No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ठेक्कापट्टा, जिन्सी समान र समाजिक बिकासका कार्यक्रम हत्याउन अग्रिम कमिसन बाड्दै केवट

ठेक्कापट्टा, जिन्सी समान र समाजिक बिकासका कार्यक्रम हत्याउन अग्रिम कमिसन बाड्दै केवट

वीरगंज । पर्सा र बाराका स्थानीय तहको ठेक्कापट्टा तथा जिन्सीका समान खरिद र समाजिक बिकासका कार्यक्रम हत्याउन संघसंस्था माफिया केवटले अग्रिम कमिसन बाड्दै सक्रिय रूपमा लागेको समाचार प्राप्त भएको छ । संघसंस्था माफिया केवटले बारा र पर्साका स्थानीय तहको निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन्।

केवटले गाउँसभा तथा नगरसभा सम्पन्न भइसकेका पालिकाहरुमा योजना खरिद बिक्री गर्न सुरु गरेका छन भने गाउँसभा हुन बाकी रहेका पालिकाहरुमा आफ्ना अनुकुल कार्यक्रम हाल्न जनप्रतिनिधि र कर्मचारीहरुलाई लोभ्याउन अग्रिम कमिसन भेट तथा  लबिङ र सेटिङ मिलाउन सक्रिय रुपमा लागेका छन ।

यति मात्र हैन,केवटले कार्यक्रम हत्याउन प्रमुख प्रशासकिय अधिकृत, योजना प्रमुख र लेखा प्रमुख सरहका कर्मचारी र निर्वाचित जनप्रतिनिधिहरुलाई सैर गराउन टुर घुमाउने देखि वीरगंजको होटेल रेस्टुरेन्टहरुमा मौज गराउने सम्म गर्दै आएका  छन । जसरी पनि योजना हत्याउन मनसाय बनाइ सकेका केवटले यति हद सम्म गिरिसकेका छन कि‘ तपाईँलाई अचम्म लाग्न सक्छ,  अएयासीको लत लागेका केही वडा अध्यक्षहरुलाई उनले लडकी / केटीको सप्लाइ पनि गर्ने गरेको स्रोतको दाबी छ ।

संघसंस्था माफिया आमोद प्रसाद केवट पर्साको छिपहरमाई – २ बडका टिहुकी निवासी हुन । केवटले आफ्ना घरपरिवार तथा आफन्त आसेपासेको नाममा र नक्कली कागजपत्रको अधारमा २ दर्जन भन्दा बढी सामाजिक संघसंस्था फर्म दर्ता गराइ सेटिङमा जिन्सीका समान खरिद, र संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू कमिसनको भरमा आफ्नै फर्मको नाममा हात पारेर कागज मै मिलान गरी बिल भर्पाई बनाइ लाखौँ करोडौँका बजेट लुट्ने गरेका छन ।

पर्सा र बाराका स्थानीय तहमा झोले संघ संस्था माफिया केवटले कब्जामा नै जमाएका छन । स्थानीय तहको बजेट हात पार्न केवटले जनप्रतिनिधि र कर्मचारीहरुलाई अग्रिम कमिसनका रूपमा कुल बजेटको ३० देखि ५० प्रतिशतसम्म कमिसन बुझाएर कार्यक्रमहरु हात पारिरहेको नाम नखोल्ने सर्तमा एक जनाकर्मचारीले बताए । पर्सा र बाराका गाउँपालिका नगरपालिकाहरुमा  संघसंस्था माफिया केवटका कारण कमिसनको गन्ध बढ्दै गएको छ ।

यति मात्र हैन कार्यक्रम हात पार्न बिदेशी रक्सी दारु मासु जनप्रतिनिधि र कर्मचारीहरुको घर घरमा पुर्याएर विभिन्न किसिमका खुसामत गर्ने देखी मोटो रकमको थैली भेट गरि खुसी पारेर संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू, जिन्सीका समान खरिद ,ठेक्का पटा जस्ता कार्यहरू हात पार्ने र बजेटको २० प्रतिसत पनि खर्च नगरी बिल भरपाई मिलाई पहुँच तथा कमिसनको भरमा पैसा निकासा गराई आतङ्क मच्चाउनुको साथै बर्सेनि लाखौँ लाख बराबरको राजश्व चोरी गरिरहेको खुलेको हो। बजेटको २० प्रतिशत खर्च गरि बाकीको रकम कागजी प्रक्रिया पूरा गरि बिल भरपाइ बनाई कमिसनको भरमा पालिकाको रकम झ्वाम पार्ने गरेको आरोप लाग्दै आएको छ ।

कार्यक्रम प्रभावकारी हुनुपर्छ तर पर्सा र बारा जिल्लको अधिकांश पालिकाहरूमा केवटले कमिसन बुझाएर आफ्नो डिजाइनमा जिन्सीका समान खरिद ,ठेक्का पटा, संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू हाल्न लगाई कसैलाई जानकारी नै नदिई जनप्रतिनिधिको आसेपासेहरूलाई बोलाएर साँघुरो कोठामा गुपचुप ढङ्गबाट कागजमै सीमित हुने गरी कार्यक्रम गरेर पालिकाको लगानी बालुवामा पानी हाले सरह गरेको गुनासो बिगत देखि हाल सम्म स्थानीयहरूले गर्दै आएका छन ।

स्थानीय तहका केही कर्मचारीहरुले दलालको भुमिका पनि खेल्ने गरेको समाचार प्राप्त भएको छ । उनिहरु फर्म तथा एनजीओ आईएनजियोकर्मी केवटसंग मिलेर बढी कमिसन आउने कार्यक्रमहरु हाल्न जनप्रतिनिधिहरुलाई लोभ्याउने हाल्न लगाउने र आफूसंग हिमचिम रहेका संघसंस्था माफिया केवटसंग सेटिङ गराई कार्यक्रम दिलाउने देखि मिलेर सेयर हाली काम गर्ने सम्म गरिरहेको खुलेको छ ।

पालिकाका सरकारी कर्मचारीहरू नै गैरसरकारी संघ संस्थावालाहरुसंग मोटो कमिसन बुझेकै कारण सामाजिक विकास कार्यक्रमहरुमा भ्रष्टाचारको सीमा नाघेको छ । पालिकाका केहि कर्मचारीहरुले यसरी खुलेआम नीतिनियमविपरीत संघसंस्थासंग मिलेर काम गरिरहेको भए पनि यसको नियन्त्रणका लागि कतैबाट पनि पहल भएको छैन ।

केवटले वीरगंजमा २/३ किता घडेरीसहित ताजमहज जस्तै अलिसान महलनै बनाएका छन । भ्रष्टाचार गरेर फर्म तथा एनजिओ तथा सङ्घसंस्थाका माफिया केवटले अकुत सम्पत्ति आर्जन गर्न सफल भएका छन् । निकायले गम्भीरताका साथ छानबिन गरेमा भ्रष्टाचार गर्नमा माहिर रहेका सङ्घसंस्थाका माफिया केवटले कतिको भ्रष्टाचार गरेका छन् भने सत्य तथ्य पता लगाउनका लागि उनको सम्पत्ति शुद्धीकरण गरियो भने सबै छर्लङ्ग हुने छ ।

यस्ता झोले संघसंस्था र केही भ्रष्ट कर्मचारीहरूले गर्दा पर्साको अधिकांश राम्रो सङ्घ संस्थाहरूलाई कार्य गर्न अवसर प्राप्त नभएको र यो सामाजिक विकास सम्बन्धी कामहरूको बदनामी भइरहेको छ ।

सङ्घसंस्था माफिया केवटले नाङ्गो भ्रष्टाचार गरेर अख्तियारलाई समेत खुल्ला चुनौती दिइरहेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालले एनजीओ आईनजियोकर्मी तथा संघ संस्था माफिया केवटको काममा निगरानी बढाउन र राम्रो संग छानबिन गरी यस्ता भ्रष्टहरुलाई कार्वाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

Next Post
टिभीमा काम गर्ने सहमति गरेर ८ महिनामै छोडेका कारण समस्या भयोः कुमार रम्तेल

टिभीमा काम गर्ने सहमति गरेर ८ महिनामै छोडेका कारण समस्या भयोः कुमार रम्तेल

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .