No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रौतहटको सामुदायिक विद्यालय अंग्रेजी माध्यमको नाममा शुल्क असुल्दै

रौतहटको सामुदायिक विद्यालय अंग्रेजी माध्यमको नाममा शुल्क असुल्दै

रौतहट : रौतहटको एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको नाममा विद्यार्थीबाट पैसा असुल गरको छ । सरकारले शिक्षाको पहुँच सबैमा पुगोस भन्ने उदेश्यका साथ सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेपनि कतिपय विद्यालयले आफुखुशी पैसा असुल्ने गरेको पाइएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन नपाउने व्यवस्था रहेपनि रौतहटको गौरमा रहेको देशकै जेठोमध्येको एक जुद्ध उच्च माध्यमिक विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानुनी रुपले शुल्क उठाउने गरिएको छ ।

विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराएका छ तर अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुले बोर्डिङ्ग स्कुलमा जस्तै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थी तथा अभिभावकले गुनासो गरेका छन् ।

एउटै विद्यालयमा दुई थरिको शिक्षाले सार्वजनिक विद्यालयभित्र पनि धनी र गरीबको वर्गीकरण भएको स्थानीय बताउँछन् । एउटै भवनभित्र दुई किसिमको पठनपाठन र शिक्षा नियमावलीको खिल्ली उडाउँदै मासिक शुल्कसहितको विद्यालय संचालन हुँदासमेत सम्बन्धित निकायले वेबास्था गरेको स्थानीयवासीको आरोप छ ।

विद्यालयले नयाँ भर्ना हुन गएका विद्यार्थीहरुबाट यस शैक्षिक सत्रमा नामांकनको तीन सय, मासिक शुल्क सात सय, परिचय पत्र कार्डको १२० र परीक्षा शुल्क एक सय रुपैयाँका दरले रकम उठाएको छ ।

कक्षा ९ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ २ हजार ७२० रुपैयाँ लिएको विद्यालयले कक्षा अनुसार शुल्क निर्धारण गरेको छ ।

विद्यार्थी संगठनहरुले यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।

यता, विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा आफूहरु समस्यामा परेको जुद्ध उच्च माध्यमिक विद्यालयका प्राधानाध्यापक चन्देश्वर राउतले बताएका छन् ।

विद्यार्थी सँख्या अत्यधिक भएको र शिक्षक दरबन्दी कम भएपछि विद्यालयले आफ्नै श्रोतमा अंगे्रजी माध्यमको कक्षा संचालन गरेको र सोही अनुरुप ३०० देखि ७०० सम्म शुल्क तोकिएको प्रधानाध्यापक राउतले बताए ।

अंग्रेजी माध्यममा पठापाठन गराउने शिक्षकहरुको तलबसमेत न्यून रहेको उनको भनाइ छ ।todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

Next Post
नेपालमा शनिबार थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर

जनकपुरधाममा हात धुने दिवस मनाइए

जनकपुरधाममा हात धुने दिवस मनाइए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...