• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालबाट भएको विमान अपहरणबारे बनेको नेटफ्लिक्स शृङ्खला विवादमा


नेपालबाट भएको विमान अपहरणबारे बनेको नेटफ्लिक्स शृङ्खला विवादमा
  • नेयाज फारूकी
  • Role,बीबीसी न्यूज, दिल्ली

डिसेम्बर २४ सन् १९९९ मा नेपालबाट उडेपछि अपहरणमा परेको भारतीय यात्रुवाहक विमानबारे बनेको एउटा वेब शृङ्खलामा केही पात्रको नामको विषयमा भारतमा प्रश्न उठेको छ।

अनुभव सिन्हाले निर्देशन गरेको वेब शृङ्खला ‘आईसी ८१४ : द कान्दहार हाइज्याक’ को कथावस्तु काठमाण्डूबाट दिल्लीका लागि उडेको भारतीय यात्रुवाहक विमान अपहरणमा केन्द्रित छ। भारतीय जेलमा रहेका आफ्ना लडाकुहरूको रिहाइ माग गर्दै तालिबानले विमान अपहरण गरेर अफगानिस्तानको कान्दहार पुर्‍याएको थियो।

उक्त शृङ्खलाका पात्रको नामको विषयलाई लिएर सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले बहस सुरु गरेका थिए।

विवादपछि भारतको सङ्घीय सरकारले वेब शृङ्खलाको निर्माता ‘नेटफ्लिक्स’लाई सोधपुछका लागि बोलाएको समाचार प्रकाशित भएको छ। त्यसपछि नेटफ्लिक्सले शृङ्खलाको सुरुमा देखाउने सूचनामा परिमार्जन गरेको छ।

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,विमान अपहरण गरेर कान्दहार लगिएको थियो। कान्दहारमा तालिबानका एक अधिकारीले अपहरणकारीहरूको माग भएको पत्र लिएका थिए

सन् १९९९ मा के भएको थियो?

विमान आठ दिनसम्म अपहरणकारीको नियन्त्रणमा रहेपछि भारत सरकार र अपहरणकारीबीच सम्झौता भएको थियो। विमान र यात्रु फिर्ता ल्याउन भारतले मसूद अजहरसहित अरू लडाकुहरूलाई मुक्त गरेको थियो।

रिहाइपछि जैस-ए-मोहम्मद समूह स्थापना गरेका अजहरले भारतले कैयौँ आक्रमण गरेको आरोप दिल्लीले लगाउँदै आएको छ। संयुक्त राष्ट्रसङ्घले समेत उनलाई आतङ्ककारी घोषणा गरेको छ।

अजहर र अन्य लडाकुलाई जेलमुक्त गर्ने भारतको निर्णय त्यस बेला विवादित बनेको थियो।

सन् १९९९ मा सत्तामा रहेको भारतीय जनता पार्टीले उक्त निर्णयका कारण विपक्षी दलहरूबाट आलोचना खेप्नु परेको थियो।

विवाद के हो?

कुल छवटा छोटाछोटा भाग भएका यो शृङ्खला अपहरित विमानका क्याप्टेन देवी शरणको पुस्तक ‘फ्लाइट इनटू फिअरः द क्याप्टन्स् स्टोरी’मा आधारित छ। उक्त पुस्तक पत्रकार श्रीञ्जय चौधरीसँगको सहलेखनमा प्रकाशित भएको थियो।

गत साता प्रदर्शनमा आएको उक्त शृङ्खला अपहरणकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्दै गर्दाको दृश्यबाट सुरु हुन्छ।

उक्त विमानमा पाँच अपहरणकारी र चालकदलका ११ सदस्यसहित १७९ जना थिए। उडेको केही मिनेटमै अपहरणकारीहरूले विमान अपहरणमा परेको घोषणा गर्छन्।

यो शृङ्खला अपहरणकारी, चालकदलका सदस्य र यात्रुहरूबीचको कुराकानीमा केन्द्रित छ।

सँगसँगै यसले सङ्कट समाधानका लागि भारतीय सरकारी अधिकारीहरूले गरेको काम पनि देखाएको छ।

तस्बिर स्रोत,Getty Images

कसरी विवाद सुरु भयो

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपहरणकारीहरूले एकअर्कालाई भोला र शङ्कर भनेर बोलाएको प्रसङ्ग उल्लेख गर्दै शृङ्खलाका निर्माताहरूको आलोचना गरेपछि विवाद सुरु भएको थियो।

अपहरणकारीहरूको वास्तविक नाम इब्राहिम अतहर, शाहिद अख्तर सैयद, सन्नी अहमद काजी तथा मिस्त्री जहूर इब्राहिम र शकीर थियो। उनीहरू सबै पाकिस्तानी थिए।

भारतीय जनता पार्टीका नेता अमित मालवियले सामाजिक सञ्जाल ‘एक्स’मा उक्त शृङ्खलामा अपहरणकारीहरूलाई गैरमुस्लिम नाम दिएर त्यसका निर्माताले मानिसमा उक्त विमान अपहरण हिन्दूहरूले गरेको धारणा बनाउन खोजेको आरोप लगाए।

