• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नीमको पातदेखि दालचिनीसम्म : औषधिय गुणले भरिपूर्ण हाम्रो भान्सा


नीमको पातदेखि दालचिनीसम्म : औषधिय गुणले भरिपूर्ण हाम्रो भान्सा

अक्सर हाम्रो भान्सामा अटुट रहने बेसार, लसुन, अदुवा, तेजपत्ता, अलैची, सुकुमेल, मरिच स्वाद र सुगन्धका लागि मात्र उपयुक्त छैनन् । औषधिय गुणले भरिपूर्ण पनि छन् । खासगरी शरीरको रोग प्रतिरोधी क्षमता बढाउनका लागि यस्ता खानेकुरा एवं मरमसला निकै उपयोगी सावित भएका छन् ।

त्यससँगै हामीले आफ्नो भान्सामा अरु यस्ता कुराहरुलाई पनि समावेश गर्न सक्छौं, जसले हामीलाई रोगको संक्रमणबाट बच्न सहयोग गर्छ । जस्तो, ग्रीन टि, केसरयुक्त दुध इत्यादि ।

नीमको पात

नीमको पात सहजै उपलब्ध हुन्छ । त्यसो त नीमको पातदेखि बिज, बोक्रा सबै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दाँतको सफाईमा नीमको दातुन उत्कृष्ट बिकल्प हो । हुन त नीमको पात सोझै सेवन गर्दा धेरै तीतो हुनसक्छ । त्यसलाई पिसेर गोली बनाउने । अतः नियमित रुपमा खाली पेटमा सेवन गर्नुपर्छ ।

यसले रगत शुद्धिकरण गर्छ, प्राकृतिक रुपमा । रोग प्रतिरोधी क्षमता बढाउँछ ।  साथै छाला सम्बन्धी समस्या पनि हटाउँछ । नीमको पात मिश्रण गरिएको पानीले नुहाउँदा छालाको रोग लाग्दैन ।

केसरयुक्त दुध

केशरयुक्त दुधको सेवनले शरीरमा ताकत मिल्छ । यसले छाला, केस, आँखामा राम्रो प्रभाव पार्छ । साथसाथै केसरयुक्त दुधको सेवन यौन दुर्बलतामा पनि फाइदाजनक मानिन्छ । गर्भवतीले केसर मिश्रित दुध पिउनु राम्रो हो । यसले आमा र गर्भको बच्चा दुबैलाई फाइदा गर्छ ।

अदुवाको सेवन

अदुवा, भान्सामा सजिलै पाइन्छ । यसले तरकारीको स्वाद त बढाउँछ नै, स्वस्थ्यका लागि फाइदाजनक पनि हुन्छ । खासगरी चिसोले सताएको छ भने अदुवाको चिया बनाएर पिउनुपर्छ । बाह्य चोट पटकमा समेत औषधीको काम गर्छ यसले । केस झर्नबाट रोक्न, केस उमार्न अदुवाको रस उपयोगी हुन्छ ।

 तुलसीको पात

तुलसी त आर्युवेदमा अति महत्वपूर्ण वनस्पती मानिन्छ । यसलाई हामी घर आँगनमा रोपेर पूज्ने पनि गर्छौ । वास्तवमा तुलसी बहुगुणी वनस्पती हो । दैनिक ५–७ वटा तुलसीको पात खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ । चिसो वा रुँघामा तुलसीको चिया बनाएर सेवन गर्नुपर्छ, फाइदा गर्छ ।

 दही

दहीमा यस्तो सुष्म ब्याक्टेरिया पाइन्छ, जो पाचन यन्त्रका लागि अति फाइदाजनक मानिन्छ । दहीको सेवनले पेट सम्बन्धी रोगबाट छुटकारा मिल्छ । यद्यपी दही बिहान वा मध्यन्हको खानामा मात्र सेवन गर्नुपर्छ । राती दही सेवन गर्नु हानिकारक मानिन्छ ।

ग्रीन टि

ग्रीन टि एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत हो । पेट सफा राख्न, रगतको शुद्धिकरणका लागि समेत ग्रीन टि उपयोगी हुन्छ । ग्रीन टिमा यस्तो तत्व हुन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ । यो छाला, केस, हड्डी स्वस्थ्य राख्न प्रभावकारी मानिन्छ । ग्रीन टिमा एन्टि क्यान्सर गुण समेत हुने अध्ययनहरुबाट थाहा भएको छ ।

गहुँको पातको रस

गहुँको पातको रस निकै उपयोगी हुन्छ, स्वास्थ्यका लागि । यद्यपी धेरै कमलाई मात्र यसबारे थाहा छ । गहुँको पातको रसले खासगरी दम, गलाको इन्फेक्सन, चिसो, रुँघा, पखला लाग्नबाट बचाउँछ ।

बेसार

धेरैले बेसारलाई सामान्य मसालको रुपमा लिन्छन्, जसले सब्जीको रंग र स्वादमा प्रभाव पार्छ । यद्यपी बेसार मसला मात्र होइन, यो उत्तिकै औषधिय गुणले भरिपूर्ण छ । बेसारले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको दुखाई कम गर्न पनि यो उपयोगी हुन्छ । केस, छालाको सौन्दर्य निखार्न समेत बेसारको प्रयोग गर्न सकिन्छ ।

 दालचिनी

दालचिनी धेरै परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ । यसको सेवनले स्वाद मात्र बढ्दैन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसको सेवनले ब्लड शुगर लेभल नियन्त्रणमा सहयोग पुग्छ । त्यसैले खानामा दालचिनीको प्रयोग लाभदायक हुन्छ ।

लसुन

लसुन, जो दिनहुँ भान्सामा प्रयोग हुन्छ । यसलाई पकाएर वा काँचो खान सकिन्छ । लसुनमा भिटामिन बि–६, भिटामिन–सि, आइरन र फस्फोरस जस्ता तत्व पाइन्छ । यसमा एन्टि फंगल र एन्टि ब्याक्टेरियल गुण पनि पाइन्छ । लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

ड्राइ फुड्स

नियमित रुपले ड्राई फुड्स सेवन गर्नुपर्छ । काजु, बदाम आदिको सेवनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ड्राई फुड्समा ओमेगा–३ फ्याटी एसिड, जिंक, म्याग्नेसियम, भिटामिन इ जस्तो तत्व पाइन्छ ।

भिटामिन सि युक्त खानेकुरा

कागति, सुन्तला, अमला, किवी जस्ता फल भिटामिन सिको राम्रो स्रोत हुन् । यस्ता फलको सेवनले पनि रोगसँग लड्ने क्षमता बृद्धि गर्छ ।

मौसमी फल

प्राकृतिले हाम्रो शरीरको आवश्यक्ता अनुसार फलहरु दिएका छन् । जुन मौसममा, शरीरलाई जस्तो पोषण तत्व आवश्यक हुन्छ । त्यही अनुसार फलहरु प्राप्त हुन्छ । त्यसैले मौसम अनुसार फल सेवन गर्नुपर्छ । फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तुलसीको पातका यी फाइदाहरू थाहा पाउँदा छक्क पर्नुहुनेछ
  • २०७७ आश्विन २७, मंगलवार २१:१९
  • In "स्वास्थ्य"
  • हृदयघातले उमेर भन्दैन, यसरी गर्नुस मुटुको हिफाजत
  • २०७७ आश्विन २७, मंगलवार २१:१९
  • In "स्वास्थ्य"
  • वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?
  • २०७७ आश्विन २७, मंगलवार २१:१९
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

अमेरिकी उपराष्ट्रपतिबीचको बहसमा कम्युनिष्ट राष्ट्रको बारेको प्रश्‍नमा चिनियाँ सेन्सर

चीन र पाकिस्तानले पूर्वी तुर्किस्तानमाथिको उत्पीडनबारे विश्वले आँखा बन्द गरुन् भन्‍न चाहन्छन्

चीनले सिमा मिच्दा सरकार चुप लागेर बसेको काङ्ग्रेसको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version