• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पूर्वमन्त्री रामचन्द्र यादवद्वारा स्थानीय सरकारको प्रभावकारितामाथि प्रश्न


पूर्वमन्त्री रामचन्द्र यादवद्वारा स्थानीय सरकारको प्रभावकारितामाथि प्रश्न

सिरहा, भगवानपुर – नेकपा (एकीकृत समाजवादी) पार्टीले सिरहाको भगवानपुर गाउँपालिकामा बृहत सुभकामना कार्यक्रम सम्पन्न गर्दै पालिका भित्रको नीतिगत भ्रष्टाचारका विभिन्न घटनाहरुलाई सार्वजनिक गरेको छ। यस कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै भ्रष्टाचारका मुद्दामा व्यापक छानबिन र सुधारको माग गरिएको छ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका पालिका अध्यक्ष पदका प्रत्यासी चन्द्र नारायण यादवले भगवानपुर गाउँपालिकामा भ्रष्टाचारको गन्धले समग्र प्रशासनलाई दुर्गन्धित बनाएको आरोप लगाए। उनले पालिका भित्रको नीतिगत भ्रष्टाचारको पर्दाफास गर्दै जनप्रतिनिधिहरुले जनताको सेवा गर्नुभन्दा व्यक्तिगत स्वार्थमा लिप्त भएको उल्लेख गरे। यादवले जनप्रतिनिधिको कर्तव्यप्रति जनताको सशक्त सहभागिता आवश्यक भएको भन्दै सत्यको पक्षमा जनतालाई जागरूक बनाउन आग्रह गरे।
पूर्वमन्त्रीको जनप्रतिनिधिहरुप्रतिको असन्तोष नेपाल सरकारका पूर्व मन्त्री रामचन्द्र यादवले कार्यक्रममा स्थानीय सरकारको प्रभावकारिता र जनप्रतिनिधिहरुप्रतिको आम जनताको असन्तोषको विषयमा सम्बोधन गर्दै स्थानीय सरकारको कार्यशैलीप्रति जनताको विश्वास हराउँदै गएको बताए। यादवले भ्रष्टाचारविरुद्ध जनतामा चेतना र विश्वास बढाउनुपर्नेमा जोड दिँदै यसका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
पार्टीका नेताहरुको उपस्थितिमा भ्रष्टाचार विरुद्ध प्रतिबद्धता कार्यक्रममा जिल्ला अध्यक्ष प्रमोद यादवले पार्टीका विभिन्न तहमा आवद्ध नेताहरुको उल्लेखनीय उपस्थिति रहेको जानकारी दिए। शिक्षक तथा समाजसेवी धर्म देव यादवले उच्चस्तरीय नेताहरुको सहभागिता यस कार्यक्रमको महत्त्वलाई झल्काउने बताउँदै भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ आवश्यक भएको बताए। उनले पार्टीको नीतिगत स्पष्टता र जनपक्षीय भावनाले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
समाजवादी नेता प्रदीप कुमार साहले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित जनतालाई शुभकामना व्यक्त गरे। कार्यक्रममा सहभाागी लहान नगर अध्यक्ष बिनोद साह, नेता राम दयाल यादव, जसपाका नेता बेचन प्रसाद यादव, जनमत पार्टीका केन्द्रिय सदस्य रमेन मण्डललगायत नेताहरुले शुभकामना मन्तव्य राख्दै भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त बनाउन स्थानीय जनतालाई सचेत र सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको संचालन जिल्ला कमिटी सचिवालयका रामचन्द्र यादवले गरेका थिए भने कार्यक्रमको अध्यक्षता स्थानीय नेता तेज नारायण चौधरीले गरेका थिए। चन्द्र नारायण यादवको नेतृत्वमा भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द बनाउँदै नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा पनि यस अभियानलाई थप सशक्त पार्दै जनताको पक्षमा कार्य गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

महेश सिंह

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post

आज काग तिहार मनाइँदै

सिरहाबाट एक मलेसियन नागरिकसहित चारजना ठगी आरोपमा पक्राउ

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version