सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा चीनको समर्थित दुई टापुहरू विकास गर्ने योजनाहरूको विरोधमा प्रदर्शन भएको छ । कराचीको नजिकै रहेका दुई वटा टापुहरु विकास गर्न इमरान खान प्रशासनका अधिकारीहरूले चीनलाई हस्तान्तरण गरेपछि बृहत विरोध प्रदर्शन भएको छ ।
इमरान खान प्रशासनका अधिकारीहरूको डिंगी र भुन्डार दुई टापु विकास गर्ने योजनाको विपक्षमा आइतबार पाकिस्तानका विभिन्न सहरमा प्रदर्शन भएको हो । जसमा सिन्धमा रहेका राजनीतिक पार्टीहरु, मुख्यतया सिन्ध तारकी पासन्ड पार्टी (एसटीटीपी) लगायतको सहभागीता रहेको थियो ।
चीनले यी टापुहरूमा आफ्ना भवनहरु बनाउने कार्य अघि बढाएको छ ।
आइतबार मालीरबाट सुरु भउको विरोध जुलुस राज्यपाल भवनको नजिकै पुगेर कोणसभा गर्दै समाप्त भएको थियो । उक्त जुलुसमा सहभागीहरुमध्येबाट गठित एक समितिले संघीय अधिकारीहरुमार्फत पत्र पठाउँदै उक्त कार्य रोक्न आग्रह गरिएको छ ।
केही समयअघि पाकिस्तान द्वीप विकास प्राधिकरण (पीडा) गठन गरिएको र उक्त प्राधिकरणले उक्त टापुमा विकासका कामहरु गर्नुपर्ने अध्यादेश जारी गर्नसमेत पत्रमार्फत राष्ट्रपतिलाई बताइएको छ ।
एसटीटीपीका प्रमुख डा. कादिर मक्सीले प्रदर्शनकारीलाई सिन्धले राष्ट्रपति अध्यादेशप्रति निराशा र क्रोध व्यक्त गरिरहेको बारे जानकारी गराएका थिए । “विचारधार र पार्टी कार्यक्रममा फरक भए पनि सिन्धुहरु आफ्नो अधिकारको रक्षा गर्न एकजुट भएका छन्,” उनले भने।
उनले सिन्धु समूह सिन्धको अधिकारको हकमा मौन नबस्ने बताए । अन्य नेताहरूले पनि डिंगी र भण्डार टापुहरू विनाशका लागि अहिले चाल बिछ्याइएको बताएका छन् ।
एसएलटीपीले अल्वीलाई सम्बोधन र गभर्नर होममा बुझाएको पत्रमा भनिएको छ कि झुठो बहाना र गलत कारणले संघीय अधिकारीहरूले सिन्धलाई बारम्बार पीडित पारेका बताइएको छ ।