• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नवजात छोरीहरूको हत्या गर्ने काम छोडेर बचाउन थालेका सुँडेनीहरूको कथा


नवजात छोरीहरूको हत्या गर्ने काम छोडेर बचाउन थालेका सुँडेनीहरूको कथा
  • अमिताभ पराशर पदनाम
  • Role,बीबीसी आइ इन्भेस्टिगेशन

सुँडेनीको काम गर्ने सिरो देवीले मोनिका थट्टेलाई अँगालो हालेर रोइन्। ३० वर्ष पुग्ने क्रममा रहेकी मोनिका भारतको आफ्नो जन्मभूमि रहेको नगरमा फर्किएकी छन् जहाँ सिरोले सयौँ बच्चा जन्मिँदा सुँडेनीको काम गरेकी छन्।

तर यो स्वतःस्फूर्त रूपमा भएको पुनर्मिलन होइन। सिरोको आँसुको पछाडि पीडादायी इतिहास छ।

मोनिकाको जन्म हुनुभन्दा केही समय मात्रै अघिसम्म सिरो देवी र उनीजस्ता धेरै सुँडेनीहरूलाई नवजात छोरीहरूलाई मार्न दबाव दिइन्थ्यो।

प्रमाणले देखाए अनुसार मोनिका एक त्यस्ती हुन् जसलाई सुँडेनीहरूले बचाए।

मैले विगत ३० वर्षदेखि सिरो देवीको कथालाई पछ्याउँदै आएको छु।

भारतको बिहार राज्यमा सन् १९९६ मा सिरो देवी र उनीजस्तै सुँडेनीको काम गर्ने अन्य चार महिलाहरूको मैले अन्तर्वार्ता लिएको थिएँ।

एउटा गैरसरकारी संस्थाले बिहारको कटिहार जिल्लामा नवजात छोरीको मृत्युमा यी सुँडेनीहरूको हात रहेको पत्ता लगाएको थियो। यी सुँडेनीहरूले आमाबुवाको दबावमा नवजात छोरीहरूलाई या त रासायनिक पदार्थ खुवाएर वा घाँटी दबाएर मार्ने गरेका थिए।

मैले अन्तर्वार्ता लिएका सुँडेनीहरूमध्ये हकिया देवी सबैभन्दा जेठी थिइन्। त्यति बेला उनले १२/१३ नवजात छोरीहरूलाई मारेको बताएकी थिइन्।

अर्की सुँडेनी धर्मी देवीले आफूले त्योभन्दा पनि धेरै १५ देखि २० छोरीहरूको हत्या गरेको स्वीकार गरेकी थिइन्।

तर, जसरी तथ्याङ्क सङ्कलन गरिएको थियो, त्यसबाट कति बालिकाको हत्या भएको थियो होला भन्न सम्भव छैन।

तर सन् १९९५ मा एउटा गैरसरकारी संस्थाले उनी र उनीजस्ता ३० सुँडेनीहरूसँगको अन्तर्वार्तामा आधारित प्रतिवेदन प्रकाशित गरेको थियो। उक्त प्रतिवेदनको मूल्याङ्कन सही हो भने प्रत्येक वर्ष एउटा जिल्लामा ३५ सुँडेनीहरूले एक हजारभन्दा बढी बालिकाको हत्या गरेका थिए।

प्रतिवेदनका अनुसार त्यति बेला बिहारमा ५ लाखभन्दा बढी सुँडेनी काम गर्थे र शिशु हत्या बिहारमा मात्रै सीमित थिएन।

हकिया देवीले नवजात बालिकालाई मार्ने आदेश पालना गर्नुबाहेक सुँडेनीसँग अर्को विकल्प नभएको बताइन्।

“परिवार कोठाको ढोका भित्रबाट बन्द गरेर लठ्ठी लिएर हाम्रो पछाडि उभिन्थे,” हकिया देवीले भनिन्। “हाम्रा अहिले नै चार/पाँच जना छोरी छन्। हाम्रो सबै सम्पत्ति यिनीहरूमै सकिन्छ। यी छोरीलाई दाइजो दिएपछि हामी भोकै मर्नुपर्ने खतरा हुन्छ। अहिले अर्की छोरी जन्मिएकी छ। उसलाई मार।”

“हामीले कसलाई उजुरी गर्नु? हामी डराएका थियौँ। प्रहरीमा उजुरी गर्न गएको भए हामी फस्ने थियौँ। र, हामीले यस विरुद्ध आवाज उठाएको भए गाउँलेहरूले धम्की दिने थिए,” उनले भनिन्।

तस्बिरको क्याप्शन,सन् १९९० को दशकमा सुँडेनीहरूसँग अमिताभले असाधारण अन्तर्वार्ताहरू गरेका थिए

भारतको ग्रामीण भेगमा सुँडेनीहरूको भूमिका परम्परामा निहित छ जुन गरिबी र जात व्यवस्थाको कठोर यथार्थबाट गाँजिएको छ। मैले अन्तर्वार्ता लिएका सुँडेनीहरू भारतको जात व्यवस्थामा तल्लो जातमा पर्नेहरू हुन्।

यी सुँडेनीहरूले आफ्ना आमा र हजुरआमाबाट बच्चा जन्माउने काम सिके।

उनीहरू यस्तो परिवेशमा हुर्किए जहाँ शक्तिशाली र उच्च जातीय परिवारको आदेशको नमान्ने कुरा कल्पनै गर्न सकिँदैन्थ्यो।

बच्चाको हत्याको बदलामा सुँडेनीलाई साडी, एक बोरा अन्न वा केही पैसा दिने वाचा गरिएको हुन्थ्यो।

तर कहिलेकाहीँ त्यो पनि दिइन्नथ्यो। छोरा जन्मिए एक हजार रुपैयाँ जति र छोरी जन्मिए ५ सय रुपैयाँ दिने गरिन्थ्यो।

समाजमा यस्तो असन्तुलन हुनुको कारण भारतमा दाइजो दिने र लिने चलनले गहिरोसँग जरा गाड्नु भएको उनीहरू बताउँछन्। सन् १९६१ मा दाइजो लिने र दिने कुरालाई गैर कानुनी बनाइयो ।

तर पनि सन् १९९० को दशकमा पनि दाइजो दिने र लिने चलन बलियो रहिरह्यो र आज पनि यो निरन्तर चलिरहेको छ ।

दाइजो भनेको नगद, गरगहना, भाँडाकुँडा आदि जे पनि हुन सक्छ। तर धनी वा गरिब जे भए पनि धेरै परिवारका लागि दाइजो विवाहको एउटा सर्त हो। यही कारण आज पनि धेरैका लागि छोराको जन्म उत्सव हुने गरेको छ भने छोरी जन्म आर्थिक बोझ हुने गरेको छ।

मैले अन्तर्वार्ता लिएका सुँडेनीहरूमध्ये सिरो देवी मात्रै अहिले जीवित छिन्। छोरा र छोरीबीचको यो असमानताको व्याख्या उनले स्पष्ट उदाहरण दिएर गरिन्।

तस्बिरको क्याप्शन,सिरो देवीले सानो उमेरबाटै सुँडेनीको रूपमा काम गर्न थालेकी थिइन्

“छोराको हैसियत माथि छ, छोरीको तल। छोराले आमाबुवाको हेरचाह गरोस् नगरोस् तर सबैले छोरा नै चाहन्छन्।”

भारतमा छोरालाई दिएको महत्त्व राष्ट्रिय स्तरको तथ्याङ्कमा देख्न सकिन्छ।

सबैभन्दा भर्खरको सन् २०११ को जनगणनामा, १००० पुरुषको अनुपातमा महिलाको सङ्ख्या ९४३ रहेको थियो।

सन् १९९० को दशकको तुलनामा यो तथ्याङ्कमा सुधार भएको हो। सन् १९९१ को जनगणनामा यो एक हजार पुरुषको अनुपातमा महिलाहरूको सङ्ख्या ९२७ थियो।

तस्बिरको क्याप्शन,अनिला कुमारी (बायाँबाट दोस्रो)ले सन् १९९० को दशकमा सुँडेनीहरूबारेको धारणा परिवर्तन गर्न सफल भइन्

सन् १९९६ मा यी सुँडेनीहरूको बयान मैले खिचिसक्दासम्म एउटा सानो र मौन परिवर्तन भने सुरु भइसकेको थियो। सुँडेनीहरू जसले आदेशमा छोरीहरू मार्थे उनीहरूले त्यसो नगर्न थालिसकेका थिए।

यो परिवर्तनका लागि अनिला कुमारीले झकझकाएकी हुन्। उनी बिहारको कटिहर जिल्लाका गाउँहरूमा महिलालाई सहयोग गर्ने सामाजिक कार्यकर्ता हुन्। उनी नवजात छोरीहरूलाई मारिनुका कारणहरूको जड नै सम्बोधन गर्नका लागि समर्पित थिइन्।

अनिला कुमारीको त्यस्ता विषय सम्बोधन गर्ने तरिका साधारण थियो। उनी सुँडेनीहरूलाई सोध्थिन्, “आफ्नै छोरीलाई भए तिमी यसो गर्थ्यौ?”

यो प्रश्नले वर्षौँदेखिका यस्ता कुरालाई स्पष्ट रूपमा चिर्‍यो। यी सुँडेनीहरूले सामुदायिक समूहहरूमार्फत् केही आर्थिक सहयोग प्राप्त गरे। त्यसपछि बिस्तारै हिंसाको यो चक्र बिथोलियो।

सिरोले सन् २००७ मा मसँग कुरा गर्दै यो परिवर्तनको व्याख्या गरिन्।

“अब मलाई कसैले बच्चा मार्न भन्यो भने म “हेर्नुस, बच्चा मलाई दिनुहोस्। म अनिला म्याडमकहाँ लैजान्छु भन्छु’।”

ती सुँडेनीहरूले कम्तीमा पाँच नवजात छोरीहरूलाई बचाएका थिए। ती छोरीहरूलाई उनीहरूका परिवारले या त मार्ग चाहेका थिए वा त्यागेका थिए।

ती पाँचमध्ये एक जना छोरी बाँच्न सकिनन्। अनिलाले बाँकी चार जना छोरीहरूलाई पटनाको एउटा गैरसरकारी संस्थामा पठाइन्। उक्त संस्थाले ती छोरीहरूलाई धर्मपुत्री बनाउने अभिभावकको व्यवस्था गरिदिएको थियो।

यो कथा यहीँ सकिन सक्थ्यो। तर उद्धार गरी धर्मपुत्र ग्रहण गर्न छोडिएका छोरीहरूलाई के भयो होला र जिन्दगीले उनीहरूलाई कहाँ पुर्‍यायो होला भनेर म जान्न चाहन्थेँ।

अनिलाका रेकर्डहरू स्पष्ट रूपमा राम्ररी राखिएका थिए तर तिनमा धर्मपुत्री ग्रहण गरेपछिका केही विवरणहरू मात्रै थिए।

बीबीसी विश्व सेवाको टोलीसँग काम गर्दा म मेधा शेखर नाम गरेकी महिलाको सम्पर्कमा आएँ। सन् १९९० को दशकमा मेधाले बिहारमा शिशुहत्याबारे अनुसन्धान गरेकी थिइन्। अनिलाले उद्धार गरेका नवजात छोरी र सुँडेनीहरू उनको गैरसरकारी संस्थामा आउन थालेका थिए।

अचम्म के भने, मेधा अझै पनि एक युवतीसँग सम्पर्कमा थिइन्, जो उनी ठान्छिन् कि उद्धार गरिएका छोरीहरू मध्येकै एक हुन्।

