No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने अमेरिकी इच्छा, नेपालले दियो यस्तो जबाफ


नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने अमेरिकी इच्छा, नेपालले दियो यस्तो जबाफ

विष्णु पोखरेल

बीबीसी न्यूज नेपाली

काठमाण्डूमा गत साता भएको द्विपक्षीय व्यापार तथा लगानीसम्बन्धी एउटा वार्तामा अमेरिकाले आफ्नो देशबाट नेपालमा सुँगुर र कुखुराको मासु निर्यातका लागि सहजीकरण गरिदिन प्रस्ताव राखेको नेपाली अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार अमेरिकी प्रस्तावबारे नेपाली पक्षबाट सकारात्मक जबाफ दिइएको छ र अमेरिकाले त्यसलाई स्वागत गरेको छ।

यही भदौ ३१ गते काठमाण्डूमा भएको नेपाल–अमेरिका ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको सातौँ बैठकमा अमेरिकाले त्यस्तो प्रस्ताव राखेको थियो।

बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा पनि उक्त कुरालाई उल्लेख गरिएको छ।

नेपाली अधिकारीहरूले नेपालले “खुला व्यापार”को नीति लिएकाले अमेरिकी मासु वा मासुजन्य वस्तु आयातमा कुनै खालको अवरोध नरहेको बताउँदै आएका छन्।

यद्यपि अमेरिकाले यसअघिका टिफा काउन्सिल बैठकहरूमा पनि उक्त विषयलाई उठाउने गरेको थियो।

नेपालले के भन्यो?

उक्त बैठकमा नेपालको नेतृत्व गरेका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीका अनुसार नेपालमा अमेरिकी व्यवसायीहरूले सुँगुर र कुखुराको मासु एवं मासुजन्य वस्तु निर्यातका गर्न चाहेको उक्त देशको वार्ता टोलीले बताएको थियो।

उनले भने, “उहाँहरूको चासो अमेरिकी ‘पोर्क’ र ‘पोल्ट्री’ निर्यात गर्न अमेरिका चाहन्छ, त्यसका लागि उताको गुणस्तर कायम गर्ने संस्थाको प्रमाणपत्र मानेर यहाँ निर्यात गर्न दिनुपर्छ भन्ने रह्यो।”

“हामीले अमेरिकाजस्तो मुलुकले एउटा गुणस्तर कायम गरेर नेपाल पठाउन चाहन्छ भने भविष्यमा त्यसका लागि सकारात्मक छौँ भन्ने हिसाबको छलफल गर्‍यौँ। त्यो एक खाले प्रतिबद्धता जस्तो भएको छ।”

उनले नेपालले खुला व्यापारको नीति अवलम्बन गरेकाले “कुनै देशको कुनै विशेष उत्पादन”का लागि कुनै बन्देज नलगाइएको स्पष्ट पारेको जानकारी पनि दिए।

उक्त बैठकपछि जारी संयुक्त विज्ञप्तिमा त्यसबारे उल्लेख गरिएको छ।

त्यसमा भनिएको छ, “नेपालले अमेरिकी सुँगुर र कुखुराको मासु आयातमा कुनै प्रकारको प्रतिबन्ध नरहेको पुष्टि गरेकोमा अमेरिकाले स्वागत गरेको छ।”

“नेपालले आगामी महिनाहरूमा अमेरिकी सुँगुर र कुखुराको मासु आयात गर्न फूड एन्ड सेफ्टी एन्ड इन्सपेक्सन सर्भिस सर्टिफिकेट (एफएसआईएस फारम-९०६०-५) स्वीकृतिका लागि संयुक्त राज्य अमेरिकालाई आधिकारिक रूपमा सूचित गर्ने आश्वासन दिएको छ।”

साङ्केतिक तस्बिर

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,साङ्केतिक तस्बिर

‘एउटा नौलो कुरा’

अमेरिकी पक्षले नेपालमा सुँगुर र कुखुराको मासु निर्यातका लागि सहजीकरण गरिदिन आग्रह गरेको विषय आफ्ना लागि नौलो भएको नेपाल-अमेरिका व्यापार मामिलामा निजी क्षेत्रबाट संलग्न हुँदै आएका एकजना व्यवसायीले बताएका छन्।

नेपाल-यूएस चेम्बर एन्ड कमर्श एन्ड इन्डस्ट्रीका अध्यक्ष किरण शाख:ले बीबीसीसँग भने, “मैले नेपालमा ‘पोर्क’ र ‘पोल्ट्री’ आयात गर्न लागेको वा निर्यात गर्न लागेको भन्ने मान्छे आजसम्म भेटेको छैन।”

“यसका लागि कुनै अवरोध छ जस्तो लाग्दैन। कैयौँ देशबाट आयात पनि भइरहेको छ। नेपालमा समस्या पनि छैन।”

उनले उक्त बैठकमा नेपालले “समस्या छैन” भनेको आफूले संयुक्त वक्तव्यबाट थाहा पाएको पनि बताए।

तर सन् २०११ देखि हालसम्म नेपाल-अमेरिका व्यापारसम्बन्धी बैठकहरू अगाडि आफूहरूसँग परामर्श गर्ने गरिएको तर कहिल्यै पनि उक्त देशबाट सुँगुर र कुखुराको मासु आयात गर्नेबारे चर्चा नभएको उनको भनाइ छ।

नेपाल अमेरिका व्यापार

नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी, ऊनीका सामान, तयारी पोसाक, नेपाली हातेकागजलगायत पर्छन्
तस्बिरको क्याप्शन,नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी, ऊनीका सामान, तयारी पोसाक, नेपाली हातेकागजलगायत पर्छन्

भन्सार विभाग तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका आयात तथा निर्यातसम्बन्धी विवरणहरू हेर्दा हालसम्म नेपालमा अमेरिकाबाट उल्लेख्य मात्रामा सुँगुर वा कुखुराको मासु आयात भएको देखिँदैन।

यद्यपि नेपालबाट विभिन्न वस्तु निर्यात भएका मुख्य मुलुकमा अमेरिका पर्छ भने उक्त देशबाट नेपालमा पनि प्रसस्तै सामानहरू आयात हुन्छन्।

गत आर्थिक वर्षको विवरणअनुसार भारतपछि नेपालबाट सामान निर्यात हुने दोस्रो स्थानमा अमेरिका परेको छ। तर अमेरिकासँग नेपालको व्यापारघाटा साढे २ अर्ब रुपैँयाभन्दा बढी रहेको छ।

नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुहरूमा गलैँचा, कुकुर र बिरालोको आहारा अर्थात् छुर्पी, ऊनी र फेल्टका सामान, तयारी पोसाक, ग्लासवेयर, पस्मिना शल, सारयुक्त तेल, सङ्गीतका सामान, नेपाली हातेकागज तथा क्रिसमसका सामग्रीहरूलगायत पर्छन्।

गत वर्ष नेपालबाट १७ अर्ब ३१ करोड रुपैयाँ बराबरका सामानहरू निर्यात भएका थिए भने अमेरिकाबाट नेपालमा करिब साढे १९ अर्बका सामानहरू आयात भएका थिए।

अमेरिकाबाट नेपालमा आयात भएका मुख्य वस्तुमा कफी, ड्राइ फ्रुट्स, मशिनरी सामानहरू, हवाई जहाजका पार्टपुर्जा, औषधिजन्य वस्तु, विद्युतीय सामग्री, मदिरालगायत रहेका छन्।

नेपालमा मासु आयातसम्बन्धी नियम

नेपालमा अनुमति नलिइकन मासु आयात गर्न मिल्दैन

तस्बिर स्रोत,DFTQC

अधिकारीहरूले दिएको जानकारीअनुसार नेपालमा तोकिएको मापदण्ड पूरा गरेर मासु वा मासुजन्य वस्तु आयात गर्न सकिन्छ। त्यसका लागि आयातकर्ताले विभिन्न सरकारी निकायहरूबाट पूर्वस्वीकृति भने लिएको हुनुपर्छ।

