• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माधव नेपालदेखि विप्लवसम्म पार्टी एकता, कांग्रेस एमालेसँग गठबन्धन नगर्ने


माधव नेपालदेखि विप्लवसम्म पार्टी एकता, कांग्रेस एमालेसँग गठबन्धन नगर्ने

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नगरी एक्लै चुनाव लड्नेगरी अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

आइतबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने र एक्लै चुनाव लड्नेगरि अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

त्यस्तै प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले बैज्ञानिक समाजवाद मान्नेहरुसंगै एकता गरेर अघि बढ्ने बताउनुभएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरुसँग एकताको पहल गर्ने प्रस्ताव प्रचण्डको रहेको सापकोटाले जानकारी दिए।

अहिले माओवादीको पक्षमा देशैभर सकारात्मक ऊर्जा पैदा भएको र यथास्थितिबाट जनतामाझ फर्किनुपर्नेमा प्रचण्डको जोड रहेको छ। यसका लागि फागुन १ देखि तराई मधेश जागरण अभियान र अर्को एक महिना पूर्वपश्चिम अभियान सञ्चालन गरि अध्यक्ष लगाएत सवै पदाधिकारी सामेल हुनुपर्ने प्रस्ताव समेत प्रचण्डको रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।

अग्रगमनका पक्षमा संविधान संशोधनका लागि बहस र छलफल चलाउनुपर्ने, संक्रमणकालीन न्यायसंगसम्बन्धी समितिको पदाधिकारी नियुक्त गर्न पहल गर्ने लगाएका बिषय अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको सापकोटाले बताए।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै बिभिन्न प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी लगाएतले रिर्पोटिङ गरेका थिए। उनीहरुको रिपोर्टिङमा देशैभर माओवादी प्रवेश गर्नेको लहर चलेको र पार्टीलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा केन्द्रीत रहेको प्रवक्ता सापकोटाले बताए।

बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको भन्दै सापकोटाले पदका बिषयमा कुनै छलफल नभएको जिकिर गरे। केन्द्रीय समितिको पूर्ण बैठक सोमबार बिहान ११ बजे बस्ने र बिभिन्न प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल
  • २०८१ पुष २१, आईतवार २१:०८
  • In "BannerNews"
  • मर्जको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको दाबी
  • २०८१ पुष २१, आईतवार २१:०८
  • In "BannerNews"
  • राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन: अध्यक्ष दाहाल
  • २०८१ पुष २१, आईतवार २१:०८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

घरमा लिन नआएको झोकमा उपाध्यक्षले गरिन् सरकारी गाडी तोडफोड (तस्बिरहरू)

शपथ ग्रहणभन्दा पहिल्दै ट्रम्पलाई पोर्नस्टारलाई पैसा दिएको मुद्दामा सजाय सुनाइने

सामुदायिक एकता र सहयोगको प्रतीक: लहानमा वृहत रक्तदान महेश सिंह लहान -

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version