सुँडेनीहरूले उद्धार गरेका सबै नवजात छोरीहरूको नाम दिनुअघि तिनीहरूको नाममा कोसी जोडेको अनिलाले बताइन्। यो उनीहरूले बिहारको कोशी नदीप्रति जनाएको सम्मान थियो।

मोनिकाको नाममा पनि ‘कोसी’ जोडिएको मेधालाई याद छ। यो उनलाई धर्मपुत्रीका रूपमा लगिनु अघिको कुरा हो।

उनको जिम्मा लिने निकायले हामीलाई मोनिकाको विवरण हेर्न नदिएका कारण यसबारे हामी कहिल्यै यकिन हुन सकेनौँ।

तर उनको जन्मस्थान पटना, उनको अनुमानित जन्म मिति र उनको नाम अगाडि ‘कोसी’ उपसर्गले हामीलाई एउटै सम्भावित निष्कर्षमा पुर्‍याउँछ: अनिला र सुँडेनीहरूले बचाएका पाँच छोरीहरूमध्ये उनी एक हुन्।

जब म उनी (मोनिका) लाई भेट्न करिब २,००० किलोमिटर टाढा पर्ने पुणे पुगेँ, उनले मायालु परिवारले आफूलाई ग्रहण गरेका कारण आफू भाग्यमानी भएको बताइन्।

तस्बिरको क्याप्शन,मोनिका आफ्नो बुबासँग जसले उनलाई तीन वर्षको उमेरमा धर्मपुत्रीका रूपमा ग्रहण गरेका थिए

“मेरो परिभाषामा सामान्य खुसी जीवन यही हो र म यस्तै जीवन बाँचिरहेकी छु,” उनले भनिन्।

मोनिकालाई थाहा थियो कि उनलाई बिहारबाट धर्मपुत्रीका रूपमा ग्रहण गरिएको हो। तर हामीले मोनिकालाई उनको अवस्थाको बारेमा थप विवरण दिन सक्यौँ।

यो वर्षको सुरुमा मोनिका अनिला र सिरो देवीलाई भेट्न बिहार गएकी थिइन्। मोनिकाले आफूलाई अनिला र ती सुँडेनीहरू जस्ता महिलाहरूको कडा परिश्रमले गर्दा आफूले त्यस्तो जीवन भोग्न पाएको रूपमा हेरिन्।

“परीक्षामा राम्रो गर्नका लागि धेरै तयारी गर्ने व्यक्तिजस्तै मलाई पनि त्यस्तै महसुस हुन्छ। उनीहरूले कडा परिश्रम गरेका थिए र अहिले उनीहरू परिणामलाई लिएर उत्सुक छन्… पक्कै पनि म उनीहरूलाई भेट्न चाहन्छु।”

तस्बिरको क्याप्शन,यतिका वर्षपछि मोनिकालाई भेट्दा अनिला खुसीले गदगद छिन्

मोनिकालाई भेट्दा अनिलाको आँखाबाट खुसीका आँसु झरे। तर सिरोको प्रतिक्रिया भने फरक थियो।

उनले मोनिकालाई अँगालो हालेर बेस्सरी रोइन् र उनको कपाल मुसारिन्।

“तिम्रो ज्यान जोगाउन मैले तिमीलाई अनाथालयमा लिएर गएँ… मेरो आत्माले अब शान्ति पाएको छ,” उनले भनिन्।

तर यो विषय अझै सकिएको छैन। छोरीहरूप्रति अझै केही मानिसहरूको मनमा पूर्वाग्रह छ।

अहिले शिशु हत्याको खबर तुलनात्मक रूपमा दुर्लभ छ। तर सन् १९९४ मा सरकारले शिशु हत्यालाई गैर कानुनी बनाए पनि छोराछोरी के छ भनेर हेर्ने अनि भ्रूण हत्या गर्ने घटनाहरू अझै भइरहेका छन्।

उत्तर भारतका केही ठाउँमा बच्चा जन्मिँदा गाइने लोकगीत सोहर छोराहरू जन्मिँदा सुन्नका लागि भनेर गाइन्छ।

