• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

समाजवादी किसान महासंघको लहान नगर भेला सम्पन्न


समाजवादी किसान महासंघको लहान नगर भेला सम्पन्न

महेश सिंह लहान, सिरहा- समाजवादी किसान महासंघ नेपालको लहान नगर भेला सम्पन्न भएको छ। मधेस प्रदेश अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका-३ स्थित कुशवाहा धर्मशालामा सम्पन्न भेलाले प्रमोद कुमार महतोलाई अध्यक्ष चयन गरेको छ। भेलाले १९ सदस्यीय नगर समिति गठन गर्दै ललित नारायण महतोलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ।


समाजवादी किसान महासंघ मधेस प्रदेश समितिको आयोजनामा सम्पन्न भेलाको अध्यक्षता महासंघका मधेस प्रदेश अध्यक्ष हरेराम यादवले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं कृषि तथा भूमि व्यवस्था विभागका सचिव शैलेन्द्र साह रहेका थिए। विशेष अतिथिका रूपमा जसपाकी केन्द्रीय सदस्य एवं मधेस प्रदेश सांसद ललिता दास विद्रोही, महासंघका केन्द्रीय उपाध्यक्ष उमेश्वर झा, मधेस प्रदेश सचिव मो. साबिर खान, सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष प्रयागलाल यादव, लहान नगर अध्यक्ष एवं जिल्ला समन्वय समिति अध्यक्ष दिनेश महतो उपस्थित थिए।


भेलामा जसपा मधेस प्रदेश सदस्य तथा लहान उपमहानगरपालिकाका उपप्रमुख राम चरित्र महतो, पार्टीका नगर अध्यक्ष दिनेश महतो, राम चलितर महतो, ललित महतो, प्रमोद महतो, चन्द्र नारायण कुशवाहा लगायत दर्जनौं किसान, स्थानीय नेता तथा युवाहरूको उपस्थिति रहेको थियो।
समाजवादी किसान महासंघ जसपाको भातृ संगठन हो, जसले किसानहरूको हकहितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। प्रमुख अतिथि साहले किसानहरूको भूमिको हक सुरक्षित गर्न महासंघको भूमिकाको महत्त्व रहेको बताए। “नेपाल कृषिप्रधान देश हो, तर किसानहरू अझै पनि समस्यामा छन्। समाजवादी किसान महासंघ किसानका आवाज बुलन्द गर्न निरन्तर लागिपर्नेछ,” उनले भने।

सांसद विद्रोहीले मधेस प्रदेशको समृद्धिका लागि कृषिलाई आधुनिक बनाउनुपर्ने आवश्यकता औंल्याइन्। “किसानहरूलाई सरकारी अनुदान सहज रूपमा उपलब्ध गराउन र उनीहरूको उत्पादनको उचित मूल्य निर्धारण गर्न महासंघले दबाबमूलक भूमिका खेल्नुपर्छ,” उनले भनिन्।
नवनिर्वाचित नगर अध्यक्ष प्रमोद महतोले किसानहरूलाई संगठित गर्दै उनीहरूको अधिकारका लागि संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरे। “भूमिहीन किसानहरूलाई जग्गा उपलब्ध गराउने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, सहकारी प्रणालीलाई प्रवर्द्धन गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्नेछौं,” उनले भने।
लहान नगर समितिको बैठकले किसानहरूको समस्या समाधानका लागि स्थायी संरचना निर्माण, सहकारीको विकास, कृषि प्रविधिको प्रयोग, उत्पादन वृद्धिलगायत विषयमा पहल गर्ने निर्णय गरेको छ।
समाजवादी किसान महासंघ नेपालले देशभरका किसानहरूलाई संगठित गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। लहान नगर समितिको गठनसँगै सिरहा जिल्लामा महासंघको गतिविधि थप सशक्त बनाउने योजना रहेको आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहान क्यान्सर केयर सेन्टरको सेवा विस्तारमा अवरोध, स्रोत साधन अभाव मुख्य चुनौती
  • २०८१ माघ २४, बिहीबार ०९:१४
  • In "BannerNews"
  • लहानमा उपप्रमुखलाई अधिकारबाट बञ्चित गरिएको भन्दै जसपा नेपालको ध्यानाकर्षण
  • २०८१ माघ २४, बिहीबार ०९:१४
  • In "BannerNews"
  • जलवायु मैत्री समुदाय बनाउन महासंघको जोड
  • २०८१ माघ २४, बिहीबार ०९:१४
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

Next Post

अध्यक्ष प्रचण्डले भने-सरकारले रविमाथि प्रतिशोध लिनेगरी देशभर दौडाइरहेको छ

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

करोड खर्च गरेर अमेरिका पुगेका आकाश ट्रम्पले निकालिदिएपछि हथकडीमा घर फर्किए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version