धनुषा : भन्सार छली गरी ल्याइएका लाखौं रुपैया मूल्य बराबरको मालसामान धनुषा प्रहरीले बरामद गरेको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरीको सादा पोशाकमा खटिएका संयुक्त टोलीले गस्तीको क्रममा जिल्लाको विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइ रहेका ५ लाख १५ हजार १ सय १५ रुपैया बराबरको खाद्य्य तथा लता कपडा सहितका सामाग्री नियन्त्रणमा लिएका हुन ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमरपुरा चौकबाट मोटरसाइकल सहित कास्ट्रोल मोबिल १ लाख ३७ हजार ४ सय ७० रुपैया बराबरको नियन्त्रणमा लिएका छ ।
त्यस्तै जिल्लाको धनौजी गाउँपालिका ४ तरही स्थित प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा टेम्पो सहित ३ लाख ३२ हजार बराबरको खाद्य सामाग्री सहित टेम्पो चाकल शेष फकिरलाई नियन्त्रणमा लिएका छन ।
मुखियापट्टी मुसरहनिया गाउँपालिका २ स्थित तुलसीयाही प्रहरी चौकीबाट खटिएका प्रहरीले सुर्ति, गमछा, महिलाले लगाउने भित्र वस्त्र सहितका लता कपडा र विस्कुट लगायतका ४५ हजार भन्दा बढीको सामाग्री नियन्त्रणमा लिएका छन ।
नियन्त्रणमा लिइएका सामाग्री आवश्यक कारवाहीका लागि सोमवार नै भन्सार कार्यालयमा बुझाइ सकिएको कुरा जिप्रका धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन ।