राम सेवक राम
लहान। दिदीबहिनी र लक्ष्मीपुर पतारी गाउँपालिकाद्धरा,समुदाय प्रहरी सहकार्य ग्रामिण महिलाहरुको अगुवाईमा सार्वजानिक सुनवाई बहस सम्पन्न भएको छ ।
ग्रामिण महिलाहरुको लागि गाउँपालिका तथा सम्बन्धित सरोकारवाला,स्थानीय सरकारले महिलामैत्री कृषि औजार,तालिम,स्वरोजगार,व्यवस्था गरियोस । पार्वति महिला कृषक समूहको अध्यक्ष राजवति मडले बताउनु भएको छ ।
समयमा वीउ,विजन,गोष्टी,सिचाइको लागि भोल्टेजको व्यवस्थापन गरिनुपर्छ । करार खेती मार्फत भुमिहिन,साना महिला किसान,दलित,व्यरोजगार भएको व्यक्ति,कुपोषित महिलाहरुको लागि पोषण व्यवहार परिवर्तन कार्यक्रम संचालन गरियोस । लक्ष्मीपुर पतारी गाउँपालिका वडा नः २ का प्रेम देवी सिँहले जानकारी दिएका छन । महिला पुरुषहरुको विचमा भएका खाडल, हानिकारक समाजिक मुल्य मान्यता हटाउन,महिला हिँसा, बाल विवाह, दाईजो प्रथा जस्ता रोगहरुलाई समयमा नै उपचार गरिनुपर्छ । शिव महिला कृषक समूहको अध्यक्ष श्यामवती सरदारले जानकारी दिनु भएको छ ।
ग्रामिण महिलाहरुको लागि गाउँपालिकाबाट बर्षायममा डुवानबाट बच्नको लागि पैनी व्यवस्था,,खानेपानी,डुवान सहने जातको वीउहरु उपलब्ध भएमा पकै महिला दिदी बहिनीहरु सक्षम हुदै जाने छ । कुपोषण कम हुदै जानेछ । महिलामैत्री कृषि बजेट छुटाएर काम दिएको भए साना महिला किसान, मजदुर किसानहरुले जिविकोपार्जन गर्नलाई सहज हुने किसान स्वयँसेवक सम्झना सिँहले आफनो मन्त्वय व्यक्त गर्नु भएको छ । महिला किसानहरुको हक,अधिकार बारेमा,भुमिहिन,मजदुर,फरक क्षमता भएका व्यक्तिहरुले नेपालको सँविधान २०७२ मा के व्यवस्था गरिएको छ । धारा ३८ मा व्यवस्था भएका महिलाहरुको हक, अधिकार, काजगमा मात्र सिमित राख्ने हैन व्यवहारमा पनि लागु गरिनुपर्छ दिदी बहिनीका अभियन्ता रिता साहले सहजिकरण माफर्त कुरा व्यक्त गर्नु भएको छ ।
१६ दिने तथा अनुमप अभियान मार्फत लैगिक हिँसा अन्त्य गरिदै पछाडी परेको महिलाहरुलाई शसक्तिकरण गर्नु अनिवार्य देखिएको छ । आज यो लक्ष्मीपुर पतारी गाउँपालिका विभिन्नमा संघ,सस्थामार्फत महिलाहरुको अधिकार पर्ति महिलाहरु सजग बन्दै गएको छ । पहिला यतिको महिलाहरु बोल्न क्षमता थिएन । आफनो कुरा राख्ने,बोल्न सक्ने सिप,क्षमता विकास भएको थिएनन । तर आज यो कार्यक्रम र गाउँपालिका सहजिकरणमा गरिएको लामो प्रयासले आज महिलाहरुले यस्ता हक,अधिकार दावी,विरोधका कुराहरु राखेको देख्दा मलाई धेरै खुशि लागेको छ । यसको लागि गाउँपालिकाको तर्फबाट जसरी भए पनि महिलाहरको दावी,मागलाई सम्बोधन तथा कार्यन्वयन गरिदै लैजाने लक्ष्मीपुर पतारी गाउँपालिका उपाध्यक्ष अमरकला यादवले व्यक्त गर्नु भएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर ः लक्ष्मीपुर पतारी गाउँपालिकाका विभिन्न वडामा भएको धानको बुटामा लसुन खेतीले किसानहरुको जिवनमा र व्यवहारमा परिवर्तन देखिएको छ । जलवायुमैत्री अभ्यासका कामहरु गाउँपालिका मार्फत भएका छन । कम समय,कम लागनी ,कम मेहनेतले हुने खेती हामी सबै गर्नु पर्ने देखिएको छ । यो शुरुवात पनि भएको छ । यो पालिकामा धेरै किसानहरुले धानको बुटामा लसुन खेती गरेर उत्पादन वृद्धि तर्फ आगाडी बढदै छन । कृषि महासंघले पालिकाको साझेदारीमा गरेको कामहरु उदाहरनीय छन । पालिकाबाट समयमा विउ,विजन, उपलब्ध गराएको छौँ । कृषि प्राविधिक ,कृषि प्रसार सेवा गाउँ–गाउँमा उपलब्ध भईरहेको छ । पहिले २ फेज जडान भएको विधुतीकरणलाई भोल्टेज बढाउने र अरु विधुतीकरणको लागि टेन्डर मार्फत काम आगाडी बढाउँदै छौँ । किसानहरुलाई कृषि मिटरबाट लाग्ने रकम निःशुल्क पालिकाबाट गरको छौँ । खनजोत विना खनजोतका प्रविधिहरु अपानाई कृषि तर्फ आगाडी बढदै छ । व्यरोजगार,समस्या, विभिन्न खालका समाजिक,कृषि,पशु,शिक्षा,संचार,स्वास्थ्य,गरिवी,कुप्रथा समस्या पहिचान गरी कार्यक्रम तथा बजेट विनियाजन मार्फत समाधान गर्दै लैजाने छु । लक्ष्मीपुर पतारी गाउँपालिकाले विभिन्न संघ,संस्थाहरुसंग समन्वय र सहकार्य गर्दै काम आगाडी बढाउँदै लगेका छौँ ।














