• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सूर्यनाथ राना स्मृति अस्पताल १४ वर्षपछि सञ्चालनको तयारी


सूर्यनाथ राना स्मृति अस्पताल १४ वर्षपछि सञ्चालनको तयारी

धनुषा। धनुषाको सहिदनगर नगरपालिकास्थित डुमरियामा निर्माण गरिएको सहिद सूर्यनाथ राना स्मृति अस्पताल १४ वर्षपछि अन्ततः सञ्चालनमा आउने भएको छ । मधेस सरकारले आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय गरेपछि अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण र औषधी पठाउने काम सुरु भएको छ ।

मुख्यमन्त्री सतिस सिंहका अनुसार, अस्पतालको भौतिक संरचना तयार भएको १४ वर्षपछि यसलाई सञ्चालनमा ल्याउन लागिएको हो । स्थानीय बासिन्दाले अस्पताल अभावका कारण धेरै सास्ती खेप्नु परिरहेको गुनासो गर्दै आएका थिए । यसलाई ध्यानमा राख्दै प्रदेश सरकारले अस्पतालको अवलोकन गरेको थियो । अवलोकनपछि अस्पताल सञ्चालनले जनतालाई राहत दिने निष्कर्ष निकालेर सरकारको मातहतमा ल्याउने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री सिंहले जानकारी दिए अनुसार, सहिद सूर्यनाथ राना स्मृति अस्पतालसँगै धनुषा, पर्साको पोखरिया अस्पताल, सप्तरीको सहिद राजीव रामकृष्ण प्रादेशिक अस्पताल, र सर्लाहीको बैजनाथ आमा तथा बाल अस्पताललाई प्रदेश सरकारको मातहत राखेर सञ्चालन गरिनेछ । मन्त्रीपरिषद्बाट यी चारै अस्पताललाई ५० शय्याका रुपमा सञ्चालनको अनुमति दिने निर्णय भइसकेको छ ।

सहिद सूर्यनाथ राना स्मृति अस्पताल एक महिनाभित्र सेवा दिन सुरु गर्नेगरी काम अघि बढाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए । लामो समयदेखि अस्पताल सञ्चालनमा नआउनुको प्रमुख कारण अस्पतालको व्यवस्थापनमा स्पष्टता नहुनु रहेको स्थानीयले बताएका छन् ।

स्थानीय बासिन्दा दीपेन्द्र यादवले अस्पताल सञ्चालन हुने खबरले खुसी छाएको बताए । उनले भने, “करिब १४ वर्षदेखि हामी यो अस्पताल सुरु होस् भनेर प्रयासरत थियौं, तर सफल हुन सकेको थिएन । अस्पताल नहुँदा जनकपुरसम्म जानुपर्ने बाध्यता थियो, अब त्यो समस्या हट्ने भएको छ ।”

मधेस सरकारले १९ असारमा प्रदेशका चार अस्पताललाई आफ्नो मातहतमा लिएर सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, र स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत आवश्यक उपकरण र औषधी पठाइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सञ्जय ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन
  • २०८१ भाद्र २०, बिहीबार २०:५१
  • In "BannerNews"
  • पत्रकारलाई उपचारमा ४० प्रतिशत छुट
  • २०८१ भाद्र २०, बिहीबार २०:५१
  • In "गण्डकी प्रदेश"
  • सहिद यादवको १९ औं स्मृति दिवस मनाइयो
  • २०८१ भाद्र २०, बिहीबार २०:५१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

बदनामीको डरले अपारदर्शी बन्दै मधेशको मुख्यमन्त्री कार्यालय

चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो

सर्वोच्चद्धारा एआईजी ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version