेले सुनाए। यो उनले एकाध महिनामा गरेको सबैभन्दा ठूलो कारोबार हो। ‘भवितव्यबाहेक कृषि र पशुपालनमा धेरै घाटा हुँदैन। पशु चौपायाको गहँुत र गोबरबाट पनि फाइदा लिन सकिन्छ’, उनले भने, ‘त्यसैले अब हरेक नेपालीले कृषिमार्फत् आर्थिक रूपान्तरणमा योगदान गर्नुपर्छ। योभन्दा राम्रो विकल्प अर्को हुनसक्दैन। सरकारले पनि सोहीअनुसार नीति अवलम्बन गर्न आवश्यक छ।’

न्यौपानेले पशुपालनबाहेक केही जमिनमा उखु, टमाटरखेतीलगायत कृषि कर्मसमेत गरिरहेका छन्। उनले पशुपालन र खेतीपातीबाटै पारिवारको गर्जो टार्दै आएको बताए। ‘अहिले व्यवसाय सुरु गरेपछि आम्दानीसँगै जीवनस्तरमा सुधार भएको छ। सन्तानको पठनपाठनमा सहज भएको छ’, न्यौपानेले भने। उनले गाईभैँसीको करिब ५० लिटर दूध दैनिकजसो बिक्री गरिरहेका छन्।

राजनीति समाज सेवा भएकाले आर्थिक उपार्जनका लागि हरेक नेताले कुनै न कुनै इलम गर्न जरुरी रहेको पनि उनको भनाइ छ। न्यौपानेले हाल तीन जनालाई रोजगारी दिनुभएको छ। अब व्यवसाय विस्तार गरी चुरेको हावा पानी सुहाउँदो कुखुरापालन गर्ने योजना रहेको उनले सुनाए। साथै पशुपालनबाट दूध, मासुसँगै मलमूत्रबाट बन्ने मल प्रयोग गरेर व्यावसायिक खेतीमा लाग्ने उनले बताए।

न्यौपानेले चार बिघा पाखामा डाले घाँस रोप्नुभएको छ। व्यवसाय सुरु गर्दा उनले भौतिक संरचना निर्माण र केही पशुवस्तु खरिद गर्दा ८२ लाख ९० हजार लगानी गरेका थिए। हाल सो लगानी रु एक करोड २५ लाख पुगेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस ?
  • २०८१ फाल्गुन ४, आईतवार २१:१३
  • In "BannerNews"
  • प्रचण्डले भने : एक पटक फेरि लडाईं लड्नेवाला छु
  • २०८१ फाल्गुन ४, आईतवार २१:१३
  • In "देश"
  • पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ
  • २०८१ फाल्गुन ४, आईतवार २१:१३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

मधेशको लोकसञ्चार प्रवर्द्धन बोर्डको कार्यवाहक अध्यक्षमा दत्त नियुक्त

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

बाइडेनले अमेरिका लैजाने भनेका १५ हजार अफगानीलाई ट्रम्पको प्रतिबन्ध, पाकिस्तानमा अलपत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version