काठमाडौं । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट स्थित सुनकोशी मरिन डाइभर्सन नजिक भाँसिएको सडक मर्मत गरेर सुचारु भएको छ ।
सिन्धुलीदेखि नेपालथोक प्रहरीबिटसम्म (सय किलोमिटर) सडक डिभिजन खाल्टेले मर्मत गरी सञ्चालनमा ल्याएको हो ।
एकठाउँमा भाँसिएको र विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गराइएको सडक डिभिजन खाल्टेका इन्जिनियर संदेशराज ढुंगेलले जानकारी दिए ।
मंगलबारसम्म खाल्टे डिभिजन कार्यक्षेत्रको विभिन्न सडक मर्मत गरी सुचारु गरिने योजना रहेको उनले बताए ।