No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गाउँलेको आग्रह अस्वीकार, साहुको दबाबले उठिबास हुन पुगिन् खातुन

गाउँलेको आग्रह अस्वीकार, साहुको दबाबले उठिबास हुन पुगिन् खातुन

महेश सिंह लहान – धनुषाको हँसपुर नगरपालिका–८ की नजमुन खातुन वर्षौंदेखि न्यायको खोजीमा छिन्। मिटरब्याज पीडितको हैसियतमा उनले उच्च अदालत जनकपुरमा विपक्षी प्रभाव कुमार साहविरुद्ध लिखित जवाफ पेश गरेकी छन्। साहुले झूटो ऋणको आरोप लगाएर जबर्जस्ती असुली गर्न खोजेको दाबी गर्दै खातुनले अदालतसमक्ष आफ्नो जायज हकको लडाइँ लडिरहेकी छन्।

गाउँलेहरूका अनुसार खातुनले साहुसँग कुनै आर्थिक लेनदेन नगरेको भए पनि जबर्जस्ती ऋण असुल्न खोजिएको छ। स्थानीय बासिन्दाले पटक–पटक साहुसँग छलफल गरी मिलापत्र गराउने प्रयास गरे पनि उनले पैसा लिन नमानेको र छलफलमा नबसेको आरोप लगाएका छन्। साहुको दबाब र त्रासले खातुन अहिले उठिबास हुन पुगेकी छन्।
खातुनका श्रीमान् अलिहुसेन मियाको केही समयअघि मृत्यु भएको थियो। खातुन भन्छिन्, “साहुको गलत आरोप र निरन्तरको दबाबका कारण मेरो श्रीमान् मानसिक तनावमा परे। समाजमा बेइज्जतीको डरले गर्दा अन्ततः उनले ज्यानै गुमाए। अहिले म सन्तानसहित असहाय बनेकी छु।”

खातुनले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२३ बमोजिम अदालतमा पेश गरिएको लिखित जवाफमा आफ्ना श्रीमानले साहुसँग कुनै आर्थिक कारोबार नगरेको स्पष्ट पारेकी छन्। उनले साहुले जबर्जस्ती ऋण असुल्न खोजेको भन्दै अदालतसमक्ष न्यायको गुहार गरेकी छन्।
खातुनले सरकारद्वारा गठित मिटरब्याज जाँचबुझ आयोगमा उजुरी दिएकी छन्। आयोगले ७७ वटै जिल्लाका प्रशासन कार्यालयमार्फत मिटरब्याज पीडितहरूको उजुरी संकलन गरिरहेको छ। उनले उजुरी दर्ता गराएपछि साहुले झनै मानसिक दबाब दिन थालेको खातुनको आरोप छ।
“म न्याय खोज्दै आयोगमा उजुरी दिन पुगेँ। तर, साहुले अदालतको सहारा लिँदै मलाई झनै त्रास दिन थालेका छन्। न मैले ऋण लिएको छु, न कुनै लिखित सम्झौता नै गरेको छु। साहुको दाबी पूरै झूटो हो,” खातुन भन्छिन्।
गाउँका स्थानीय अगुवाहरूका अनुसार साहुको प्रभावका कारण पीडितले न्याय पाउन मुस्किल भइरहेको छ। “हामीले पटक–पटक छलफलका लागि साहुलाई बोलायौँ। उनले छलफलमा आउन मानेनन्। खातुनको पक्षमा न्याय दिलाउन गाउँले एकजुट भएका छौँ, तर प्रशासनले उचित पहल गरेको छैन,” स्थानीय एक अगुवाले भने।
साहुले खातुनविरुद्ध अदालतमा निषेधाज्ञा समेत जारी गराएका छन्। खातुन भन्छिन्, “म कुनै गैरकानुनी काममा संलग्न छैन। मैले आयोगमा उजुरी दिएको छु, अब कानूनी प्रक्रियाले मेरो न्याय पाउने बाटो खुल्ला गर्नुपर्छ।”
खातुनले अदालतसमक्ष साहुको दाबी खारेज गरी आफूलाई न्याय दिलाउन अनुरोध गरेकी छन्। “म एकल महिला हुँ। मेरा सन्तानको भविष्य अन्योलमा छ। साहुले जबर्जस्ती पैसा असुल्न खोजिरहेका छन्। अब अदालतले मात्र मलाई न्याय दिन सक्छ,” उनले भनिन्।
मिटरब्याज पीडितहरूको न्यायका लागि सरकारले आयोग गठन गरे पनि साहुहरूले अदालतमा मुद्दा दायर गरेर समस्या झनै जटिल बनाएको कानूनी विज्ञहरूको भनाइ छ।अदालतले आगामी सुनुवाइमा के निर्णय गर्छ भन्ने विषयमा स्थानीय बासिन्दा, पीडित परिवार र कानूनी क्षेत्रका व्यक्तिहरूको चासो बढेको छ। पीडित खातुनले ३ लाख ८५ हजुरको समाजिक रूपमा १२ लाख दिन तयार रहेको र साहु राम स्वरुप साहले २२ लाख लिने न भए भए भरको जग्गा कब्जा गर्ने उनलेे पीडितलाई मानसिक यातना दिदै आएका छन्। पीडित खातुनको आर्थिक अवस्था निकै कमजोर रहेको स्थानीयले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
वर्तमान  गठबन्धन सरकार परिवर्तन हुँदैनः कांग्रेस नेता कोइराला

वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः कांग्रेस नेता कोइराला

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

ठगी आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ

ठगी आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...