सन् २०२४ मा पनि स्थानीय गायकहरूले छोरी जन्मेको खुसी झल्काउनका लागि गीतको शब्द परिवर्तन गर्ने प्रयास गर्नु पर्ने भएको छ।

हामीले हाम्रो वृत्तचित्र छायाङ्कन गर्दा कटिहारमा दुई नवजात छोरीहरू भेटिए।

यीमध्ये एक बालिकालाई झाडीमा र अर्कीलाई सडक छेउमा फालिएको थियो। दुवै छोरी जन्मेको केही घण्टा मात्रै भएको देखिन्थ्यो। तिनीहरूमध्ये एकले ज्यान गुमाइन् र अर्कीलाई धर्मपुत्री बनाउनका लागि पठाइयो।

तस्बिरको क्याप्शन,बीबीसीले भिडिओमा काम गरिरहँदा दुई बालिकालाई यसरी फालिएको अवस्थामा भेटिएको थियो

बिहार छोड्नुअघि मोनिकाले कटिहारको स्पेशल एडप्शन सेन्टरमा गएर यी बालिकालाई भेटेकी थिइन्।

शिशु हत्या घटे पनि छोरी जन्मेपछि फाल्ने गरेको थाहा पाउँदा आफूलाई त्यसले नराम्रो महसुस गराएको उनले बताइन्।

‘यो एक चक्र हो… म आफूलाई त्यहाँ भएको देख्न सक्छु, आज म जस्तै अर्को छोरीको अवस्था पनि छ भन्ने देख्छु।”

तर, त्यहाँ केही खुशी हुनुपर्ने समानताहरू पनि थिए।

ती छोरीलाई उत्तर पूर्वी राज्य आसामका एक दम्पतीले धर्मपुत्री बनाएका थिए। उनहरूले उनको नाम ‘एधा’ राखे। जसको अर्थ खुसी हो।

तस्बिरको क्याप्शन,जन्मेपछि छाडिएकी छोरीलाई आसामको एक परिवारले धर्मपुत्रीका रूपमा लिएको छ। उनको नाम एधा हो।

“हामीले उनको तस्बिर देख्यौँ र हामी स्पष्ट थियौँ कि एक पटक त्यागिएकी बच्चीलाई फेरि त्याग्न सकिँदैन,” भारतीय हवाई फौजमा अधिकृत रहेका गौरवले भने। उनले एधालाई धर्मपुत्रीका रूपमा लिएका हुन्।

प्रत्येक साता गौरवले एधाका भिडिओहरू पठाउँछन्। कहिलेकाहीँ म ती भिडिओहरू मोनिकासँग पनि शेअर गर्छु।

फर्केर हेर्दा, मलाई लाग्छ कि यो विषयबारेका समाचारमा बितेका ३० वर्ष केवल विगत मात्रै थिएन। ती त सामना गर्नुपर्ने पीडादायी सत्यहरू थिए।

विगतका गल्तीहरू मेटाउन सकिँदैन। तर परिवर्तन गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मस्क र रामास्वामीले थाले काम, बिना पारिश्रमिक काम गर्न कर्मचारी माग
  • २०८१ आश्विन १, मंगलवार २२:२३
  • In "BannerNews"
  • चीनको गतिविधि रोक्न अमेरिका र इयुले सँगै काम गर्ने
  • २०८१ आश्विन १, मंगलवार २२:२३
  • In "BannerNews"
  • शिरमा देश र मनमा मधेस राखेर काम थालेको छु : प्रदेश प्रमुख अहिराज
  • २०८१ आश्विन १, मंगलवार २२:२३
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

लेबनानमा पेजर विष्फोटमा इरानी राजदूतसहित २८०० जना घाइते, अहिलेसम्म नौ जनाको मृत्यु

लेबनानमा पेजर विस्फोटको कारण के हो ?

लेबनानमा ३ हजारभन्दा धेरै मानिसको खल्तीमा राखिएका पेजर एकैचोटी कसरी पड्किए ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version