तस्बिर स्रोत,Netflix PR

एक हिन्दू कट्टरपन्थी समूहले उक्त शृङ्खलामा प्रतिबन्ध लगाउन माग गर्दै दिल्लीको अदालतमा मुद्दा दायर गरेको छ। भारतीय समाचारसंस्था पीटीआईका अनुसार उक्त रिट निवेदनमा चलचित्रका निर्मातालाई ऐतिहासिक घटनाक्रमको तथ्य बङ्ग्याउन खोजेको आरोप लगाइएको छ।

स्रोतहरूलाई उद्धृत गर्दै कैयौँ भारतीय सञ्चारमाध्यमले भारतको सङ्घीय सरकारले नेटफ्लिक्सका वरिष्ठ कार्यकारीहरूसँग छलफल गरेको उल्लेख गरेका छन्।

बीबीसीले नेटफ्लिक्स र भारतको सूचना तथा प्रसारण मन्त्रालयसँग यस विषयमा प्रतिक्रिया माग गरे पनि उनीहरूले कुनै जबाफ दिएका छैनन्।

  • तथ्य के हो

    कतिपयले शृङ्खला तथ्यपरक भएको भन्दै प्रतिवाद पनि गरेका छन्।

    सन् २००० ज्यानुअरीमा भारतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विमानभित्र र बाहिर सञ्चार गर्नका लागि अपहरणकारीहरूले ती नाम प्रयोग गरेको उल्लेख गरेको थियो।

    “विमानका यात्रुहरूसामु अपहरणकारीहरूले आफूहरूलाई (१) चीफ, (२) डाक्टर, (३) बर्गर, (४) भोला र (५) शङ्कर भन्दै सम्बोधन गरेका थिए,” उक्त विज्ञप्तिमा भनिएको छ। उक्त घटनाबारे जानकार प्रत्यक्षदर्शी र पत्रकारहरूको बयान पनि यससँग मिल्दो छ।

    अपहरित विमानमा यात्रा गरेका अमेरिकी कम्पनीको व्यापार हेर्ने कोल्लाटु रविकुमारले सन् २००० मा ‘रेडिफ’ न्यूज पोर्टलमा प्रकाशित गरेको लेखमा पनि ती अपहरणकारीहरूले आफूहरूलाई छद्मनामबाट चिनाएको उल्लेख गरेका छन्।

    तस्बिरको क्याप्शन,भारतीय विमान अपहरणमा परेपछि त्यसबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो

    “हामीलाई निगरानी गरिरहेका चार अपहरणकारीका नेताको नाम ‘बर्गर’ थियो। बर्गर नामक ती व्यक्ति बेलाबेला ठूलो स्वरमा बोलिरहन्थे। बर्गरले बोलाउँदा मैले अरूको नाम भोला, शङ्कर र डाक्टर भएको याद गरेको थिएँ,” उनले भनेका छन्।

    नेटफ्लिक्स र विवाद

    विवादपछि विज्ञप्ति जारी गर्दै नेटफ्लिक्सले शृङ्खला सुरु हुनुअघि स्क्रीनमा देखिने स्पष्टीकरण अद्यावधिक गरिएको जनाएको छ।

    “सन् १९९९ को इन्डियन एअरलाइन्स फ्लाइट ८१४ अपहरणबारे जानकार दर्शकहरूका लागि अपहरणकारीको वास्तविक र छद्मनाम खुल्ने गरी ‘डिस्क्लेमर’ अद्यावधिक गरिएको छ,” नेटफ्लिक्सले भनेको छ।

    यो अन्तर्राष्ट्रिय स्ट्रीमिङ सेवा प्रदायकले उपलब्ध गराउने सामग्रीको विषयबारे भारतमा विवाद भएको यो पहिलो घटना भने होइन।

    गत ज्यानुअरीमा नेटफ्लिक्सले तमिल भाषाको “अन्नपूरणी” नामक चलचित्र हटाएको थियो। उक्त चलचित्रका कैयौँ दृश्यको विषयप्रति कट्टर हिन्दूवादी समूहहरूले आपत्ति व्यक्त गरेका थिए।

    सन् २०२१ मा एमजन प्राइम नामक अर्को स्ट्रीमिङ सेवामा प्रसारित ‘ताण्डव’ कार्यक्रमले हिन्दू देवताहरूको खिल्ली उडाएको आरोप लागेपछि त्यसका कलाकार र कर्मचारीले क्षमायाचना गरेका थिए। BBC Nepali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दुबई एयर शोमा भारतीय विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
  • २०८१ भाद्र २०, बिहीबार २०:१४
  • In "BannerNews"
  • नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ
  • २०८१ भाद्र २०, बिहीबार २०:१४
  • In "अन्तराष्ट्रिय"
  • काठमाण्डौ देखि भारतीय शहरहरु जोडिने नयाँ रेलको योजना
  • २०८१ भाद्र २०, बिहीबार २०:१४
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

Next Post

सूर्यनाथ राना स्मृति अस्पताल १४ वर्षपछि सञ्चालनको तयारी

बदनामीको डरले अपारदर्शी बन्दै मधेशको मुख्यमन्त्री कार्यालय

चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version