No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अध्यादेश पारित गराउन मधेसदेखि केन्द्रसम्म सत्ताको बार्गेनिङ

अध्यादेश पारित गराउन मधेसदेखि केन्द्रसम्म सत्ताको बार्गेनिङ

काठमाडौं। गत निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रतिनिधिसभामा १२ सिटसहित राष्ट्रिय दल बन्न सफल भयो। प्रतिनिधिसभामा छैटौं दलको हैसियत पाएको जसपा नेपालले सो हैसियत लामो समयसम्म जोगाउन सकेन।

उनकै सहकर्मी अशोक राईले जसपा नेपाल विभाजिन गरी जसपा गठन गरेपछि अहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको प्रतिनिधिसभामा पाँच जनामात्रै सांसद छन्। अर्थात् जसपा नेपाल कमजोर अवस्थामा छ।

उता राष्ट्रिय सभामा पनि जसपा नेपालको मात्रै तीन सिट हो। अर्थात त्यहाँ पनि उसको उपस्थिति कमजोर छ। तर कहिलेकाहीँ कम संख्या पनि निर्णायक बन्न सक्छ, र दुई तिहाइको सरकारलाई घुँडा टेकाउने तागत राख्छ।

दुवै सदनमा कमजोर रहेको जसपा नेपाल यतिबेला मुलुकको राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुस २९ गते जारी गरेको अध्यादेशका कारण जसपा नेपाल राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्न पुगेको छ।

प्रतिनिधिसभामा वर्तमान सरकारको पक्षमा दुई तिहाइ बहुमत छ। तर राष्ट्रियसभामा सामान्य बहुमत नहुँदा सरकारले जारी गरेको अध्यादेश पारित गराउन उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको साथ अनिवार्य छ।

जसपा नेपालका तीन सांसदले अध्यादेशको समर्थन नगरे राष्ट्रियसभाबाट सरकारले जारी गरेको अध्यादेश पारित नहुने अवस्था छ। त्यही भएर यतिबेला प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपेन्द्र यादवलाई फकाउन व्यस्त छन्। बिहीबार ओली र देउवा दुवैले यादवसँग सहयोगको याचना गरेका थिए।

तर, यादवले पार्टीले निर्णय गरिनसकेको भन्दै कुनै जवाफ दिएनन्, जसका कारण दुवै सदनको कार्यसूचीमा चढिसकेको अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूची अन्तिम अवस्थामा हटाइएको थियो।

आज बस्ने संसद बैठकमा पनि अध्यादेश पेश गर्ने कार्यसूची राखिएको छैन। अर्थात् प्रधानमन्त्री ओली र सभापति देउवा उपेन्द्र यादवको निर्णय कुरेर बसेका छन्।

सरकारले आइतबार बस्ने संसदमा बैठकमा अध्यादेश निर्णयार्थ पेश गर्ने तयारी गरेको छ। जसपा नेपालले पनि आइतबारसम्म अध्यादेशका विषयमा पार्टीले निर्णय गरिसक्ने बताएको छ।

राष्ट्रिय राजनीतिमा आफू निर्णायक शक्ति बनेपछि जसपाले त्यसलाई बाार्नेनिङ टुल बनाएको छ। यसले प्रदेशदेखि केन्द्रसम्म सत्तामा बार्गेनिङ गरेको छ।

जसपा नेपाल स्रोतका अनुसार ओली र देउवासँग अध्यक्ष यादवले मधेस प्रदेशको सरकारको नेतृत्वदेखि केन्द्र सरकारमा पनि उपप्रधानमन्त्रीसहित दुई वटा मन्त्रालय दाबी गरेका छन् ।

‘हाम्रो पहिलो प्राथमिकता भनेको मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार हो। त्यसपछि केन्द्र सरकारमा पनि हाम्रो सम्मानजनक उपस्थिति चाहिन्छ,’ जसपा नेपाल स्रोतले भन्यो, ‘केन्द्र सरकारमा अध्यक्ष नै सरकारमा सहभागी हुने अवस्था आयो भने उपप्रधानसहित काम गर्न सक्ने मन्त्रालय चाहिन्छ। त्यस बाहेक अर्को मन्त्रालयमा पनि हामीले दाबी गरेका छौं।’

मधेस प्रदेशमा अहिले जनमत पार्टी नेतृत्वमा सरकार छ। मधेसमा उपेन्द्र यादव र सिके राउतको प्रतिष्ठाको लडाइँ चलिरहेको छ। सुरुमा मधेसमा जसपा नेपालको सरकार थियो, पछि केन्द्रमा कांग्रेस एमाले सरकार बनेपछि त्यहाँ जनमत पार्टीको नेतृत्वमा सरकार गठन भएको थियो।

यतिबेला मधेसमा सत्तामा फर्किनु उपेन्द्र यादवका लागि प्रतिष्ठाको विषय बनेको छ। त्यसो त वर्तमान मधेस प्रदेश सरकारप्रति कांग्रेस पनि सकारात्मक छैन। यही मौकाको उपयोग गरेर उपेन्द्र यादव मधेसको सरकारमा फर्किन चाहन्छन्।

जसका लागि उनले अध्यादेश पारित गर्न सत्ताको वार्गेनिङ गरिरहेका छन् । अध्यादेश पारित गराउनका लागि सत्ताधारी गठबन्धनलाई आफ्ना माग पूरा गर्न बाध्य पार्न सकिन्छ भन्नेमा उपेन्द्र यादव विश्वस्त देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

Next Post
युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

८ हजारभन्दा बढी कर्मचारी भएको युएसएडमा केवल ३०० कर्मचारी बाँकी राख्ने ट्रम्पको तयारी

८ हजारभन्दा बढी कर्मचारी भएको युएसएडमा केवल ३०० कर्मचारी बाँकी राख्ने ट्रम्पको तयारी

दिल्ली निर्वाचनमा भाजपाको बहुमत, २७ वर्षपछि दिल्लीमा सरकार बनाउँदै

दिल्ली निर्वाचनमा भाजपाको बहुमत, २७ वर्षपछि दिल्लीमा सरकार बनाउँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .