No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

झ्याप्लेखोलामा खसेको पहिरो मलेखु (धादिङ), १६ असोजः निरन्तरको वर्षासँगै गत शुक्रबार राती धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोलामा खसेको पहिरो । यही पहिरोमा पुरिएका तीन वटा सवारीसाधनबाट ३५ जनाले ज्यान गुमाएका छन् । यो तस्बिर पहिरो पन्छाउने क्रममा आइतबार कैद गरिएको हो । तस्बिर ः शंकर श्रेष्ठ÷रासस

मलेखु। साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ।

त्रिभुवन राजपथको नौबिसे नागढुंगा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा सवारीको चाप बढेको हो। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोसी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झण्डै ९० प्रतिशत सडक क्षत्विक्षत छ।

चौकीडाँडा भन्ने ठाउँमा करिब एक सय ५० मिटर सडक पूरै खोलाले कटान गरेको छ। बिपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशको सबै जिल्ला, मधेस प्रदेशको अधिकांश जिल्ला जाने सवारीसाधनले अहिले पृथ्वीराजमार्ग प्रयोग गरिरहेका छन्।

झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका सवारीको चाप त छँदैछ त्यसमाथि बिपी राजमार्गमा चल्ने सवारी पनि थपिँदा पृथ्वीराजमार्ग झन व्यस्त बनेकाले सम्भावित दुर्घटना हुन नदिन ६० जना प्रहरी थपगरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

साना तथा मझौला सवारीलाई मात्रै चल्ने अनुमति भएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलाले सडकको नामनिसाना नरहनेगरी बगाएपछि पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका हुन्। सर्लाही, महोत्तरी, धनुषा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, झापालगायत आवतजावत गर्ने सवारीले काठमाडौंको नागढुंगा, धादिङको नौबिसे, चितवनको मुग्लिनबाट नारायणगढ र मकवानपुरको हेटौँडा हुँदै महोत्तरीको बर्दिवास पुगेर आआफ्नो गन्तव्यतिर लाग्ने गरेका छन्।

बिपी राजमार्ग सञ्चालनमा हुँदा काठमाडौंबाट पाँच घण्टामा बर्दिवास पुगिने भए पनि नागढुङ्गा मुग्लिनको बाटो प्रयोग गर्नुपर्दा काठमाडौंबाट बर्दिवास पुग्न पूर्व जाने सवारीलाई कम्तीमा १३ घण्टा लाग्ने झापा जाँदै गरेको माइक्रोबसका चालक हरिबहादुर राईले बताए। ‘टाइम कार्ड लागू गराएकै भए पनि बनेपा बर्दिवासको बाटो जान पाउँदा बर्दिवास पुग्न पाँच घण्टा जति लाग्थ्यो। नागढुंगाबाट मुग्लिन निस्किएर बर्दिवास पुग्न जाम भएन भने १३ घण्टा लाग्छ’, चालक राईले भने, ‘पृथ्वी राजमार्गमा पनि जताततै पहिरोले गर्दा यसै जाम बढिरहेको छ, जोखिमसहित लामो समय लगाएर यात्रुलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता छ।’

चार दिनसम्म परेको निरन्तरको वर्षात्ले छियाछिया बनेर जोखिमपूर्ण बेनेको सडकमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि अझ बढेको छ। लामो र छोटो दूरीका सवारीसाधनले राजमार्ग भरिभराउ भएका छन्। सामान्यतया दैनिक १३ हजार सवारी आवतजावत हुने पृथ्वीराजमार्गमा दसैँको रौनकले सवारी र यात्रुको चाप बढेको छ नै बिपी राजमार्गमा चल्ने सवारीले पनि यही सडक प्रयोग गर्न थालेपछि राजमार्गमा सवारीको चाप अत्याधिक भएको हो।

सवारी चाप बढेसँगै जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण स्थानमा आलोपालो गरी सवारी पास गराउँदै आएको छ। सडक विस्तारको निर्माण कार्यका कारण साँघुरो भएको राजमार्गमा ठाउँठाउँमा झरेको पहिरोले झनै समस्या थपेको हुँदा सडकको अवस्था हेरी सम्यमतापूर्वक सवारी चलाउन ट्राफिक प्रहरी चालकलाई सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।

पहिरोसहित विभिन्न कारणले सडक एकतर्फी भएका स्थानलाई सवारी गुड्नसक्ने बनाउने र राजमार्गमा प्रहरीको उपस्थिति बढाएर सम्भावित दुर्घटना हुनबाट सचेत गराउने काम भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए। ‘राजमार्गका केही स्थानमा अहिले पनि सवारी एकतर्फी छ। त्यस्ता स्थानमा जाम हुन नदिन प्रहरी निरन्तर खटिरहेको छ’, शाहीले भने।

ठाउँठाउँको पहिरोका कारण राजमाग एकतर्फी छ। त्यसमाथि चालकहरूले लेन अनुशासन पालना नगर्दा झन धेरै जाम भइरहेको छ। पछिल्लो दिनको अवस्था हेर्दा ट्राफिक प्रहरीले मात्रै दसैँको सवारी आवागमन सञ्चालन गराउनसक्ने अवस्था नरहेको भन्दै नागरिक अगुवाहरूले थुप्रै सुझाव दिइरहेका छन्।

सशस्त्र प्रहरी र सेनालाई जोखिम देखिएको राजमार्ग क्षेत्रमा परिचालन गरेर राजमार्गको व्यवस्थापन मिलाउनुपर्ने उनहरूको सुझाव छ। चालकको लापरबाहीले गर्दा पनि सवारी जाम र दुर्घटना बढिरहेकाले राजमार्गको हरेक एक किलोमिटरमा कम्तीमा एक जना प्रहरी खटाएर चालकलाई कटाइका साथ ट्राफिक नियम पालना गराउनुपर्ने नागरिक अगुवा नरेश खतिवडा सामाजिक सञ्जालमामार्फत सुझाव दिएका छन्।

खतिवडाले स्टाटसमा लेखेका छन्, ‘चारपाङ्ग्रे गाडी धार्के–शीतापाइला सडकबाट पठाउ, साना गाडी गल्छी–छरछरे–टोखा सडकबाट पनि पठाउन सकिन्छ। ठूला र हेभी गाडीहरूलाई नौबिसे–नागढुंगा सडक निर्वाध प्रयोग गर्नसक्ने स्थिति बनाउँ। एम्बुलेन्स र सुरक्षा फौजलगायत गाडीहरू सुरुङ मार्ग हुँदै आवतजावत गर्ने व्यवस्था मिलाउ। साना तथा फोरह्विलर गाडीलाई त्रिशूली पारी गल्छी–घाटबेंसी परेवारटार सडक प्रयोग गर्न प्रेरित गर।’ उनले पहिरोले दुःख दिइरहेको ठाउँमा स्काभेटर, लोडर तयारी अवस्थामा राख्न आग्रह गरे।

‘ट्राफिक प्रहरी एकान्त र अप्ठ्यारो ठाउँमा गाडी रोकेर पैसा असुल्नमात्र राजमार्गमा छाडिएको हो भन्ने बुझाइ यात्रुको छ, यो अवस्था तुरुन्त सुधार गरेर राजमार्ग क्षेत्रका स्थानीय जनप्रतिनिधि र सामाजिक व्यक्तित्वको भरपुर उपयोगगरी आमनागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने कुराको प्रत्याभूति दिलाउन सकिन्छ’ खतिवडाले प्रष्ट पारेका छन्।

शंकर श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

Next Post
आजदेखि बडादशैं सुरु

आजदेखि बडादशैं सुरु

बंगलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

बंगलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

जनमतमा परिवारवाद र जातिवाद हावी भएको भन्दै सामूहिक राजीनामा

जनमतमा परिवारवाद र जातिवाद हावी भएको भन्दै सामूहिक राजीनामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .