No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँ: राष्ट्रपति पौडेल


राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँ: राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन्।

संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उक्त अपिल गरेका हुन्। उनले भने, ‘हामी संकल्प गरौँ की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन्। नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन।’

राष्ट्रपति पौडेलले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै भने, ‘लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ, लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ । हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण सङ्कल्प गरौँ, पहिलो संकल्प गरौँ, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौँ। जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछाँै र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ। अर्को संकल्प गरौँ कि हामी सुशासन प्रति प्रतिबद्ध रहने छौँ तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ।’

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेस्रो सङ्कल्प गर्न आग्रह गरे। उनले भने, ‘भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्धति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ।’ जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौँ भन्ने अर्को संकल्प गर्न उनले आग्रह गरे। ‘पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ’, राष्ट्रपति पौडेलले भने।

यी संकल्प गर्दै मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए।

‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस’, राष्ट्रपति पौडेलले भने। उनले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तिब्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता हो भने।

राष्ट्रपति पौडेलले वेथिति र अनियमितताको अन्त्यमा जोड दिए। ‘वेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरूलाई जिर्ण र विश्वासहिन बनाउने चिन्ता सर्वत्र भइरहेको छ। यसबाट नागरिकको भरोसा नडगमगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनःस्थापित नगरी न त हामी संविधानका लक्ष्यहरू प्राप्त गर्न सक्छौँ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ। आजका दिनमा हामीले भ्रष्टाचारमा शून्य सहनसिलतालाई कडाइका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ’, उनले भने।

उत्साह र उमंगका साथ आज संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बाल्न राष्ट्रपति पौडेलले आग्रह गरे। ‘यो निरास बस्ने समय होइन, यो हामीबीच आरोप प्रत्यारोप गर्ने समय होइन, यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन, यो एकताबद्ध हुने समय हो, यो आफैँप्रति विश्वस्त हुने समय हो, यो भविष्य उन्मुख हुने समय हो, आजको दिनले हामी सबैलाई निरासाबाट आशा र समृद्ध नेपाल निर्माणको बाटोतिर जान प्रेरणा दिन सकोस्’, राष्ट्रपति पौडेलले भने।

आफ्नो संविधान आफैँ लेख्न पाउने हामीले पाएको यो सौभाग्य र अवसर कमैमात्र मुलुकका नागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो गौरवशाली विश्व इतिहास कायम गर्न सफल भएकामा आजको विशेष दिनमा देशभित्र र बाहिर रहनु हुने सम्पूर्ण नेपालीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे। ‘यो संविधानले हामीलाई लोकतन्त्र दिएको छ र हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौँ । यो संविधानले हामीलाई संघीयता दिएको छ, अधिकार सम्पन्न स्थानीय तह दिएको छ र केन्द्रको अधिकार गाउँ गाउँसम्म पु¥याउने अवसर दिएको छ’, उनले भने, ‘एकात्मक र केन्द्रिकृत शासन प्रणालीको बदलामा प्राप्त संघीयता हाम्रा लागि संविधानले दिएको महत्वपूर्ण उपहार हो, त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र साकार पारौँ।’

वर्तमान संविधानले बहुलवादमा आधारित एक समावेशी नेपाल बनाउने अवसर दिएको र यसले निरंकुश तथा केन्द्रिकृत राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई मालिक बनाएको उनको भनाइ थियो। ‘राज्यशक्तिको स्रोत अब नेपाली नागरिक भएका छन्’, राष्ट्रपति पौडेलले भने।

लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भइ अहिले संविधानतः तीनै तहका सरकार क्रियाशील रहेको र सरकारमार्फत एक नयाँ भविष्यको यात्रामा आबद्ध भएका छौँ भन्दै उहाँले संविधानले प्रदान गरेका यी महत्वपूर्ण उपलब्धिहरू भएको उल्लेख गरे। यिनै उपलब्धिहरूका जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको उनले विश्वास व्यक्त गरे।

‘त्यो यात्रा मुख्यतः नेपाली नागरिकले परिवर्तनका आन्दोलनमा देखेका सपना पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वाससहितको गौरवमय यात्रा हुनुपर्छ भन्ने पनि मलाई लाग्छ, अतः यो हाम्रो पुस्ताको काँधमा आएको महत्वपूर्ण जिम्मेवारी पनि हो भनेर हामी सबैले बुझ्नुपर्छ, यो जिम्मेवारी पूरा गर्न एउटा लक्ष्यसहित अघि बढ्न आज हामी दृढ भएर संकल्प गरौं’, राष्ट्रपति पौडेलले भने।

संविधानमार्फत यो राष्ट्र निर्माणको समय हो र यसका लागि हामीले राज्यको आवधिक र दीर्घकालीन लक्ष्य निर्धारण गर्न आवश्यक छ भन्नेमा राष्ट्रपति पौडेलले जोड दिए। ‘जुन लक्ष्य, हामी सबै नेपालीको साझा लक्ष्य बनोस्, जुन लक्ष्य, हाम्रा सबै राजनीतिक दलको साझा लक्ष्य बनोस्, जुन लक्ष्य, हाम्रा प्रत्येक युवाहरूको साझा लक्ष्य बनोस् र त्यसले हामी सबैलाई एकतावद्ध भइ अगाडि बढ्न प्रेरित गरोस’, उनले भने।

राष्ट्रपति पौडेलले यसले गर्दा हाम्रा सन्ततिहरूले भोलि हामीमाथि गर्व गरुन् र भनुन् हाम्रा पुर्खाहरूले आजभन्दा धेरै वर्ष अगाडि जुन लक्ष्य बनाए, त्यो नै हाम्रो स्वर्णकाल हो, हाम्रा पुर्खाहरूले लोकतन्त्रको आलोकमा अगाडि बढ्ने जुन संकल्प गरे, त्यो इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षण थियो भने।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभाव तथा सर्वसाधारणको उपस्थिति थियो। सो अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
योजनामा फँसाएर गरिब घरपरिवारको बिल्लीबाठ

योजनामा फँसाएर गरिब घरपरिवारको बिल्लीबाठ

संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .