• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सौन्दर्यकरणका नाममा नहर मास्न नपाइने: संघर्ष समितिको अडान


सौन्दर्यकरणका नाममा नहर मास्न नपाइने: संघर्ष समितिको अडान

महेश सिंह लहान – उच्च अदालत जनकपुर, राजविराज इजलासले खुट्टी खोला सिचाइ आयोजनाको नहरको स्वरूप र सिचाइ प्रणालीलाई जस्ताको तस्तै राख्न आदेश दिएको छ। अदालतले नहर मास्ने वा त्यसको सिचाइ प्रणालीमा असर पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो।
खुट्टी खोला सिचाइ संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गर्दै अदालतको आदेशबारे स्पष्ट दृष्टिकोण सार्वजनिक गरेको छ। समितिका अनुसार, अदालतले नहरको मूल संरचना र सिचाइ प्रणालीलाई पूर्ण रूपमा संरक्षित राख्नुपर्ने आदेश गरेको छ।
संघर्ष समितिका सदस्यले अदालतले भनेको “दुरुस्त” भन्ने शब्दले नहरको प्रारम्भिक स्वरूप र उद्देश्यलाई यथावत राख्नुपर्ने स्पष्ट अर्थ लाग्ने बताएका छन्। समितिले सौन्दर्यकरणका नाममा नहरलाई पुरेर स्विमिंग पुल, गार्डेन र अन्य संरचना बनाउने योजना अस्वीकार्य भएको जनाएको छ।
“नहरलाई मास्ने वा स्वरूप बिगार्ने कुनै पनि गतिविधि अदालतको आदेशविपरीत हुनेछ,” समितिका एक सदस्यले भने। “यसले किसानको सिचाइ प्रणालीमा गम्भीर असर पुर्‍याउनेछ। अदालतले यस्तो कुनै पनि कार्य नगर्न स्पष्ट निर्देशन दिएको छ।”
अदालतको आदेशअनुसार, नहरसँग सम्बन्धित संरचनाहरू— मुख्य नहर, शाखा नहर, कुलो, बाँध, गेट, च्याम्बर, फल्स, र सेवापथलाई कुनै हानी नगरी संरक्षित राख्नुपर्छ। ढल निर्माण तथा करिडोर विकास जस्ता कार्य गर्दा पनि सिचाइ प्रणालीमा असर नगर्ने गरी अघि बढाउन सकिने अदालतको ठहर छ।
संघर्ष समितिले अदालतको आदेशअनुसार नहरको संरचना र सिचाइ प्रणालीलाई जस्ताको तस्तै राख्न माग गरेको छ। समितिले नहर मास्ने वा स्वरूप परिवर्तन गर्ने कुनै पनि कामले दीर्घकालीन प्राविधिक समस्या उत्पन्न हुने चेतावनी दिएको छ।
“किसानको हितमा सिचाइ प्रणालीलाई जोगाउनु आवश्यक छ। अदालतको आदेशले यसलाई सुनिश्चित गरेको छ,” समितिले भनेको छ।
अदालतले विकास निर्माण कार्य गर्दा नहरको सिचाइ प्रणाली र संरचनामा कुनै असर नगर्न निर्देशन दिएको छ। अन्तिम सुनुवाइका क्रममा विषय निरूपण गरिने भएकाले हालका लागि अन्तरिम आदेश जारी नगर्ने निर्णय गरिएको छ।
संघर्ष समितिले सरकार र सरोकारवालालाई अदालतको आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • खुट्टी खोला नहर बचाउन लहानका किसानको सडक संघर्ष
  • २०८१ पुष १४, आईतवार ००:५७
  • In "BannerNews"
  • प्रलोभन, धाक धम्की र परोपकारका नाममा भईरहेको धर्मान्तरण अपराध हो – भारतिय सर्बोच्च
  • २०८१ पुष १४, आईतवार ००:५७
  • In "अन्तराष्ट्रिय"
  • सर्वोच्चको डिभिजन बेन्चद्वारा गरिएको फैसलाप्रति राष्ट्रिय मुक्ति क्रान्तिको ध्यानाकर्षण
  • २०८१ पुष १४, आईतवार ००:५७
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

पृथ्वी पुनर्स्थापना परियोजनामा युवाको संलग्नता: इटहरीमा भव्य कार्यक्रम

भीम रावलले नयाँ पार्टी घोषणा गर्दै, कर्ण मल्ल र तारा जोशीसँग छलफल

इटालियन महिला पत्रकार इरानमा पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version