विशेषगरी खाद्य पदार्थ आयात गर्ने कम्पनीले खाद्य तथा गुण नियन्त्रण विभागबाट समेत त्यस्तो स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी ऐनले विभाग वा विभागले तोकेको कार्यालयबाट पूर्वस्वीकृति नलिइकन खाद्यवस्तु आयात गर्न रोक लगाएको छ।

त्यस्ता वस्तु आयात भएको पाइएमा नाकाहरूमा रहेका खाद्य क्वारन्टीन कार्यालयहरूले नै नियन्त्रणमा लिने र नष्ट गर्ने गर्छन्।

खाद्य तथा गुण नियन्त्रण विभागले हालै निकालेको एउटा सूचनामा पनि खाद्य वस्तु आयात गर्दा पूर्वस्वीकृति लिनका लागि आग्रह गरिएको छ।

त्यसमा भनिएको छ, “…सम्पूर्ण खाद्य पदार्थको पैठारी गर्नुअघि विभागबाट स्वीकृति लिई मात्र आयात गर्ने र भन्सार नाकामा आएपश्चात भन्सार नाकास्थित विभाग अन्तर्गतका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट प्रवेश अनुमति लिई मात्र खाद्य पदार्थ पैठारी गर्नु/गराउनु हुन सम्पूर्ण खाद्य पदार्थ पैठारीकर्ताहरूलाई सूचित गरिन्छ।”

“अन्यथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ।”

अमेरिका किन चाहन्छ मासु निर्यातमा सहजीकरण?

अमेरिकी कुखुराको मासु

अमेरिकी कृषि मन्त्रालयको आर्थिक सर्वेक्षण सेवाको वेबसाइटमा जनाइएअनुसार अमेरिका गाई गोरु, सुँगुर र कुखुराको मासुको विश्वव्यापी रूपमै प्रमुख निर्यातकर्ता हो।

अमेरिकाले त्यसका साथसाथै धेरैखाले दूग्ध उत्पादनहरू पनि विश्वव्यापी रूपमै निर्यात गर्ने गर्छ।

सन् २०२३ मा अमेरिकाबाट निर्यात भएका जनावरजन्य पदार्थको मात्रा कुल कृषिजन्य निर्यातको पाँच भागको एक भाग रहेको त्यहाँको कृषि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा देखिन्छ।

उक्त मन्त्रालयले प्रकाशित गरेको एउटा अनुसन्धानपत्र अनुसार अमेरिकामा उत्पादन हुने मासु र अन्य जनावरजन्य पदार्थका लागि विशेषगरी एशियाली बजार “एउटा अवसर हुने” उल्लेख गरिएको छ।

सुँगुर र कुखुराको मासु निर्यातबारे अमेरिकी प्रस्तावका सम्बन्धमा बीबीसीले टिफासम्बन्धी मामिला हेर्ने अमेरिकी निकाय ‘अफिस अफ द युनाइटेड स्टेस्टस् ट्रेड रेप्रिजेन्टेटिभ’लाई इमेलमार्फत प्रश्नहरू सोधेको थियो। उक्त कार्यालयले हालसम्म त्यसबारेमा बीबीसीका प्रश्नहरूको उत्तर दिइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
मधेशको गृह मन्त्रालयमा मुख्यमन्त्री सिंहको छड्के, स्वीकृति बिनै बिदामा कर्मचारी

मधेशको गृह मन्त्रालयमा मुख्यमन्त्री सिंहको छड्के, स्वीकृति बिनै बिदामा कर्मचारी

गोली प्रहार गरी श्रीमतीको हत्या, बुवा गम्भीर घाइते

गोली प्रहार गरी श्रीमतीको हत्या, बुवा गम्भीर घाइते

सप्तकोशी नदीमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार

सप्तकोशी नदीमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .